प्रहरी कार्यालय
तनहुँ, बन्दिपुर गाउँपालिका-४ नयाँपुल स्थित पृथ्वी राजमार्गमा आबुखैरेनीबाट आउँदै गरेको ग ८ प ८३२९ नं.को मोटरसाईकल र बिपरित दिशाबाट जाँदै गरेको ग ३ च २६०५ नं.को कार एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला गोरखा गोरखा नगरपालिका- ८ बस्ने वर्ष ४१ को सानु काजी कुँवर घाईते भएको हुँदा उपचारको लागी लक्ष्मी सिटी अस्पताल डुम्रेमा उपचार भईरहेको, अवस्था मध्य, कार, कार चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको ।
म्याग्दी मंगला गाउँपालिका ५ अर्मन चाङ्गा स्थितमा अन्दाजी ५ रोपनी जग्गामा अफिम खेती लगाएको सूचनाको आधारमा प्रहरी टोलीले उक्त स्थानमा पुगी अबैध रुपमा अन्दाजी ५ रोपनी जग्गामा लगाईएको अफिम खेती नष्ट गरेको ।
कास्की, पोखरा महानगरपालिका ६ नारेश्वर स्थित लु ८६ प ९६५ नं.को स्कुटर र ग १० प १०९ नं. को मो.सा. एकआपसमा ठक्कर खाँदा निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागी मेट्रोसिटी अस्पताल पठाएको, उक्त स्थानमा प्रहरी टोली खटि गएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको।निम्न:-१.स्कुटर चालक जिल्ला कास्की पोखरा महानगरपालिका-३२ लेखनाथ घर भई हाल ऐ.६ लेकसाईड बस्ने वर्ष २८ को विवेक तामाङ, अवस्था सिरियस ।२.मो.सा. चालक जिल्ला कास्की पोखरा महानगरपालिका-१८ भकुण्डे बस्ने वर्ष १७ को अबिशेक परियार, अवस्था सिरियस ।
कास्की, पोखरा महानगरपालिका-३० ताबाको मुखमा घर भई हाल ऐ.ढुङ्गेपाटन खुदी स्थित शम्भु सापकोटाको घरमा डेरा गरी बस्ने वर्ष ४० को रामचन्द्र बि.क. आँफु सुत्ने कोठाको काठको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त पश्चात उक्त स्थानमा प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
नवलपरासी (पूर्व), कावासोती नगरपालिका १६ चालिस किलो जंगल स्थित पूर्व पश्चिम राजमार्गमा खटिएको RSCC चेकिङ टोलीले चोरमाराबाट कावासोती तर्फ आउदै गरेको लु २ ख २१३४ नं.को बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला कास्की पोखरा महानगरपालिका १६ बस्ने वर्ष २७ को दिनेश बि.क.ले बोकेको खैरो कलरको झोलामा लुकाई छुपाई राखेको अवस्थामा नुर्फिन-७८ एम्पुल, डाइजापाम-७८ एम्पुल, फेनारागन-७८ एम्पुल गरी जम्मा-२३४ एम्पुल लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
कास्की, पोखरा महानगरपालिका ३० पावरहाउस चोकमा खटिएको प्रहरीको चेकिङ्ग टोलीले भैरहवाबाट पोखरा तर्फ आउदै गरेको ग१ख९६५९ नं.को बसलाई चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला पर्वत कुश्मा नगरपालिका मिलनचोक बस्ने बर्ष १८ को दिप्सन सारू मगरलाई शंका लागी चेकजाँच गर्दा निजले पछाडी बोकेको कालो झोला भित्र लुकाई छिपाई ल्याएको फेनारगन-२५ एम्पुल, नुरफिन-२५ एम्पुल, डाईजेपाम-२५ एम्पुल गरी जम्मा ७५ एम्पुल लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
बागलुङ, निसीखोला गाउँपालिका-३ काभ्रे स्थित देविस्थानबाट निसिखोला जादै गरेको ग १९ प ६९५४ नं.को स्कुटर र विपरीत दिशा बाट आउदै गरेको ध.२ प.६२२ नं.को मोटरसाईकल एकआपसमा ठक्कर खान जादाँ स्कुटर पछाडी सवार जिल्ला बागलुङ निसिखोला गाउँपालिका-१ बस्ने वर्ष २५ को चन्द्र घर्ति मगर घाईते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङ ल्याएको, अवस्था मध्यम, दुवै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
पर्वत, कुश्मा नगरपालिका-८ चाईनाचोक बस्ने बर्ष ३७ को लोक बहादुर परियारले बेलुका अत्याधिक मदिरा सेवन गरी बसेकोमा आफु सुत्ने कोठाको दलिनमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएको निजको आमा नन्द कुमारी दर्जीले देखी निजको बुबा गणेश दमाईले पासो काटी उपचारको लागी जिल्ला अस्पताल पर्वत ल्याएको, अबस्था मध्यम, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।
कास्की, खटि गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निम्न स्थान बस्ने निम्न मानिसहरुलाई निम्न लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।निम्न:-१. पोखरा-२६ बहिरा स्कुल नजिकबाट पोखरा-१० रामबजार बस्ने बर्ष २७ को किशोर परियार,निजको साथबाट फेनरागन-१५ एम्पुल, डाईजेपाम-१५ एम्पुल, नुर्फिन-१५ एम्पुल जम्मा-४५ एम्पुल सहित निजले प्रयोग गर्ने ग१६प२२२६ नं.को स्कुटर, १ थान सामसुङ मोवाईल ।२. पोखरा-३१ लामास्वारबाट ऐ.बस्ने बर्ष ३० को बिक्की गुरुङ,निजको साथबाट फेनरागन-१५ एम्पुल, डाईजेपाम-१५ एम्पुल, नुर्फिन-१५ एम्पुल जम्मा-४५ एम्पुल र नाईट्रोभेट-१२ चक्की, १ थान रेडमी मोवाईल ।
नवलपरासी (पूर्व) विनयीत्रिबेणी गाउँपालिका २ दाउन्ने स्थितमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको लु २१ प ८३३७ नं.को मो.सा. चेकजाँच गर्ने क्रममा उक्त मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न मानिसहरुको साथबाट निम्न परिमाणमा लागूऔषध फेला पारी निजहरुलाई समेत नियन्त्रणमा थप अनुसन्धान भईरहेको ।निम्न मानिस हरु:-१) मो.सा.चालक जिल्ला चितवन भरतपुर महानगरपालिका १३ बस्ने बर्ष ३२ को लक्ष्मण भट्ट२) मो.सा.पछाडी सवार जिल्ला नवलपरासी(पुर्ब) कावासोती न.पा. १४ डण्डा बस्ने बर्ष २५ को निशान दर्जीनिम्न लागु औषधहरु:-१.फेनारगन:- ७८ एम्पुल २.डाइजापाम:-७३ एम्पुल ३.नुफिन :-७८ एम्पुल गरी जम्मा-२२९ एम्पुल
नवलपरासी (पूर्व), देवचुली नगरपालिका १४ गणेशचोक बस्ने जित कुमार श्रेष्ठको छोरा बर्ष २७ को ओम प्रसाद श्रेष्ठले आफ्नै घर कोठामा लागूऔषध लुकाई छिपाई राखेको भनी निजको बुवा जित कुमार श्रेष्ठले प्रहरीलाई जानकारी गराउन साथ प्रहरी टोली खटि गई निम्न परिमाणमा लागूऔषध बरामद गरी ल्याई राखिएको, लागूऔषध ल्याउने ब्यक्ति (छोरा) फरार, खोज तलास कार्य भईरहेको ।निम्न:-१.डिस्पोकेन (Dispocann):-२ थान (काटेको ठाउँमा लगाउने टेप जस्तो देखिने)२.डाईजापाम(Diazepam):- २९ एम्पुल३.नुफिन(Noophin):- २९ एम्पुल४.एबोट(Abott):- २९ एम्पुल
पर्वत, पैयुँ गाउँपालिका ४ स्थितमा रहेको सेतीखोलामा ऐ.हटिया बस्ने बर्ष ३६ को राजु लामिछाने माछा मार्ने क्रममा करेन्ट लागी उपचारको लागी वालिङ स्वास्थ्य चौकी लगेकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गएको ।
तनहुँ, ब्यास नगरपालिका १ अम्रेनी स्थित पृथ्बी राजमार्गमा दमौलीबाट घाँसिकुवा तर्फ जाँदै गरेको ग१६प १७०२ नं.को मो.सा.ले पैदल यात्री जिल्ला लमजुङ सुन्दरबजार नगरपालिका १ बस्ने बर्ष ६५ की गोमा अधिकारीलाई ठक्कर दिँदा घाइते भई उपचारको लागि रत्नहरी अस्पताल दमौली ल्याएको, अवस्था मध्यम, मो.सा.र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
नवलपरासी पूर्व, कावासोती नगरपालिका १३ पिठौलीघाट स्थित नारायणी नदीमा ऐ,६ बस्ने वर्ष २५ को प्रकाश भुषाल (मलामी गएको) पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि गएको, हाल सम्म फेला नपरेको, खोज तलास कार्य भईरहेको ।
कास्की, पोखरा महानगरपालिका ११ फुलबारी स्थितमा लागूऔषध ओसार पोसार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका ३२ घर भई हाल पोखरा ११ फुलबारी बस्ने बर्ष २८ की सलिना गुरूङलाई शंका लागि चेकजाँच गर्दा निजको शरिरमा लुकाई छिपाई राखेको फेनारागन-९ एम्पुल, डाईजापाम-९ एम्पुल र नुफ्रिन-९ एम्पुल गरी जम्मा २७ एम्पुल लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
स्याङ्जा, अर्जुनचौपारी गाउँपालिका ५ मुलाबारी बस्ने बर्ष अन्दाजी ३२ को केशव दर्जी आफ्नै घरको कोठाको दलिनमा सलको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटी गई थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला नवलपरासी (पूर्व) बिनयी त्रिवेणी गाउँपालिका ७ ब्यारेज पुलमा खटिएको प्रहरीको चेकिङ टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका जिल्ला ललितपुर ललितपुर उप-महानगरपालिका १४ बस्ने बर्ष २३ को अमिर थापा र ऐ. बस्ने बर्ष २३ को मनोज वाईबाको साथबाट निम्न अनुसारको लागूऔषध सहित निम्न सामानहरु फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।निम्न:-(१) स्पास्मो २६ ट्याब्लेट, (२) नाईट्रोसन १४ ट्याब्लेट, (३) स्पास्पेन ३ ट्याब्लेट, (४) नगद रू.१,१८,७७०।- (एक लाख अठार हजार सात सय सत्तरी), (५) मोबाईल ५ थान (सामसुङ ३,आइफोन १, रेडमी १), (६) ल्यापटप १ थान, (७) चाँदीको जन्तर १ थान ।
पर्वत, कुश्मा नगरपालिका ८ चुवा स्थित पोखरा - बाग्लुङ सडकखण्डमा कुश्माबाट अम्बोट तर्फ जादै गरेको ध २ प ६१९ नं.को मो.सा.ले ऐ.बस्ने वर्ष अन्दाजी ७५ की राम कुमारी पोख्रेललाई ठक्कर दिदाँ घाईते भई उपचारको लागि जिल्ला अस्पताल पर्वत ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर गरिएको, अवस्था मध्यम, मो.सा. र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
नवलपरासी (पूर्व) देवचुली नगरपालिका १७ गौरव मध्यवर्ती सामुदायिक वनको जंगलमा सिगानेको रुखमा जिल्ला नवलपरासी (पूर्व) गैंडाकोट नगरपालिका १७ जागृती टोल बस्ने तुल बहादुर बि.क.को श्रीमती बर्ष २३ की लिलामाया बि.क.ले सलको पासो लगाई झुण्डि मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका ४ देबीटार स्थितमा प्रहरीको चेकिङ टोलीले भैरहवाबाट पोखरा आउदै गरेको लु२ख ११०४ नं.को बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला रुपन्देही देबदह नगरपालिका १२ बस्ने बर्ष २० को सहरे आलमले बोकेको कालो झोलाबाट ब्रोनोरफाईन ४९ एम्पुल, फेनरागन ५० एम्पुल र डाईजोपाम ४८ एम्पुल गरी जम्मा १४७ एम्पुल लागूऔषध सहित निज सँगै यात्रा गरी आएको जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका ५ बस्ने बर्ष ३६ को सुनिल कोहारलाई समेत नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।
कास्की अन्नपुर्ण गाउँपालिका १ लेवाडे स्थित पोखरा बाग्लुङ सडक खण्डमा ग १८ प ८१९१ नं. को मो.सा. र ग २ च ३५२५ नं. को कार एक आपसमा ठक्कर खाँदा निम्न मानिस घाईते भई उपचारको लागी मेट्रोसिटी अस्पतालमा पठाएको, उक्त स्थानमा प्रहरी टोलि खटिई गएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा कार चालक फरार खोज तलास कार्य भईरहेको। निम्न:-१. मो.सा. चालक:- जिल्ला पर्वत कुश्मा नगरपालिका ४ बस्ने बर्ष ४५ को जित बहादुर पुन, अवस्था शिरियस ।२. मो.सा. पछाडी सवार:- जिल्ला पर्वत कुश्मा नगरपालिका ४ बस्ने जित बहादुर पुनको छोरी बर्ष १८ की सुविना पुन मेट्रोसिटी अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको ।
म्याग्दी, मालिका गाउँपालिका ४ लामाखोरिया स्थितमा ऐ.बस्ने जुद्ध बहादुर कामीको छोरी बर्ष ९ की अमृता खाती घरमा कोही नभएको बेलामा आफ्नै घरको पिढीको बलोमा सलको पिङ बनाई खेल्ने क्रममा सोही सलले घाँटीमा पासो लागि मृत्यु भएको छ भन्ने खबर प्राप्त हुनसाथ तत्काल प्रहरी टोली खटि गएको ।
तनहुँ शुक्लागण्डकी नगरपालिका ८ लन्डन बृज स्थित भित्री सडक खण्डमा खैरेनीटारबाट किमलडाँडा तर्फ जादै गरेको गरेको ग७प २५५२ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका ८ किमलडाँडा बस्ने बर्ष ३६ को बल बहादुर कुमाल घाइते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको, अवस्था मध्यम, मो.सा. निजको आफन्तकोमा रहेको ।
स्याङ्जा, गल्याङ नगरपालिका ३ चिन्नेपानी स्थित सिद्दार्थ राजमार्गमा गल्याङबाट वालिङ तर्फ जाँदै गरेको बा ४ क १८३ नं.को हाईसको पछाडी सोहि दिशा तर्फ जाँदै गरेको लु ३२ प ८६५१ नं.को मो सा ठक्कर खाँदा मो.सा चालक जिल्ला स्याङ्जा वालिङ नगरपालिका १० माझीखोला बस्ने वर्ष १७ को अमित परियार घाईते भई उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाएको, अवस्था मध्यम, दुबै सवारी साधन र हाईस चालक प्रहरी प्रहरीको नियन्त्रणमा रहेको ।
म्याग्दी, मालिका गाउँपालिका ६ बाङगे पहिरो स्थितमा दरबाङबाट बाबियाचौर तर्फ जादै गरेको ग९प७४७ नं.को मो.सा.सडक देखि अन्दाजी १०० मिटर तल खसी दुर्घटना हुँदा मो.सा.चालक ऐ.५ देबिस्थान गर्जरा बस्ने बर्ष-२३ को भविन्द्र किसानको घट्नास्थलमा नै मृत्यु भएको र सोही मो.सा को पछाडी सवार ऐ.मंगला गाउँपालिका २ बाबियाचौर बस्ने बर्ष-२५ को सन्तोष किसान, सामान्य चोट लागेको भन्ने खबर स्थानियबाट प्राप्त हुन साथ तत्काल प्रहरी टोली खटि गएको, मो.सा. र शब घट्नास्थलमा नै रहेको, पछाडी सवार सम्पर्कमा रहेको ।
स्याङ्जा, आधीखोला गाउँपालिका ५ माछापोखरी स्थित भित्री सडकखण्डमा रंगेठाटीबाट सेतीदोभान तर्फ आउँदै गरेको ग५प ६४२ नं.को मो.सा.आफै अनियन्त्रित भई सडकको बायाँ साईडमा पल्टिन जाँदा मो.सा.चालक ऐ.बस्ने बर्ष १९ को शिक्षा ढकाल घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको, अबस्था मध्यम, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका २ कोत्रे स्थितमा ऐ.बस्ने बर्ष २९ को सिजन गुरूङ (अबिवाहित) आफ्नै घरको दोस्रो तलाको कोठाको काठको बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गएको, निजले साथमा सुसाईट नोट समेत लेखी छोडेको, थप अनुसन्धान कार्य भईरहेको ।
नवलपरसी (पूर्व), बौद्वीकाली गाउँपालिका ६ माझडांडा स्थित भित्री सडक खण्डमा मांझडाडाबाट नेवारवाडी तर्फ जादै गरेको लु४त२७९२ नं.को ट्याक्टरमा सवार (लेवर काम गर्ने) जिल्ला दाङ शान्तिनगर नगरपालिका २ सिम बस्ने वर्ष-४० को झग्गु बिटालु अचानक ट्याक्टरबाट खस्न गई मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली खटि गएको, शब घटनास्थलमा नै रहेको, ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
तनहुँ, व्यास नगरपालिका १० खहरे स्थित दमौली-दुई पिप्ले सडक खण्डमा कलेस्तीबाट दमौली तर्फ जाँदै गरेको रा ३ प ५८२६ नं.को मो.सा. आफै अन्यन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खस्न जादा मो.सा.चालक जिल्ला दाङ राप्ती नगरपालिका ३ बस्ने वर्ष ३० को दिपक परियार, अवस्था मध्यम, मो.सा.पछाडी सवार जिल्ला तनहुँ व्यास नगरपालिका १० बस्ने वर्ष २८ को रबि विष्ट, अवस्था सामान्य दुबै घाईतेलाई उपचारको लागि रत्नहरि अस्पताल दमौली पठाईएको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका ०४ बेनिटार स्थित पृथ्वी राजमार्गमा प्रहरीको चेकिङ टोलीले सुनौलीबाट पोखरा तर्फ आउदै गरेको लु२ख १४०५ नं.को बसलाई चेकजाच गर्ने क्रममा ऐ. बसमा सवार जिल्ला रुपन्देही तिनाउ नगरपालिका ११ बस्ने बर्ष २१ को सागर कुवँर क्षेत्रीले बोकेको कालो झोला चेकजाँच गर्ने क्रममा झोला भित्रबाट फेनेरागन-१५० एम्पुल, ब्रोनोरफाइन-१५० एम्पुल र डाईजोपाम-१५० एम्पुल गरी जम्मा ४५० एम्पुल लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला तनहुँ भिमाद नगरपालिका ६ जलौदी सिम्बोट स्थितमा ऐ.बस्ने राजकुमार मल्लको श्रीमती बर्ष ३६ की ज्योति मल्ल आफ्नै घरको काठको बलोमा घाँटिमा नाईलनको डोरीको पासो लगाएको र उक्त पासो काटी भुईमा लडेको अवस्थामा शव रहेको र मृतकको हातमा चक्कु समेत रहेको अवस्थामा निजकै छोरी बर्ष १३ की रोजी मल्लले देखेको भनि खबर प्राप्त हुनसाथ प्रहरी टोली खटी गई बुझ्दा बेलुका मृतक सङ्गै जिल्ला तनहुँ म्याग्दे गाउँपालिका ५ छाङपाटन बस्ने बर्ष ३४ को दुर्गा क्षेत्री समेत संगै रहेको र हाल दुर्गा क्षेत्री फरार रहेको खोज तलास कार्य भईरहेको, मृतको श्रीमान बैदेशिक रोजगारको लागि मलेशिया रहेको, थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला स्याङ्जा गल्याङ नगरपालिका १ राम्दी चेक पोईन्टमा खटिएको प्रहरीको टोलीले बुटवलबाट पोखरा तर्फ आउदै गरेको ना ४ ख ३८९४ नं.को बसलाई चेकजाचँ गर्ने क्रममा उक्त बसमा सवार गरी आएको जिल्ला कास्की पोखरा महानगरपालिका १२ बस्ने वर्ष २० को अभिषेक सुनार र पोखरा महानगरपालिका १३ बस्ने वर्ष १९ को बिमल थापाको साथबाट निम्न परिमाणमा लागूऔषध फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । निम्न१.फेनारागन २२ एम्पुल ।२.नोफिम २१ एम्पुल ।३.डाईजेपाम २१ एम्पुल र सिरीङज २ थान ।
जिल्ला नवलपरासी (पूर्व) मध्यविन्दु नगरपालिका ३ ईटौरा बस्ने वर्ष अन्दाजी ५५ को टोक बहादुर थारुले आफ्नै घरको भान्छा कोठामा काठको बलोमा प्लास्टिकको डोरीले घाँटिमा पासो लगाई झुण्डि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला कास्की पोखरा ११ रानिपौवा बस्ने बर्ष ३४ को कुमार राइले लागूऔषध सेवन तथा बेचबिखन गर्ने भन्ने गोप्य सुचना प्राप्त हुनसाथ प्रहरी टोली खटी गई खानतलासी गर्दा निजको कोठाबाट नुफिन १३ एम्पुल, फेनार्गन १४ एम्पुल, डाईजापाम १५ एम्पुल, गरी जम्मा ४२ एम्पुल लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका ५ बसेनी स्थित भित्री सडक खण्डमा डण्डाबाट हुप्सेकोट तर्फ जादै गरेको लु१ज २०६३ नं.को बलेरो सडक देखी अन्दाजी २५ मिटर तल खस्न जाँदा जिपमा सवार १५ जना मध्य निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाईएको, उक्त स्थानमा प्रहरी टोली खटि गएको, जिप घटनास्थलमा, चालक प्रहरीको नियन्त्रणमा रहेको ।निम्न घाईतेहरु:-१. जिल्ला नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका ५ बसेनी बस्ने वर्ष ९ को धन बहादुर रजाली, अवस्था गम्भिर सामान्य उपचार पश्चात भरतपुर रिफर ।२. ऐ बस्ने वर्ष ५०की दर्शना सोती, अवस्था मध्यम ।३. ऐ.बस्ने वर्ष ४६ की सुमित्रा सोती, अवस्था मध्यम ।४. ऐ.बस्ने वर्ष ३५ की लालमाया रजाली, अवस्था मध्यम ।५. ऐ.बस्ने ४१ को मेख ब.आले, अवस्था मध्यम ।६. ऐ.बस्ने वर्ष ६८ को जग ब.सोमै, अवस्था मध्यम ।७. ऐ.बस्ने वर्ष ६८ को तिलिसरा सोती, अवस्था मध्यम ।८. ऐ.बस्ने वर्ष ३५ की लालसरी ठाडा, अवस्था सामान्य ।९. ऐ.बस्ने वर्ष ५० की ऐदी सवरा रजाली, अवस्था सामान्य ।१०. ऐ.बस्ने वर्ष ५९ को यम ब.सोमै, अवस्था सामान्य ।११.ऐ.बस्ने वर्ष ४ को जिवन सोती, अवस्था सामान्य ।१२.ऐ.बस्ने वर्ष ६० की डिलमाया ठाडा मगर, अवस्था सामान्य ।
जिल्ला म्याग्दी बेनी नगरपालिका ५ घर भई हाल जिल्ला पर्बत जलजला गाउँपालिका २ बगरफाँट दिदिको घरमा बस्ने धन बहादुर परियारको छोरा बर्ष-२१ को दिपक परियारले कोठाको टर्स पाईपमा सलको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको छ भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला स्याङ्जा गल्याङ नगरपालिका १ राम्दि स्थित चेकपोष्टमा खटिएको प्रहरीको टोलीले बुटवलबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ६३२५ नं.को बसलाई चेकजांच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला कास्की माछापुछ्रे गाउँपालिका ८ बस्ने वर्ष २३ को सन्दिप गुरुङ र ऐ.बस्ने वर्ष १९ को रबिन बि.क.को साथबाट निम्न परिमाणमा लागूऔषध फेला पारी दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।निम्न१.फेनरागन :- ३६ एम्पुल २.नोफिम:-३७ एम्पुल ३.डायजेपाम:-३७ एम्पुल ।
जिल्ला कास्की पोखरा-२४ कास्कीकोट स्थित नौडाँडाबाट पोखरा तर्फ आँउदै गरेको ग१०प४५८८ नं. को स्कुटर र विपरित दिशाबाट जाँदै गरेको ग१९प१३५६ नं.को स्कुटर एक आपसमा ठक्कर खाँदा दुवै सवारी साधनमा सवार निम्न मानिसहरु घाईते भई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल पठाईएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा ।निम्न :-१) ग१०प४५८८ नं.को स्कुटर चालक पोखरा-२४ बस्ने वर्ष-१५ को उज्वल नेपाली, अवस्था मध्यम ।२) पछाडी सवार ऐ.ऐ. बस्ने वर्ष-१४ को दिवस वास्ताकोटी, अवस्था मध्यम ।३) ग१९प१३५६ नं.को स्कुटर चालक पोखरा-१७ महतगौडा बस्ने वर्ष-४० को दिपक आचार्य, अवस्था मध्यम ।
जिल्ला कास्की पोखरा महानगरपालिका ३० पावर हाउसचोक स्थित खटिएको प्रहरीको चेकिङ टोलीले नारायणगढबाट पोखरा तर्फ आउदै गरेको ग१ख ५६०४ नं.को बसलाई चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार जिल्ला चितवन भरतपुर महानगरपालिका २१ पार्वती टोल बस्ने बर्ष ४३ को प्रकाश दर्जीलाई शंका लागि चेक जाँच गर्दा निजले बोकेको कालो झोलामा लुकाई छिपाई ल्याएको नोफिन ४९ एम्पुल, फेनारगन ५० एम्पुल, डाईजेपाम ७४ एम्पुल गरी जम्मा १७३ एम्पुल लागूऔषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला पर्वत फलेवास नगरपालिका- १ रातामाटा बस्ने वर्ष-६२ को मन बहादुर सुनार आफ्नै घरको बार्तलीको बलोमा गलबन्दीको पासो लगाई झुण्डी मृत अबस्थामा रहेको छ भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोलि खटि गई घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला स्याङ्जा वालिङ नगरपालिका १० भुङ्गाने स्थित सिद्धार्थ राजमार्गमा वालिङबाट गल्याङ तर्फ जाँदै गरेको लु २ त ८८२० नं.को ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि अन्दाजी १० मिटर तल खस्न गई दुर्घटना हुँदा ट्याक्टरमा सवार जिल्ला स्याङ्जा वालिङ नगरपालिका ७ मिर्दि बस्ने वर्ष १८ को सुनिल परियार घाईते भई उपचारको लगि प्रथामिक स्वाथ्य केन्द्र वालिङ ल्याईएकोमा सामन्य उपचार पश्चात थप उपचारको लागी पोखरा रिफर गरेको, अबस्था मध्यम, चालक प्रहरीको नियन्त्रणमा र ट्याक्टर घट्ना स्थलमा रहेको ।
जिल्ला स्याङ्जा वालिङ नगरपालिका ८ कटहरबोट स्थितमा खटी गएको प्रहरीको गस्ती टोलीले पैदल हिडिरहेको अवस्थामा जिल्ला कास्की पोखरा १७ छोरेपाटन बस्ने बर्ष ३१ को अनिल गुरुङलाई शंका लागि चेकजाच गर्दा निजको साथबाट डाईजेपाम २१ एम्पुल फिनेरागन २१ एम्पुल नोफिम २१ एम्पुल फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला मुस्ताङ बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका ३ टुट्याङ स्थितमा लोमाङथानबाट जोमसोम तर्फ आउदै गरेको MH47AB3443 नं.भारतिय स्कारपियो गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खस्न जादा २ जना सवार मध्य चालक भारत मुम्बई घर भएको वर्ष ४८ को उत्तम राउ घाईते भई उपचारको लागि जिल्ला अस्पताल जोमसोम पठाएको, अवस्था मध्यम, गाडी घटनास्थालमा नै रहेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।
जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका ५ स्थित पृथ्बिराजमार्गमा डुम्रेबाट आबुँखैरेनि तर्फ जादै गरेको बा ४ ख ५०५५ नं.को माईक्रो र बिपरित दिशाबाट आउदै गरेको ध२ प ९१ नं.को मो.सा. एकआपसमा ठक्कर खादा निम्न मानिसहरु घाईते भई उपचारको लागि निम्न अस्पताल लगेको, मो.सा., माईक्रो, माईक्रो चालक प्रहरीको नियन्त्रणमा रहेको । निम्न:-१. मो.सा. चालक- जिल्ला बागलुङ जैमिनि नगरपालिका ९ बस्ने वर्ष २१ को अजय बहादुर थापा, अवस्था मध्यम, (पोखरा ग्यालेक्सी अस्पतालमा उपचार भईरहेको)२. पछाडि सवार- ऐ. बस्ने वर्ष २२ की निर्मला नेपाली, अवस्था सामान्य (लक्ष्मी अस्पताल डुम्रेमा उपचार पश्चात डिस्चार्ज)
जिल्ला नवलपरासी (पूर्व) गैडाकोट नगरपालिका ७ गैरी स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्र.०३-००४ प ७२३७ नं.को मो.सा.ले पैदल यात्री ऐ.ओम शान्ति चोक बस्ने अन्दाजी वर्ष ८० की हरीकला अधिकारीलाई ठक्कर दिई घाईते भई उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुरमा पठाईएको, अवस्था गम्भिर, मो.सा.र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला गोरखा शहिद लखन गाउँपालिका ३ मनकामना बस्ने असिम थापाको श्रीमती वर्ष अन्दाजी २५ की इवा तामाङ घरमा कोही नभएको अबस्थामा आफ्नै घरको अन्डर ग्राउण्डको कोठामा खानेपानीको जिआई पाईपमा सलको पासो लगाई झुण्डि मृत्यु भएको भनि ऐ.घरमा पसल गरी बस्ने मानिसले देखि प्रहरीलाई जानकारी गराउन साथ प्रहरी टोली खटि गई घटनास्थल सुरक्षित राखी, थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला स्याङ्जा गल्याङ नगरपालिका १ राम्दि स्थित चेकपोष्ट आगाडी खटिएको टोलीले बुटवलबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ६२२५ नं.को बसमा आएका जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका ३ बस्ने बर्ष ३४ को सन्तोष सुनारलाई शंका लागि चेकजांच गर्ने क्रममा निजको साथबाट निम्न लागूऔषध फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।निम्न(१) डाईजेपाम-१२ एम्पुल (२) नोफिन-१२ एम्पुल (३) फेनारागन-१३ एम्पुल (४) सिरिञ्ज-३७ थान
जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका १ मदनपुर स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदैँ गरेको ग.प्र.०४-००१ प ३४२० नं.को मो.सा.आफै अनियन्त्रित भई पल्टदा मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न व्यक्तिहरु घाईते भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा पठाईएको, घटना स्थलमा प्रहरी टोली खटि गएको ।निम्नः-१.मो.सा.चालक जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका ५ बस्ने बर्ष २८ को जित नारायण महत्तो, अवस्था गम्भिर ।२.मो.सा.मा सवार ऐ.बस्ने बर्ष २१ को राजन महत्तो, अवस्था सामान्य ।३.मो.सा.मा सवार ऐ.बस्ने बर्ष १९ को बिष्णु क्षेत्री, अवस्था मध्यम ।
जिल्ला बागलुङ निसिखोला गाउँपालिका ६ मध्यपहाडी लोकमार्ग स्थित रितिबाङ भन्ने स्थानमा पुर्वी रुकुमबाट बुर्तिबाङ आउदै गरेको रा १ त ४११६ नं.को ट्याक्टर अचानक अनियन्त्रीत भई भित्तामा ठोकिन जादा चालक जिल्ला पुर्वी रुकुम उत्तर गंगा गाउँपालिका १३ बस्ने वर्ष २४ को सुरेन्द्र गुरुङको घटनास्थलमा नै मृत्यु भएको, सह-चालक ऐ. बस्ने वर्ष २३ को प्रचण्ड सेरचनको सामान्य चोट स्थानीय मेडिकलमा उपचार हुँदै, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।
जिल्ला लमजुङ बेसिशहर नगरपालिका ६ मकैडाडा बस्ने मेख राज अधिकारीको छोरी बर्ष १५ की सन्ध्या अधिकारी आफ्नै घरमा आफु सुत्ने कोठाको काठको दलिनमा सलको पासो लगाई झुण्डी मृत अबस्थामा रहेको जानकारी प्राप्त पश्चात प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला स्याङ्जा पुतलिबजार नगरपालिका ११ मायाँटारी स्थित सिद्धार्थ राजमार्गमा पोखराबाट चापाकोटतर्फ जाँदै गरेको ग १ ज ७३४१ नं. जिप अनियन्त्रित भई सडकको कुनामा ठोक्किन जाँदा जिपमा सवार ८ जना मध्ये ३ जना घाईते भई उपचारको लागि प्राथामिक स्वास्थ केन्द्र वालिङमा ल्याईएको, जिप र चालक प्रहरीको नियन्त्रणमा रहेको ।निम्न घाईतेहरु:-१.जिल्ला स्याङजा चापाकोट न.पा.८ रत्नपुर बस्ने वर्ष ५५ का बिक्रम श्रेष्ठ, अवस्था मध्यम थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको ।२.ऐ.बस्ने निजकै श्रीमती वर्ष ६० की हस्त कुमारी श्रेष्ठ प्रा.स्व.के वालिङमा उपचार हुँदै अवस्था मध्यम ।३.ऐ.९ सुन्तलिटार बस्ने वर्ष ४८ की सुनमाँया कुमाल प्रा.स्व.के वालिङमा उपचार हुँदै अवस्था मध्यम ।
जिल्ला तनहुँ म्याग्दे गाउँपालिका ३ धयेरे बस्ने वर्ष ४७ की सुनीमाया थापाले जंगलमा च्याउ खोज्न गई च्याउ घरमा ल्याई सांझ खानासंग तरकारीको रुपमा खाँदा उक्त च्याउले असर गरी बिरामी भई मिति २०७८।१२।२० गते उपचारको लागि थापा मेडिकल दमौली ल्याएकोमा मिति २०७८।१२।२३ गते थप उपचारको लागि नयाँ मेडिकल कलेज चितवन भरतपुर लगेकोमा निजको मिति २०७८।१२।२७ उपचारको क्रममा मृत्यु भएको भनी उक्त अस्पतालमा खटिएको प्रहरी कर्मचारी मार्फत जानकारी प्राप्त हुनासाथ थप प्रहरी टोली खटि गएको ।
जिल्ला कास्की पोखरा महानगरपालिका २७ धर्मकाटा स्थितमा ना ४५ प ६३५० नं. को मो.सा. र ग १५ प ६२८४ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा दुबै मो.सा.का निम्न चालकहरु घाईते भई उपचारको लागि लेखनाथ सिटी अस्पताल पठाएको, घटनास्थलमा प्रहरी टोली खटि गएको, दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको ।निम्नः-१.ना४५प ६३५० नं. को मो.सा.चालक जिल्ला महोत्तरी बस्ने बर्ष अं.२७ को प्रशान चौधरी, अबस्था मध्यम ।२.ग१५प ६२८४ नं.को मो.सा.चालक जिल्ला धादिङ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका २६ कालिका चोक बस्ने बर्ष अन्दाजी ३० को यम बहादुर रानामगर, अबस्था शिरियस ।
जिल्ला गोरखा चुमनुब्री गाउँपालिका वडा नं. ६ चौरीखर्कमा चुमभ्याली गई फ्रकने क्रममा फ्रान्सेली नागरिक वर्ष ६० को PP No. 22AD08741 का DIDER GUERIN लाई माथिबाट ढुङ्गा खसि सामान्य घाईते भई उपचारको लागि काठमाण्डौ पठाउने तयारी भईरहेको ।
जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका ३ बाडखोला स्थित सिद्धार्थ राजमार्गमा पोखराबाट स्याङजा तर्फ आउदै गरेको ग १९ प ६२६० नं.को मोटरसाईकलले पैदल यात्री ऐ.ईन्ड्रेस बस्ने वर्ष ४५ को आजम मियालाई ठक्कर दिई घाईते भई जिल्ला अस्पताल स्याङ्जामा उपचार भईरहको, मो.सा.र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला स्याङ्जा वालिङ नगरपालिका १० शिवमन्दिर स्थित सिद्धार्थ राजमार्गमा रोकि राखेको ग १६ प २९४३ नं.को मो.सा लाई भकुण्डेबाट बायाटारीतर्फ आउदै गरेको लु २ च ३६१२ नं.को जिपले ठक्कर दिंदा मो.सा पछाडी सवार ऐ.पुतलीबजार नगरपालिका ३ बस्ने बर्ष ३१ को दिपक शर्मा घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएको, अबस्था मध्यम, जिप चालक र दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला (पूर्व) कावासोती नगरपालिका १६ चालिस किलो जंगल स्थित पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरीको RSCC चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ON-TEST स्कुटरमा सवार निम्न स्थान बस्ने निम्न व्यक्तिलाई चेकजाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा सेतो कपडाको झोला भित्र नुर्फिन– १११ एम्पुल, फेनरागन– १११ एम्पुल र डाईजोपाम– १११ एम्पुल गरि जम्मा ३३३ एम्पुल लागूऔषध फेला पारी बरामद गरी निजहरुलाई स्कुटर सहित आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिईएको ।निम्नः-१.स्कुटर चालक जिल्ला लम्जुङ सुन्दर बजार नगरपालिका-९ बस्ने बर्ष ३१ को सुदर्शन गुरुङ ।२.स्कुटर पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३३ को रजिन गुरुङ ।
जिल्ला कास्की पोखरा महानगरपालिका ७ मुस्ताङचोकबाट पोखरा महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफ्रिक कार्यालय कास्कीको संयुक्त आयोजनामा सडकमा छाडा छाडेका पशु चौपाया व्यवस्थापन कार्य सुरू भई प्रहरी टोलीले जम्मा ४८ वटा पशु चौपाया नियन्त्रणमा लिई पृथ्वीचोक स्थितमा रहेको महानगरपालिकाको छाडा पशु व्यवस्थापन केन्द्रमा जिम्मा लगाएको ।
जिल्ला तनहुँ भानु नगरपालिका ९ डुम्रे खर्क स्थित रानीपानी तेरतेरे भित्री सडक खण्डमा तल्लो डुम्रे खर्कबाट माथिल्लो डुम्रेखर्क तर्फ दाउरा लोड गर्न जाँदै गरेको ग १ त ५४४५ नं. को ट्याक्टरबाट ऐ. ९ पुर्कोट बस्ने बर्ष २३ की एलिना श्रेष्ठ ट्याक्टरबाट खस्न गई घाइते भई उपचारको लागी लक्ष्मी अस्पताल डुम्रे लगिएको, अवस्था सिरियस उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, घट्नास्थलमा प्रहरी टोली खटि गई ट्याक्टर र चालक नियन्त्रणमा लिएको ।
जिल्ला म्याग्दी बेनी नगरपालिका ९ काउँलेगौँडा बस्ने वर्ष-२१ को सुमन बि.क.ले मादक पदार्थ सेवन गरी आफ्नै दाजु भाई संग झै-झगडा गरी अशान्ती फैलाएको भन्ने स्थानीय मार्फत खबर प्राप्त हुन साथ तत्काल प्रहरी टोलि खटि गई निज सुमन बि.क. लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याईएकोमा प्रारम्भिक अनुसन्धानको क्रममा निजको घरमा अबैध हतियार छ भन्ने खुल्न आएकोले प्रहरी टोलि खटि गई खान-तलासी गर्दा बिना लाईसेन्सको एक नाले भरुवा बन्दुक (खाली) थान-१(एक) फेला पारी आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका-२९ तालचोक नजिक ग ११ प ८२३२ नं.को स्कुटर आफैँ अनियन्त्रीत भई पल्टन जादाँ स्कुटर चालक जिल्ला कास्की पोखरा महानगरपालिका-२९ बस्ने वर्ष ४३ को सन्तोष बानियाँ घाईते भई उपचारको लागि फिस्टेल अस्पताल ल्याएको, अवस्था मध्यम, उपचारमा श्रीमती रुपाली बानियाँ संलग्न, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।
जिल्ला तनहुँ व्यास नगरपालिका ९ मोहरियाटार स्थित कलेस्ती-गजौंडे भित्री पक्की सडक खण्डमा गजौंडेबाट कलेस्ती तर्फ आउँदै गरेको बा ६० प १००५ नं.को मो.सा ले पैदल यात्री ऐ. बस्ने वर्ष २२ की अन्जु भण्डारीलाई ठक्कर दिई घाइते भई उपचारको लागी रत्नहरी अस्पताल दमौली तर्फ पठाईएको, अवस्था मध्यम, उपचारमा निजको आमा सम्लग्न रहेको, मो.सा. र मो.सा चालक प्रहरीको नियन्त्रणमा रहेको ।
मिति २०७८।१२।१६ गते भारत माहाराष्ट्र पुना जिल्ला गोफ्ले रोड ४११०१६ बस्ने वर्ष ८० को मथुराम लक्षुमण जी भ्यास मुस्ताङ भ्रमण गरी जिल्ला कास्की पोखरा महानगरपालिका-६ लेकसाईड स्थित कान्तिपुर होटलमा आई बसेकोमा अचानक स्वासप्रस्वासमा समस्या आई सामान्य उपचार गरी थप उपचारको लागी मेट्रोसिटी अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको, साथमा निजको छोरा सन्तोष मथुराम जी भ्यास रहेको, नेपाली गाईड राम सापकोटा समेत साथमा रहेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।
जिल्ला कास्की पोखरा महानगरपालिका-८ सभागृह स्थितमा ना६ख ४७२५ नं.को ट्रकले ग१४प ६५९८ नं.को स्कुटरलाई ठक्कर दिँदा उक्त स्कुटरमा सवार निम्न स्थान बस्ने निम्न मानिसहरू घाईते भई उपचारको लागि GMC लगेको, ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको ।निम्न:-१.स्कुटर चालकः जिल्ला कास्की पोखरा महानगरपालिका-१५ नयाँगाँउ बस्ने वर्ष १८की अन्जना पाईजा,अवस्था सिरियस, उपचारको क्रममा मृत्यु भएको,२. पछाडी सवारः ऐ.१० घलेचोक बस्ने वर्ष १८ की मिना गुरुङ, अवस्था सामान्य ।
प्रहरी चौकी ग्वालीचौर, बागलुङबाट खटि गएको प्रहरी टोली र सादा पोशाकको ५ जनाको टोलीले जिल्ला बागलुङ बडिगाड गाउँपालिका ५ ग्वालिचौर बस्ने वर्ष ४० को श्याम बहादुर रेश्मी बिगत ४ वर्ष अघि हतियार केशमा जेल बसी छुटेकोमा निज गुन्डा गर्दीमा संलग्न हुन सक्ने भएकोले निजलाई प्रहरीले निग्रानी गर्दै आएकोमा निजको घरमा निजको साथबाट Made in USA N1117 नम्बरको अटोमेटिक पेस्तोल थान १, ऐ.को म्यग्जिन थान १, ऐ.को गोली राउण्ड ४ सहित निजलाई नियन्त्रणमा लिएको, उक्त पेस्तोल कहाँबाट के कसरी, कुन प्रयोजनका लागी ल्याएको भन्ने अनुसन्धान भईरहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका-१० रामबजार स्थितमा अबैध रुपमा लागु औषध ओसार-पोसार गर्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला स्याङ्जा बिरुवा गाउँपालिका स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका १० रामबजार बस्ने वर्ष २७ को कुमार गुरुङलाई रामबजारको उत्तमचोक भित्रको मार्गमा हिड्दै आऊदै गरेको शंकास्पद अवस्थामा भेटि निजले बोकेको पहेलो फाईबरको झोला भित्र लुकाई छिपाई राखेको फेनारागन -११ ऐम्पुल,बुफ्रिन-९ ऐम्पुल र डाईजेपाम-९ ऐम्पुल गरि जम्मा २९ ऐम्पुल लागुऔषध र KIVI KB77 कम्पनीको कि प्याडवाला मोबाईल थान -१,नगद रु १०,०००।–सहित फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
मिति २०७८।११।२९ गते अमेरिकी नागरिक P.P. No.488463815 भएको वर्ष ७१ को DANIEL NILES नाम गरेको पुरुष व्यक्ति कलेजो, पित्तथैली, मस्तिष्कमा समेत समस्या देखि चरक मेमोरियल अस्पतालमा गई भर्ना भई उपचार गराई रहेकोमा उपचारको क्रममा आज मिति २०७८।१२।१५ गते डाक्टरले मृत घोषणा गरेको, साथमा नेपाली कामदार मनिषा घिमिरे रहेको, आफन्त समेत सम्पर्कमा आएको ।
जिल्ला कास्की पोखरा महानगरपालिका-५ पर्स्याङ धारापानी बस्ने वर्ष ४८ की पवित्रा अधिकारी आफ्नै ३ तले पक्की घरको दोश्रो तलाको आफु सुत्ने कोठामा पंखाको सिलिङमा नाईलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा निजको आफन्तले देखी पासो काटी हेर्दा मृत्यु भईसकेको भन्ने खबर प्राप्त पश्चात प्रहरी टोली गई अनुसन्धान कार्य भईरहेको, कारण नखुलेको, निजको श्रीमान, छोरा छोरी बुहारी सबै रहेको ।
जिल्ला तनहुँ ब्यास नगरपालिका ७ सेरा स्थित दमौली दुईपिप्ले भित्री सड्क खण्डमा दमौलीबाट दुईपिप्ले तर्फ जादै गरेको ग२०प २१४३ नं.को स्कुटरले पैदलयात्री ऐ.बस्ने वर्ष ७० की बुद्धिमाया दरैलाई ठक्कर दिई घाइते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, स्कुटर र स्कुटर चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला बागलुङ बडिगाँड गाउँपालिका ७ मध्यपहाडी लोकमार्ग स्थित खौँलारमा जलजलाबाट खौँलार तर्फ आउदै गरेको लु ४ त ९६८० नं.को ट्याक्टरले बिपरित दिशा तर्फ जाँदै गरेको बा-०३-०४ प ६९७५ नं. को मो.सा लाई ठक्कर दिँदा मो.सा. चालक जिल्ला रोल्पा परिवर्तन गाउँपालिका ६ बस्ने वर्ष ३० को धिरज रोक्का मगर घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याईएको, अवस्था मध्यम, मो.सा, ट्याक्टर र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला तनहुँ व्यास नगरपालिका-२ सहिदगेट स्थित पृथ्वी राजमार्गमा पोखराबाट काठमाण्डौ तर्फ जाँदै गरेको ग १९ प ६९४२ नं.को मो.सा.ले पैदल ऐ.४ शितलचोक बस्ने वर्ष १७ की झरना श्रेष्ठलाई ठक्कर दिइ घाइते भई उपचारको लागी रत्नहरी अस्पताल दमौली लगेको, अवस्था मध्यम, मो.सा.र मो.सा.चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-२ ज्यामिरे स्थित पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरीको RSCC टोलीले चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ना५ख ४०१४ नं.को बसमा ७ बोरा (प्रति बोरा ४५ के.जी.)को युरिया मल बेवारीसे अवस्थामा फेलापारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला म्याग्दी मालिका गा.पा.४ महभिर बस्ने अं. वर्ष २० कि सुस्मिता गुरुङ आफ्नै घरको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला तनहुँ व्यास न.पा.१ तालघरे स्थित पृथ्वीराजमार्गमा ग. १७ प १२०२ न.को मो.सा. र को.२ ह ७१४३ नं.को अटो एकआपसमा ठक्कर खाँदा मो.सा.चालक जि.तनहुँ व्यास न.पा.४ बस्ने वर्ष २६ को हिमाल गुरुङ घाइते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । दुबै सवारी साधन र अटो चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला बागलुङ बागलुङ.न.पा.३ बागलुङ एफ.एम स्थित ध. २ प ३८५८ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ. ३ गुठी बस्ने वर्ष ३३ को दिपल रुचाललाई ठक्कर दिदाँ घाईते भई धौलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका २६ विजयपुर स्थितमा चाउथेबाट विजयपुर तर्फ आउदै गरेको ग२२प ००७ नं.को स्कुटरले पैदलयात्री ऐ.१३ मियाँपाटन बस्ने वर्ष ३२ की टेक माया घर्तीलाई ठक्कर दिई उक्त स्कुटर विपरित दिशाबाट आउदै गरेको पोखरा म.न.पा.१५ रामबजार स्थित गोल्डेन फ्युचर बोडिङ स्कुलको ग१क ९९६ नं.को स्कुल बसमा ठक्कर खाँदा स्कुटर चालक जिल्ला तनहुँ घर भई हाल ऐ.१४ चाउथे बस्ने वर्ष अन्दाजी १९ को किस्मत वाग्ले घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल ल्याई चेक जाँच गर्ने क्रममाडाक्टरले मृत घोषण गरेको, बस,स्कुटर र बस चालक प्रहरीको नियन्त्रणमा रहेको, पैदलयात्रीको लेखनाथ सिटी अस्पताल शिशुवामा उपचार पश्चात डिस्चार्ज गरिएको, अवस्था सामान्य, थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला बागलुङ गल्कोट न.पा.४ मल्म बस्ने वर्ष अं.५३ को गंगा बहादुर चोहाल आफ्नै घरको काठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला स्याङ्जा वालिङ न.पा.८ जैसिपधेरा स्थित सिद्दार्थ राजमार्गमा ग. १ त ४८६७ नं.को ट्याक्टर र लु ७ प ६२३० नं.को मो.सा. एकआपसमा ठक्कर खाँदा मो.सा.चालक ऐ.ऐ.६ मिर्दी बस्ने वर्ष २६ को आशिष अर्याल घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । ट्याकटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.३ मिलनचोक स्थित पृथ्वीराजमार्ग ग. १९ प ७४५४ नं.को स्कुटरलाई बा. १५च १०११ नं.को बलेरो जिपले ठक्कर दिँदा स्कुटर चालक जिल्ला गोरखा शहिदलखन गा.पा.३ बस्ने वर्ष ५६ को एक बहादुर गुरुङ घाईते भई चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । बलेरो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका ९ पृथ्वीचोक स्थित अबैध रुपमा लागूऔषध कारोबार भएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटिगई जिल्ला कास्की पोखरा महानगरपालिका ९ शिवटोल बस्ने वर्ष ३३ को चेते भन्ने बोध बहादुर गुरुङलाई संकास्पद अवस्थामा भेटी चेकजाँच गर्दा निजको साथबाट फेनारागन ३०,डाईजापम २८,नुफ्रिन २९ एम्पुल गरी जम्मा ८७ एम्पुल लागूऔषध र SYMPHONY Z32 मोबाइल १ थान र नगद रु.१०,०००।–(दश हजार) सहित फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला तनहुँ ऋषिङ गाउँपालिका-६ तल्लो बातुङ बस्ने वर्ष २६ की सिता आले(विवाहीत) आफ्नो घर देखि अन्दाजी ३ कि.मि.दक्षिण तर्फ रहेको भातेश्वरा सामुदायिक बनको चिलाउनेको रुखमा सलको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला स्याङ्जा गल्याङ नगरपालिका-१ नब्बे स्थित सिद्धार्थ राजमार्गमा वालिङबाट बुटवल तर्फ जादै गरेको ग १५ प ७४४७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको लु २ ख ५२९० नम्बरको फोर्स गाडी एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला रुपन्देही सुद्धोधन गाँउपालिका-५ फर्साटिकट घर भई जिल्ला स्याङजा गल्याङ नगरपालिका-३ गल्याङ बजारमा कुशल मोटरसाईकल वर्कसपमा काम गर्ने वर्ष २७ को जितेन्द्र पटेल घाईते भई उपचारको लागि नगर अस्पताल गल्याङ स्याङजामा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको, घटनास्स्थलमा प्रहरी टोली खटि गई सवारी र सवारी चालक नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
जिल्ला लमजुङ क्व्होलासोथर गाउँपालिका ३ तोरीवारी स्थित मोडमा घलेगाउँबाट बेसिशहरतर्फ आउदै गरेको ग १ त ६४५३ नं. को. ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टन जाँदा निम्न मानिसहरु घाईते भई उपचारको लागि जिल्ला अस्पताल लमजुङ पठाईएको, ट्याक्टर घट्नास्थलमा रहेको, उक्त प्रहरी टोली खटि गएको ।निम्न:-१.चालक जिल्ला गोरखा आरुघाट गाउँपालिका १ मान्बु घर भई हाल जिल्ला लमजुङ क्व्होलासोथर गाउँपालिका ३ बस्ने बर्ष अन्दाजी ४५ को सन्त बहादुर गुरुङ, अवस्था सिरियस ।२.ट्रयाक्टरमा काम गर्ने कामदार जिल्ला लमजुङ क्व्होलासोथर गाउँपालिका ३ मालिङ बस्ने बर्ष अन्दाजी ३२ को गम बहादुर बि. क., अबस्था मध्यम ।सामान्य उपचार पश्चात दुवै घाईतेलाई थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाएको ।
जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका १६ चालिस किलो जंगल स्थित पूर्व पश्चिम राजमार्गमा खटिएको RSCC चेकिङ टोलीले पश्चिमबाट पूर्वतर्फ आउदै गरेको प्रदेश २-०३-०२१प २४३० नं.को स्कुटर चेकजाँच गर्ने क्रममा उक्त स्कुटरको चालक जिल्ला तनहुँ व्यास नगरपालिका २ बस्ने बर्ष ३३ को मोहन शाहीको साथबाट नुफिन २८ एम्पुल,डाइजापाम २८ एम्पुल,फेनारागन २८ एम्पुल गरी जम्मा ८४ एम्पुल लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला लम्जुङ बेशिसहर नगरपालिका ११ चित्रेपार्क स्थित मर्मत गरी रहेको रोडमा पानी हाल्ने बा ४ख२१७६ नं.नम्बरको पानी बोक्ने ट्याङकर ओरालोमा ब्रेक फेल भई बाटो भन्दा अन्दाजी ६ मिटर खस्न जाँदा ट्याङकर चालक जिल्ला मकवानपुर हेटौंडा उ.म.पा.१४ बस्ने वर्ष ६० को भुलुम बहादुर मुक्तान र सह-चालक जिल्ला लम्जुङ बेशिसहर नगरपालिका ११ रामचोक बेशी बस्ने वर्ष ४० को डिनेश सेधाई दुबै जना जिल्ला अस्पतालमा उपचार भईरहेको, ट्याङकर घटना स्थलमा नै रहेको ।
जिल्ला गोरखा आरुघाट गाउँपालिका ४ थुम्कि बस्ने वर्ष अन्दाजी २७ को (बिवाहित) संजय बि.क.घरबाट अन्दाजी २०० मिटर पर स्वामिको रुखमा प्लाष्टिकको डोरी लगाई झुण्डि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल खटि गएको ।
जिल्ला कास्की पोखरा महानगरपालिका १४ रातोडाँडामा अबैध रुपमा लागूऔषध ओसार पोसार गरेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला कास्की मादी गाउँपालिका ३ स्थायी घर भई हाल पोखरा ११ रानिपौवा बस्ने वर्ष २५ को राजेन्द्र परियारलाई रातोडाँडामा हिड्डै गरेको शंकास्पद अवस्थामा खटिगएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजले बोकेको निलो कालो झोलामा प्लास्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा फेनारागन ४५, डाईजापम ४५, नुफ्रिन ४५ एम्पुल गरी जम्मा १३५ एम्पुल ला.औ र रेड्मी मोबाइल १ थान सहित फेला पारी निजलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।
जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका १ गुणचरी स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको लु४८प ७०३३ नं.को मो.सा. आफै अनियन्त्रित भई रुखमा ठक्कर खाँदा मो.सा.चालक ऐ.४ पनौती बस्ने वर्ष २१ को बिशाल थनेत गम्भिर घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाईएको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला कास्की रुपा गाउँपालिका ४ गैरीपोखरी स्थित देउरालीबाट पोल्याङ्ग तर्फ जादै गरेको प्र ३-०३-००१ ह ३५० नं. को अटो आफै अनियन्त्रित भई सडकको बाँया तिर पल्टिन जाँदा उक्त अटोमा सवार निम्न ६ जना घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएको उक्त स्थानमा प्रहरी टोली खटिगएको, सवारी साधन घटनास्थलमै, चालक घाईते ।निम्नः-१.चालक जिल्ला तनहुँ व्यास नगरपालिका १२ देउराली बस्ने वर्ष ३८ को बल्लु दवाडी, अवस्था सिरियस ।२. जिल्ला कास्की रुपा गाउँपालिका ४ स्यालडाँडा बस्ने वर्ष ४४ की कल्पना गुरुङ, अवस्था सिरियस ।३.ऐ. बस्ने वर्ष १३ की रेविका गुरुङ, अवस्था सामान्य ।४.ऐ. बस्ने वर्ष २० की सविना कुमाल, अवस्था सामान्य ।५.ऐ. बस्ने वर्ष २२ को शेर ब. गुरुङ, अवस्था सामान्य ।६. ऐ. बस्ने वर्ष १७ की रेजिना गुरुङ, अवस्था सामान्य ।
जिल्ला कास्की पोखरा महानगरपालिका ३ नदिपुर स्थितमा खटिएका प्रहरी टोलीले जिल्ला कपिलवस्तु घर भई हाल पोखरा १७ विरौटा बस्ने वर्ष २४ को विजय प्रताप सेनलाई सोधपुछ गरी चेकजाँच गर्ने क्रममा नाईट्रोजेपाम लागुऔषध ४० चक्की बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला नवलपरासी (पूर्व) मध्यविन्दु न.पा.१५ गडारखोला स्थित पूर्व पश्चिम राजमार्गमा ना. ख ३१०४ नं को बस र ना.६ ख ४३४६ नं. को ट्रक एक आपसमा ठक्कर खाँदा निम्न मानिसहरु घाईते भई निम्न अस्पतालमा उपचार भईरहेको । ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको । निम्नः१.(बस चालक) जिल्ला सप्तरी राजविराज बस्ने बर्ष अं ४५ को सत्य नारायण यादव, अवस्था गम्भीर रहेको । पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मध्यविन्दु जिल्ला अस्पताल डण्डा नवलपरासी (पूर्व) मा उपचारार्थ घाईतेहरुः१.जि.रुपन्देहि बस्ने वर्ष अं. ४१ कि सिता आले, अवस्था सामान्य ।२.जि.काभ्रे बनेपा ११ वस्ने वर्ष अं. ७० को राम बहादुर तामाङ, अवस्था सामान्य ।३. जि.सर्लाही श्रिनगर बस्ने वर्ष अं. २२ कि लक्ष्मी चौधरी, अवस्था सामान्य ।४. ऐ.ऐ. बस्ने वर्ष २ कि प्रभा चौधरी, अवस्था सामान्य ।५. ऐ.ऐ. बस्ने वर्ष अं. २३ को बिक्रम चौधरी, अवस्था सामान्य ।६. जि.धनुषा बस्ने वर्ष अं.४८ को कमल राई (सहचालक), अवस्था सामन्य । ७ ऐ.ऐ. ढल्केवर बस्ने वर्ष अं. १६ को धर्मेन्द्र दास, अवस्था सामान्य ।
जिल्ला कास्की पोखरा म.न.पा.२० भलाम अमबोट स्थित ऐ.ऐ. बस्ने वर्ष ५२ को मिन बहादुर सुनार आफ्नै घरको काठको बलोमा नाईलनको डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला स्याङ्जा पुतलीबजार न.पा.१० सुम्रेखोला स्थित ग. २१ प ५३६४ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला स्याङ्जा भिरकोट न.पा.१ बयरघारी बस्ने वर्ष १४ को ईसाद अलि घाईते भई चरक अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला स्याङ्जा पुतलीबजार न.पा.५ पौवेगौडे बस्ने वर्ष ९३ को दल बहादुर गुरुङ घर नजिकै हिड्ने क्रममा अचानक बाटोको सिडीमा लड्न जाँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला बागलुङ बागलुङ न.पा.२ ट्राफिकचोक स्थित ध.२ प ३७७८ न. को मो.सा.ले पैदल यात्री ऐ.ऐ.आवारोड बस्ने वर्ष ५० कि चन्द्रकला खत्रीलाई ठक्कर दिँदा घाईते भई धवलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको । मो.सा.चालक घाईतेको उपचारमा संलग्न रहेको । मो.सा.प्रहरीको नियन्त्रणमा ।
जिल्ला तनहुँ ब्यास न.पा.३ बिसघरे स्थित भित्री सडक खण्डमा ग. २२ प ३३४६ नं.को स्कुटरले पैदल यात्री ऐ.ऐ.बस्ने अं. बर्ष ३ को अमित थापालाई ठक्कर दिँदा घाइते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर चालक घाईतेको उपचारमा संलग्न रहेको, स्कुटर प्रहरीको नियन्त्रणमा ।
जिल्ला कास्की पोखरा महानगरपालिका २९ भण्डारढिक स्थितमा जिल्ला स्याङ्जा बिरुवा गाउँपालिका ८ घर भई ऐ. २९ भण्डारढिक बस्ने वर्ष २८ को मेख बहादुर गुरुङले डेरा कोठामा लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचना प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटि गई निजको कोठा खानतलासी गर्ने क्रममा लुकाई राखेको फेनेरागन ९१, डाईजापाम ७९, नुर्फिन ६६ एम्पुल गरी जम्मा २३६ एम्पुल लागूऔषध बारामद गरी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका २० कुर स्थितमा ग १ त ३५२२ नं.को ट्याक्टर दुर्घटना हुँदा सो ट्याक्टरमा सवार जिल्ला रोल्पा घर भई ऐ.बस्ने वर्ष १९ को हरी वाठा मगर घाईते भई उपचारको लागी पश्चिम क्षेत्रिय अस्पताल गण्डकी ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको, उक्त स्थानमा प्रहरी टोली खटि गएको, ट्याक्टर घटना स्थलमानै रहेको, ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका १५ सिताराम हाउजिङमा अबैध रुपमा लागुऔषध ओसार प्रसार गर्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा ऐ. बस्ने वर्ष ४४ को जितेन्द्र गुरुङ फेनारागन २३, डाईजेपाम २३, नुफ्रिन २३ एम्पुल गरी जम्मा ६९ एम्पुल लागुऔषध र Iphone 13 मोबाईल १ थान, KXD कम्पनीको किप्याड मोबाईल १ थान, नगद रू.४,२००।- सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला तनहुँ म्याग्दे गाउँपालिका ६ शेराटार स्थित पृथ्वीराजमार्गमा काठमाण्डौबाट पोखरा तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२३ प ३३४१ नं. को स्कुटरले जिल्ला तनहुँ म्याग्दे गाउँपालिका ६ बस्ने वर्ष १९ की कोपीला श्रेष्ठलाई सडक छेउमा बसी रहेको अवस्थामा ठक्कर दिई घाइते बनाएको, घाइते लाई उपचारको लागि जी.पि.कोईराला राष्ट्रिय श्वास-प्रवास उपचार केन्द्र दुलेगौडा लगिएको, अवस्था मध्यम, सामान्य उपचार पश्चात थप उपचारको लागि गण्डकी अस्पताल पोखरा रिफर गरीएको, स्कुटर र चालक प्रहरी नियन्त्रणमा रहेको ।
जिल्ला बागलुङ ताराखोला गाउँपालिका ३ बराखोला बस्ने थम प्रसाद रोक्काको छोरा वर्ष १६ को ( ऐ.स्थित रहेको श्री हरी मा.बि. कक्षा ९ मा अध्यनरत) तिलक रोक्का आफ्नै घर देखी १ कि.मि.उत्तर पाखोबारीमा रहेको फलाटेको रुखमा घाटीमा नाम्लोको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको भन्ने खबर प्राप्त पश्चात प्रहरी टोली घटनास्थल खटिगएको, कारण नखुलेको, थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला बागलुङ निसिखोला गा.पा.३ बोहोरागाउ स्थित मध्यपहाडी लोकमार्गमा ध.२ प १९२१ नं.को मो.सा आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जि.बागलुङ निसिखोला गा.पा.३ बोहोरागाउ बस्ने बर्ष ४० को देविराम बोहोराको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला गोरखा सिरानचोक गा.पा.८ धारापानी बस्ने वर्ष अं.१९ कि बिनिता तामाङ आफ्नै घरको काठको बलोमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला बागलुङ ढोरपाटन न.पा.२ खोल्तुबोट स्थित मध्यपहाडी लोकमार्गमा ग. १ ज ३२०६ नं.को जिप र ध. २ प १८३ नं.को मो.सा. एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला बागलुङ तमानखोला गा.पा.६ नर्जापाटा बस्ने वर्ष ३६ को खगेन्द्र बि.क.घाईते भई गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ खैरेनिटार स्थित पृथ्वी राजमार्गमा ग.१७ प २६८३ नं.को स्कुटरले जिल्ला तनहुँ म्याग्दे गा.पा.४ थर्पु बस्ने वर्ष ४ कि सुवि परियारलाई ठक्कर दिंदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । स्कुटर चालक घाईतेको उपचारमा संलग्न रहेको । स्कुटर प्रहरी नियन्त्रमा ।
जिल्ला म्याग्दी मंगला गा.पा.२ सहस्रधारा बस्ने वर्ष ४३ को नर बहादुर पुर्जा आफ्नै घरको काठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला स्याङजा फेदीखोला गा.पा.१ सर्केटारी स्थित सिद्धार्थ राजमार्गमा ग. १३ प ४५८१ नम्बरको मो.सा.ले पैदल यात्री ऐ.फेदीखोला गा.पा.२ फेदीखोला बस्ने बर्ष ७ को हेमन्सु परीयारलाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.चालक घाईतेको उपचारमा संलग्न रहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.११ नाम्सिकोट जरेवर बस्ने वर्ष ४८ कि चित्रकला सिग्देल आफ्नै घर नजिकै रहेको सुन्तलाको रुखमा पटुकाको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला तनहुँ घिरिङ गा.पा.५ बेलभन्ज्याङ स्थित भित्री सडक खण्डमा ना. ४ त १३२२ नं. को ट्याक्टरले ग. १९ प ८११७ नं. को मो.सा.लाई ठक्कर दिंदा मो.सा. चालक जिल्ला तनहुँ घिरिङ गा.पा.४ गडेलीटार बस्ने वर्ष ४३ को दिल बहादुर कुमाल घाईते भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्टर चालक उपचारमा संलग्न रहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
नवलपरासी (पूर्व) कावासोती न.पा.३ समाता स्कुल स्थित भित्रि सडकखण्डमा अल्फाबेट नखुलेको ९०९२ नं.को स्कुटरले ऐ.ऐ. बस्ने तारानाथ चौधरीको छोरा वर्ष ३ को टिएन चौधरीलाई ठक्कर दिंदा घाइते भई नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भईरहेको । फरार स्कुटर चालकको खोजतलास भईरहेको ।
जिल्ला स्याङजा वालिङ न.पा.११ आङडाँडा बस्ने वर्ष ४६ को नर बहादुर राना आफ्नै घरको दलिनमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला बागलुङ गल्कोट न.पा.६ दर्मु स्थित भित्री सडक खण्डमा ग. २ त २९७८ नं.को ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना हुँदा ट्याक्टर चालक जिल्ला दाङ घर भई हाल जिल्ला बागलुङ गल्कोट न.पा.५ हरीचौर बस्ने वर्ष ४५ को जगदिश चौधरीको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको । ट्याक्टर घटनास्थलमा नै रहेको ।
जिल्ला तनहुँ व्यास न.पा.१ मौरीयाटार बस्ने वर्ष ६८ को ओम बहादुर नेपाली आफ्नौ घर देखि अं. ७० मिटर तल खोलाबाट पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागि गम्भीर घाईते भई उपचारको लागि जिल्ला अस्पताल दमौली ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला तनहुँ व्यास न.पा. १ रजाब टोल बस्ने वर्ष ३४ को गोबिन थापा आफ्नै घरको बलोमा डोरिको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला तनहुँ व्यास न.पा.१ भादगाउँ स्थित भित्री सडक खण्डमा ग २० प ७०३५ न.को मो.सा.पैदल यात्री ऐ.ऐ.बस्ने बर्ष ६७ कि राम कुमारी थापालाई ठक्कर दिंदा घाइते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला तनहुँ भानु न.पा.२ दाहालटार बस्ने बर्ष अं.४५ कि सुभद्रा पौडेल आफ्नो घर देखि नजिक कटहरको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.८ नयाँबजार बस्ने बर्ष अं.५८ को बोम बहादुर ज्वारचन आफ्नै घर अगाडि लडि मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला तनहुँ ब्यास न.पा.५ पतेनी बस्ने वर्ष अं.७२ को ईम बहादुर दरै आफ्नै गोठको काठको बलोमा नाईलनको डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला तनहुँ व्यास नगरपालिका २ भोर्लेटार चोक स्थित पृथ्वीराजमार्गमा खटिएको प्रहरीको पिकेट ड्युटीले डुम्रेबाट दमौली तर्फ आउदै गरेको पैदल यात्री जिल्ला कास्की पोखरा म.न.पा.१४ भानुभक्त चोक बस्ने वर्ष १८ को सुन्दर बि.क. लाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध नाइट्रोभेट १६ पत्ता (२३४ ट्याब्लेट ) फेला पारी, निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला बागलुङ बागलुङ नगरपालिका ४ ओडारेचौर बस्ने राजु बोहोराको छोरा वर्ष २० को अविनास बोहोराको घरमा लागूऔषध रहेको भन्ने गोप्य सूचनाको आधारमा निज अविनास बोहोरालाई नियन्त्रणमा लिई सोधपुछ गरी घरको कोठामा खानतलासी गर्दा डाईजोपाम, फिनालिन र नुर्फिन नामक २५ सेट लागूऔषध फेला परेको, उक्त स्थानमा प्रहरी टोली खटिई गएको ।
जिल्ला कास्की पोखरा महानगरपालिका २६ अर्घौचोक स्थित सडक खण्डमा ग १ ख ९५५५ नं.को बस र बा ५ ख ७०५६ नं.को हाईस एक आपसमा ठक्कर खाँदा हाईसमा सवार जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका १० खैरेनीटार बस्ने वर्ष ४ को आरम्भ बडुवाल बसेको सिटबाट लड्न जाँदा घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज लगेको, अवस्था मध्यम, घटनास्थलमा प्रहरी टोलि खटि गई दुबै सवारी साधन र बस चालक नियन्त्रणमा लिएको ।
जिल्ला नवलपरासी (पूर्व) बौद्वीकाली गा.पा.४ लुकुम स्थित भित्री सडकखण्डमा लु ४ त ८३०३ नं. को ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार ऐ.ऐ. बस्ने वर्ष ४६ को नौलासिंह फाल घाईते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । ट्याक्टर चालक घाईतेको उपचारमा संलग्न रहेको ।
जिल्ला लमजुङ मर्स्याङदी गा.पा. २ पुर्वेयटोल बस्ने वर्ष अं. ६४ को डिल बहादुर तामाङ आफ्नै बारीमा रहेको टमाटरको टनेलभित्र बाँसको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.९ न्युरोड स्थितमा ग. १८ प १७५ नं. को स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरको पछाडि सवार जि.कास्की पोखरा म.न.पा.९ प्रगती टोल बस्ने वर्ष ३६ को सरोज बि.क. घाईते भई GMC अस्पतालमा उपचार भईरहेको । स्कुटर चालक उपचारमा संलग्न रहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला पर्वत महाशिला गा.पा.१ जमपुर स्थित भोक्सिङ होश्राङदी कच्ची सडक खण्डमा लु ४५ प १५५३ नं.को मो.सा. आफै अनियन्त्रीत भई दुर्घटना हुदाँ मो.सा.चालक ऐ. ऐ. बस्ने वर्ष ३४ को रन बहादुर रानाको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला बागलुङ बागलुङ नगरपालिका १ लामोपुल स्थित सडक खण्डमा सदरमुकाम देखि मालढुङ्गा तर्फ जाँदै गरेको ध १ प ३६०५ नं. को मो.सा. ले पैदल यात्री ऐ.न.पा. ४ उपल्लाचौर बस्ने वर्ष अन्दाजी ५२ की मिना कंडेललाई ठक्कर दिई घाईते भई उपचारको लागि धवलागिरी अस्पताल बागलुङ ल्याईएको, अवस्था मध्यम, उपचारमा मो.सा. चालक संलग्न रहेको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला स्याङ्जा कालिगण्डकी गाउँपालिका ३ सटुका बस्ने वर्ष २१ को मानसिक सन्तुलन ठिक नभएको (अबिबाहित) सन्दिप पाण्डे ऐ. ८ गते घरबाट हिडेकोमा आफन्तहरुले खोज तलास गर्दै जाने क्रममा आफ्नै घरदेखि अन्दाजी ५०० मिटर टाढा रहेको खरवारीमा खनियाँको रूखमा नाम्लोको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला स्याङ्जा पुतली बजार नगरपालिका १ प्रगतीनगर स्थित सिद्वार्थ राजमार्गमा पोखराबाट स्याङ्जातर्फ आउदै गरेको मे ११ प ८३४२ नं.को मो.सा.ले पैदल यात्री ऐ. ७ ठूलाडिही बस्ने वर्ष ४५ की कोपिला रानालाई ठक्कर दिदा घाईते भई उपचारको लागि पोखरा पठाएको,अवस्था मध्यम,उपचारमा मो.सा.चालक संलग्न, मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला लमजुङ क्व्होलासोथर गाउँपालिका ३ बगुम बस्ने बर्ष ३५ को कुम बहादुर गुरुङ ऐ. स्थित ठाउँमा गाडिएको बिजुलीको पोलबाट बिद्युत लिक भईरहेको अबस्थामा अचानक छुन पुग्दा करेन्ट लागि उपचारको लागि जिल्ला अस्पताल लमजुङ पठाईएकोमा डाक्टरले चेक जाँच गर्ने क्रममा निजको मृत्यु घोषणा गरेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।
जिल्ला नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका १ जुगेपानी बस्ने वर्ष ३५ को मंगल पुनको घर कोठामा खान तलासी गर्दा फेनारगनः- २४ एम्पुल, नुफिन २२ एम्पुल, डाईजापाम २१ एम्पुल, नाम नखुलेको निलो रङको ट्याबलेट १९६ पिस (ट्याबलेट) लागूऔषध फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका ३ रामनगर चोक स्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको लु४त ७७७१ नं.को ट्याक्टर आफै अनियन्त्रित भई पल्टन जाँदा उक्त ट्याक्टरमा काम गर्ने ऐ.१० मगरकोट बस्ने वर्ष २६ को राजेश अर्याल घाइते भई उपचारको लागि एलाइभ अस्पताल भरतपुर चितवन पठाईएको, अवस्था मध्यम, ट्याक्टर चालक फरार भएको खोजतलास कार्य भईरहेको, ट्याक्टर घटनास्थलमा,उक्त स्थानमा प्रहरी टोली खटि गएको।
जिल्ला कास्की पोखरा महानगरपालिका ३० पावरहाउस चोकमा खटिएको प्रहरीको चेकिङ टोलीले काठमाण्डौबाट पोखरा तर्फ आउदै गरेको ग २ ख ८५८ नं. को बस चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला कास्की पोखरा १७ छोरेपाटन बस्ने बर्ष १६ को लक्ष्मण परियारले जेब्रा झोला भित्र लुकाई छिपाई ल्याएको ल्याएको अन्दाजी १ किलो गाँजा सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको, बसको कागजपत्र राखी छाडिएको।
जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका १६ चालिसकिलो स्थित पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरीको RSCC चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ना७ख ३१८७ नं.को बसमा चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला नवलपरासी (पूर्व) गैडाकोट नगरपालिका २ बस्ने वर्ष ४० को नन्दलाल सुनार र ऐ.बस्ने वर्ष ३० को दिपक बोटेको साथबाट फेनारगन १३ एम्पुल, डाईजापाम १३ एम्पुल, नुर्फिन १३ एम्पुल गरी जम्मा ३९ एम्पुल लागूऔषध फेला पारी नियन्त्रणमा लिई अनुसन्धान भई रहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका २७ लक्ष्मीमार्ग स्थित ग१६प ४७६२ नं.को मो.सा.सडक छेउमा रोकी राखेको ग१ख ४७५३ नं.को बसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला कास्की पोखरा म.न.पा.२७ बस्ने वर्ष २० को बिबश रानाभाट घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाईएको, अवस्था सिरियस,उपचारमा काका प्रकाश रानाभाट संलग्न रहेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।
जिल्ला स्याङ्जा गल्याङ न.पा.७ सानो थुम्का स्थित गल्याङ पिडिखोला भित्री सडक खण्डमा ग. १२ प २४८ नं.को मो.सा.र लु. १ ख ६८४२ नं.को बस एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला स्याङ्जा गल्याङ न.पा.७ बस्ने वर्ष २१ को रामचन्द्र भण्डारी घाईते भई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.१६ पिप्रेनी स्थित भित्री सडक खण्डमा ना. ५६ प ८९८२ नं.को स्कुटरले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष ४७ कि मिना सुवेदीलाई ठक्कर दिँदा घाईते भई मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको । चालक घाईतेको उपचारमा संलग्न रहेको ।
जिल्ला गोरखा भीमसेन थापा गा.पा.४ धावा बस्ने वर्ष २९ कि शोभा शाक्यले गोठको काठको बलोमा नाम्लोको डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला तनहुँ म्याग्दे गा.पा.१ बरचौर स्थित पृथ्वी राजमार्गमा ग. २ च ७४७४ नं.को बलेरो जिपले ग. ७ प ५८२६ नं.को स्कुटर लाई ठक्कर दिंदा स्कुटर चालक जिल्ला तनहुँ म्याग्दे गा.पा.१ तल्लो गुणादी बस्ने वर्ष ४० को मनोज खनाल गम्भीर घाइते भई जिल्ला अस्पताल तनहुँमा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला गोरखा आरुघाट गा.पा.३ भलाक बस्ने वर्ष ४२ कि जुना बराम आफ्नो घरको काठको बलोमा पटुकाको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला बागलुङ, बागलुङ न.पा.१ रामरेखा स्थित ध. २ प १२६ नं. को मो.सा.ले पैदल यात्री जिल्ला बागलुङ बागलुङ न.पा.१० भकुण्डे बस्ने वर्ष १६ कि एलिना थापालाई ठक्कर दिंदा घाईते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला तनहुँ आँबुखैरेनी गाउँपालिका ०४ ऐना पहरा स्थित पृथ्वीराजमार्ग सडक-खण्डमा आँबुखैरेनीबाट मुग्लिनतर्फ जाँदै गरेको बा१२च २८३ नं.को स्कारपियो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल मर्स्याङ्दी नदिको किनारमा खस्दा स्कार्पियो चालक जिल्ला बर्दिया ठाकुरबाबा न.पा.६ बस्ने वर्ष ३१ को रोशन खनाल घाईते भई उपचारको लागि हाडजोर्नी अस्पताल आँबुखैरेनीमा पठाईएको, अवस्था माध्यम उक्त स्थानमा प्रहरी टोली खटि गएको ।
जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका १६ चालीस किलो जंगल स्थित पूर्व-पश्चिमराजमार्गमा प्रहरीको RSCC टोलीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको लु७५प ५८४५ नं.को मो.सा. चेकजाँच गर्ने क्रममा उक्त मो.सा. चालक जिल्ला नवलपरासी (पश्चिम) सरावल गाउँपालिका ६ बस्ने वर्ष २२ को बिकेश तेली र मो.सा. पछाडि सवार ऐ.पालिनन्दन गाउँपालिका १ बस्ने वर्ष १९ को करन कुर्मीको साथबाट नाईट्रोभेट ३०० ट्याप्लेट लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । साथै माथि उल्लेखित परिमाणका लागूऔषध लिनको लागि आएको जि.न.प.(पूर्व) देवचुली न.पा.१४ बस्ने वर्ष २७ को विशाल न्यौपानेलाई ऐ.कावासोती न.पा.११ लोकाहा पुलबाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.३ पेट्रोल पम्प स्थित पृथ्वी राजमार्गमा ग. १ क ३२७६ न.को मिनि ट्रकले ध.१ प ८०११ न.को मो.सा.लाई ठक्कर दिँदा मो.सा.चालक जि.तनहुँ बन्दिपुर गा.पा.२ बस्ने वर्ष २३ को अशोक कार्की घाइते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा.८ स्थित पूर्व-पश्चिम राजमार्गमा ना. ५ ख ३०७४ नं.को बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला नवलपरासी (पूर्व) हुप्सेकोट गा.पा.४ बस्ने वर्ष २३ को खडक बहादुर रजाली मगरको साथबाट नुर्फिन १८ एम्पुल, डाइजेपाम १८ एम्पुल र फेनेरागन १८ एम्पुल गरी जम्मा ५४ एम्पुल लागूऔषध नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला तनहुँ व्यास न.पा.९ कुसुण्डे स्थित भित्री सडक खण्डमा प्र ०२-०३-१७ प ८८३५ नं.को स्कुटर र ग. १६ प ८८२२ नं.को मो.सा.एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक जिल्ला तनहुँ व्यास न.पा.७ कलेस्ती बस्ने वर्ष ४६ को जुनलाल प्रधान घाइते भई रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको । दुबै सवारी साधन र मो.सा.चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.१३ बेल्डिहा स्थित पूर्व पश्चिम राजमार्गमा प्रदेश २-०३-००१ ह ३०५ नं. को अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा अटो चालक जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.११ बस्ने वर्ष २९ को शिव महत्तो र अटोमा सवार जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.१४ बस्ने वर्ष ६० को नरेश्वर आचार्य घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । अटो घटनास्थलमा नै रहेको ।
जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका १ नाला स्थित पृथ्वीराजमार्गमा पोखराबाट डुम्रे तर्फ आउँदै गरेको ना.६ख ६४७१ नं.को ट्रकले बिपरित दिशा तर्फ जाँदै गरेको ग.११प ९५ न.को मो.सा.लाई ठक्कर दिदा मो.सा.चालक जिल्ला कास्की पोखरा म.न.पा.१५ बस्ने वर्ष ३० को संजय रसाईली घाईते भई अवस्था मध्यम लक्ष्मी अस्पताल डुम्रेमा सामान्य उपचार पश्चात थप उपचारको लागि एलाइब हस्पिटल चितवन रिफर गरेको, ट्रक चालक र दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका २७ बगदीखोला भन्ने स्थानमा ऐ.कुमाल गाँउ बस्ने वर्ष २७ को सरोज कुमालले लागूऔषध लुकाई छिपाई लिई हिडेको भन्ने सूचनाको आधारमा प्रहरी टोलि खटिगई ऐ.स्थानबाट निजले लिइ हिडेको सेतो कलरको प्लाष्टिकको झोला भित्र फेनरागन-४७ एम्पुल, नुर्फिन-४७ एम्पुल , डाईजोपाम-४७ एम्पुल गरी जम्मा १४१ एम्पुल सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका २५ हेम्जा भोटेक्याम्प स्थित पोखरा-बाग्लुङ सडक खण्डमा ग६प ८८०२ नं.को मो.सा. र ग१ज ५०५६ नं.को बलेरो जिप दुर्घटना भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिगएको साथै मो.सा.मा सवार निम्न व्यक्तिहरु घाइते भई उपचारको लागि निम्न अस्पताल पठाएको बलेरो जिप, जिप चालक र मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।निम्न;-१. मो.सा.चालक जिल्ला कास्की अन्नपुर्ण गा.पा.१० धान्द्रुक घर भई हाल पोखरा म.ना.पा.५ प्रस्याङ धारापानी मार्ग बस्ने वर्ष २६ को दिपक नेपाली, अवस्था सिरियास (मणिपाल अस्पताल) उपचारको क्रममा मृत्यु ।२.पछाडी सवार जिल्ला गुल्मी घर भई हाल पोखरा म.न.पा.१ बगर बस्ने वर्ष २२ को सुनिल नेपाली, अवस्था सिरियास (फिस्टेल अस्पताल) उपाचारमा हुँदै ।
जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका ५ स्थित पृथ्वीराजमार्ग ट्राफिक सहितको चेकिङमा सवारी चेकजाँच गर्ने क्रममा पाल्पा रामपुरबाट पोखरा तर्फ जाँदै गरेको ग१ख ७७२१ नं.को बस भित्र सवार जिल्ला स्याङ्जा हरिनाश गाउँपालिका ४ बस्ने वर्ष १८ को प्रदिप मानन्धरको साथबाट लागुऔषध(गाँजा)अन्दाजी ९७० ग्राम भेटिएकोमा निजलाई नियन्त्रणमा लिइ अनुसन्धान कार्य भईरहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका १४ वि.पि. मार्ग स्थितमा ग३प ७९७१ नं.को मो.सा. र ग११प २०३० नं.को मो.सा. एक-आपसमा ठक्कर खाँदा दुबै मो.सा. मा सवार निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएको, दुबै मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।निम्नः-१.ग३प ६९६१ नं.को मो.सा.चालक जिल्ला रौतहट घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१४ वि.पी. मार्ग बस्ने वर्ष २८ को रुपेश वैठा, अवस्था मध्यम, मणिपाल शिक्षण अस्पताल रिफर, उपचारमा निजको भिनाजु पोनालाल बैठा संलग्न ।२.ग११प २०३० नं. को मो.सा. चालक जिल्ला तनहुँ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.५ मालेपाटन बस्ने वर्ष २३ को नारायण गुरुङ,अवस्था सामान्य ।३.ऐ. मो.सा.मा पछाडी सवार निजको श्रीमती वर्ष २३ की रितु गुरुङ, अवस्था सामान्य, उपचारमा निजको दाजु देव बहादुर गुरुङ संलग्न ।
जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका ८ वन कार्यालय नजिकै राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६३प ४३५१ नं.को स्कुटर आफै अनियन्त्रित भई पल्टदा स्कुटर चालक जिल्ला चितवन रत्ननगर नगरपालिका १० बस्ने वर्ष ४५ को सुर्य बहादुर लम्साल घाईते भई उपचारको लागि स्थानिय नवलपुर अस्पतालमा ल्याईएको, अवस्था गम्भिर, स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका ५ मालेपाटन कालिका पेट्रोल पम्प अगाडी ग २२ प २७६२ नं.को स्कुटरलाई ग १ ख ९८६५ नं.को मिनिट्रकले ठक्कर दिदाँ निम्न ब्यक्तिहरु घाईते भई उपचारको लागि मेट्रोसिटी अस्पतालमा पठाएको, दुवै सवारी साधन र मिनी ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको।निम्न:-१.स्कुटर चालक जिल्ला स्याङ्जा वालिङ न.पा.७ तिरासी बस्ने वर्ष २५ की कमला काफ्ले, अवस्था मध्यम ।२.सवार जिल्ला स्याङ्जा बिरुवा गा.पा. ६ चिन्नेवास बस्ने वर्ष १६ की समिक्षा लम्साल, अवस्था सिरियस ।
जिल्ला कास्की पोखरा महानगरपालिका १७ शहरी स्वास्थ्य केन्द्र फिस्टेल एकेडेमी बिरौटा नजिकै महतगौडाबाट पोखरा तर्फ आउदै गरेको ग१७प १२९९ नं.को मो.सा. र बिपरित दिशा तर्फ जादै गरेको ग१२प ४०२९ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि नमस्ते अस्पताल पठाएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको ।निम्न;-१.ग१७प १२९९ नं.को मो.सा. चालक जिल्ला मुस्ताङ थासाङ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१७ महतगौडा बस्ने वर्ष २४ को सैलेश शेरचन, अवस्था सामान्य ।२.ग१२प ४०२९ नं.को मो.सा. चालक जिल्ला चितवन माडी घर भई हाल जिल्ला कास्की पोखरा ९ न्युरोड बस्ने वर्ष ३२ को उमेश चौधरी, अवस्था बोल्न नसक्ने सिरियस ।३.सोही मो.सा.पछाडी सवार जिल्ला बारा कलैया बेलटारी घर भई हाल जि.कास्की पोखरा म.न.पा.९ न्युरोड बस्ने वर्ष २२ को चन्द्रिका बैठ, अवस्था सामान्य ।
जिल्ला तनहुँ व्यास नगरपालिका १२ कमलबारी स्थित पृथ्वी राजमार्गमा दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको ग३च २६४७ न.को बलेरो जिप र बिपरित दिशाबाट आउदै गरेको बा४ख ८७८२ न.को बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मानविय क्षती नभएको,दुबै सवारी साधन क्षती भएको, दुबै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला बागलुङ तमानखोला गाउँपालिका १ बोङ्गादोभान स्थितमा बोङ्गादोभानबाट बुर्तिबाङ तर्फ आउँदै गरेको अल्फाबेट नखुलेको ७७४९ नं.को मो.सा.ले पैदल यात्री ऐ.ढोरपाटन न.पा.४ भालिबाङ बस्ने वर्ष ३० की पिपला घर्ती लाई ठक्कर दिई फरार रहेको, घाईतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङमा उपचार भईरहेको, अवस्था मध्यम, उपचारमा निजको आमा संलग्न रहेको, उक्त मो.सा. र मो.सा. चालकको खो.त.कार्य भईरहेको ।
जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका ४ गाछेपानी स्थित पृथ्वीराजमार्गमा पोखराबाट बेलचौतारा तर्फ आउदै गरेको ना६त १७३ नं.को ट्याक्टर र विपरीत दिशा तर्फबाट आउदै गरेको बा२१प ६१७५ नं.को मो.सा. एक आपसमा ठक्कर खाँदा मो.सा. चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.९ बस्ने वर्ष ३४ को नेत्र बहादुर राना घाईते भई उपचारको लागि जी.पि.कोईराला राष्ट्रिय श्वासप्रवास केन्द्र दुलेगौडा लगिएको,अवस्था सामान्य, ट्याक्टर र मो.सा.प्रहरी नियन्त्रणमा,ट्याक्टर चालक फरार खोज तलास कार्य भईरहेको ।
जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका २ एक्लेफाँट स्थित पृथ्वी राजमार्गमा डुम्रेबाट आबुखैरेनी तर्फ आउदै गरेको ना ५ ख ४९४१ नं.को बस र बिपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ८८३३ नं.को बस एक आपसमा ठक्कर खाँदा दुबै बसमा सवार निम्न स्थान बस्ने निम्न मानिसहरु घाइते भई उपचारको लागी हाडजोर्नी अस्पताल आबुखैरेनी लगेको, दुबै बस घटना स्थलमा रहेको ना ५ ख ४९४१ नं.को बस चालक नियन्त्रणमा रहेको ना ५ ख ८८३३ न.को चालक फरार खो.त.कार्य भइरहेको ।निम्न१.जिल्ला तनहुँ व्यास न.पा.९ बाइसजागर बस्ने वर्ष २७ को नविन श्रेष्ठ, अवस्था गम्भिर२.जिल्ला गोरखा धुँवाकोट बस्ने वर्ष ३० की हिरा खड्का, अवस्था मध्यम३.जिल्ला तनहुँ भानु न.पा.९ बस्ने वर्ष २१को अर्विन शाही, अवस्था मध्यम४.जिल्ला तनहुँ बाइसजाँगर बस्ने वर्ष ५९ की मिना श्रेष्ठ, अवस्था मध्यम५.जिल्ला गोरखा पालुङटार न.पा.५ बस्ने वर्ष ३५ की हर्षिका तामाङ, अवस्था मध्यम६.ऐ.बस्ने वर्ष ५२ की फुलमाया तामाङ, अवस्था मध्यम७.जिल्ला तनहुँ आबुखैरेनी गा.पा.२ बस्ने वर्ष २७ की निर्मला सुनार, अवस्था सामान्य८.ऐ.बस्ने वर्ष २३ को प्रदीप सुनार, अवस्था सामान्य९.जिल्ला तनहुँ बन्दिपुर गा.पा.५ बस्ने वर्ष ४८ की सानुमाया गुरुङ, अवस्था मध्यम१०.जिल्ला गोरखा बकराङ ९ बस्ने वर्ष नखुलेको मेख बहादुर थापा, अवस्था सामान्य ।
जिल्ला कास्की पोखरा महानगरपालिका ३० पावरहाउस चोकमा खटिएको प्रहरीको चेकिङ टोलीले नारायणगढबाट पोखरा तर्फ आउदै गरेको ग २ ख ९२७ नं.को हाईस चेकजाँच गर्दा उक्त हाईसमा सवार जिल्ला कास्की पोखरा म.न.पा.९ शान्ति टोल बस्ने वर्ष २८ को बुद्धिमान नेपालीले ल्याएको रातो झोला भित्र लुकाई छिपाई राखेको अन्दाजी २ के.जी.गाँजा सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला बागलुङ बागलुङ नगरपालिका १ मालढुङगामा सदरमुकामबाट मालढुङगा तर्फ जादै गरेको ग१ख.६६४७ नं.को बसले सोही दिशा तर्फ जादै गरेको बा.९०प२६२६ नं.को मो.सा.लाई ठक्कर दिदा मो.सा.चालक ऐ.काठेखोला गा.पा.६ बिहु बस्ने वर्ष २० को सुजन कडेँल घाईते भई उपचारको लागी धवलागिरी अस्पताल बागलुङ लगिएको, अवस्था मध्यम रहेको, मो.सा., बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला स्याङ्जा कालीगण्डकी गाउँपालिका ५ जयपतेमा खटि गएको प्रहरीको गस्ती टोलीले लु ५२ प ५२११ नं. को मो.सा.लाई शंका लागि चेकजाँच गर्ने क्रममा मो.सा.मा सवार निम्न २ जनाको साथबाट १ के.जी. ७५० ग्राम लागूऔषध सुकेको गाजा फेला पारी मो.सा.र मानिसलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।निम्न१.जिल्ला स्याङ्जा गल्याङ न.पा.२ बस्ने गराङदि बस्ने वर्ष २२ को असिम बि.क.। २.ऐ.बस्ने वर्ष २१ को सुमित बि.क.चालक ।
पोखरा, १४ माघप्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जनताको सुरक्षा एवम् संविधानको रक्षार्थ प्रहरी संगठनलाई पूर्वाधार सम्पन्न गराउनु पर्नेमा जोड दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा दुईवटा प्रहरी व्यारेक, प्रहरी मेश र हिरासत कक्ष गरी छुट्टाछुट्टै चारवटा सुविधायुक्त पक्की भवनको आज उद्घाटन गर्दै उहाँले पूर्वाधारले सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।साधन श्रोतको अभावमा अपेक्षित सेवा दिन नसकिने उल्लेख गर्दै उहाँले समय सापेक्ष नविनतम प्रविधिसंगै पूर्वाधार निर्माण गरी प्रहरी संगठनलाई वलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।प्रहरी संगठनको लोकप्रियताकै कारण देशमा हाल ६२७ प्रहरी युनिटहरु थप गर्न माग गरिएको जानकारी दिंदै उहाँले त्यसका लागि २३ हजार जनशक्ति आवश्यक हुने बताउनुभयो । आफ्नो इमान्दारीता र जिम्मेवारीका लागि सवैले आत्मसात गर्नुपर्ने आवश्यकता औल्याउँदै प्रहरी महानिरीक्षक थापाले कुनै पनि प्रहरी कर्मचारी आफ्नो काममा नचुकेमा संगठन झुक्न नपर्ने विश्वास व्यक्त गर्नुभयो ।आम सर्वसाधारणले प्रहरी संगठनप्रति आशा एवम् विश्वास गरेको प्रसंग उल्लेख गर्दै उहाँले मुलुकको शान्ति सुरक्षाको जिम्मा लिएको संगठनलाई सामाजिक सञ्जालमा देखिएका टिकाटिप्पणीका आधारमा मूल्यांकन गर्न नहुनेमा जोड दिनुभयो ।पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रहरी संगठनलाई पनि पुर्वाधार एवम् प्रविधि सम्पन्न बनाउनु पर्नेमा जोड दिंदै महानगरपालिकाले पुर्वाधार सम्पन्न बनाउन आफ्नो तर्फबाट निरन्तर साथ र सहयोग गरिरहेको बताउनुभयो ।कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जनताको जिउ धनको सुरक्षार्थ खटिने प्रहरी पुर्वाधार अभावका कारण आफै असुरक्षित हुने अवस्था हुन नहुनेमा जोड दिंदै त्यसका लागि राज्यले आवश्यकता अनुसारको पुर्वाधारहरु तयार गरिदिनुपर्ने बताउनुभयो ।उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले प्रहरीले सांगठानिक जिम्मेवारी पुरा गर्दै संघ र प्रदेश सरकारको आर्थिक सहयोगमा आवश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण कार्यलाई निरन्तरता दिंदै आएको जानकारी दिनुभयो ।कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले चुस्त र दुरुस्त सेवा प्रवाह गर्न भौतिक संरचनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै पोखरामा अत्याधिक रहेको लागूऔषध ओसारपोसार सम्बन्धी गतिविधि नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो ।नेपाल सरकारको ७ करोड ६ लाख ११ हजार ८ सय ४२ रुपैयाको लागतमा निर्माण भएका उक्त भवनहरुमा महिला तथा पुरुष व्यारेक, सिनियर र जुनियर कर्मचारी व्यारेक, दुई वटा महिला सहित पाँच वटा हिरासत कक्ष, ८० जना क्षमताको मेशको निर्माण गरीएको प्राविधिक प्रहरी नायव उपरीक्षक केविनजंग थापाले जानकारी दिनुभयो ।कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने विभिन्न संघसंस्था, निर्माण व्यवसायिक तथा जिल्लामा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत तथा जवानहरुलाई कदर पत्रले सम्मान समेत गरिएको थियो ।
जिल्ला कास्की पोखरा महानगरपालिका ३ नदिपुर स्थित ग१७प ८८३ नं.को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक जिल्ला उदयपुर घर भई हाल पोखरा म.न.पा.१५ बस्ने वर्ष ३४ को बम बहादुर लुङगेली घाईते भई उपचारको लागि फिस्टेल अस्पताल लगेको, स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला म्याग्दी बेनी नगरपालिका ४ पौडेल चोक बस्ने गुप्त बहादुर क्षेत्रीको छोरा वर्ष २१ को राज कुमार क्षेत्री (अविवाहित) आफ्नै घरको आफु सुत्ने कोठामा काठको बलोमा रातो सलको पासो लगाई झुण्डि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका १४ मझेरी पाटन स्थितमा जिल्ला बाग्लुङ भिमगिठ्ठे घर भई हाल पोखरा म.न.पा.१४ मझेरीपाटन स्थित छहरे पानी भैँसी फर्ममा काम गर्ने वर्ष २१ को अशोक गुरुङ भैँसी फर्म गोठको फलामको बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको भन्ने स्थानीय मार्फत सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका ३ कार्कीडाडा स्थित ऐ. बस्ने कर्ण बहादुर गुरूङको घरमा डेरा गरी बस्ने वर्ष २६ को निनु कुमार श्रेष्ठले लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटि गई निजको कोठा खनतलासी गर्ने क्रममा निम्न अनुसारको खाली म्याग्जिन सहितको हतियार र लागूऔषध फेला पारेको, उक्त व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।निम्नः-१.डाईजेपाम १३३ एम्पुल ,नोरफिन १३४ एम्पुल, फेनारागन १३६ एम्पुल गरी जम्मा ४०३ एम्पुल ।२.नाईट्रोभेट ट्याबलेट १९२ चक्की ।३.spasmo-proxyvon plus ५४ चक्की । ४.इटलीयन Auto pistol 7.05mm- थान १,(ऐ.पेस्तोलको म्याग्जीन सहितको) ।
जिल्ला कास्की पोखरा महानगरपालिका ३० पावरहाउस चोकमा खटिएको प्रहरीको चेकिङ टोलीले नारायणगढबाट पोखरा तर्फ आउदै गरेको ग१ख ४५३४ नं.बस चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला झापा दमक नगरपालिका २ बस्ने वर्ष २० को चन्दन चौधरीले बोकी ल्याएको रातो कलरको जेब्रा झोला भित्र सेतो कलरको प्लाष्टिकले बेरी लुकाई छिपाई ल्याएको अन्दाजी १ के.जी.गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला कास्की रुपा गाउँपालिका १ ट्यारे गाँउ स्थित तालबेशिबाट लमजुङ तर्फ जाँदै गरेको प्र.२-०३-००१ त २३९६ नं.को खाली ट्याक्टर आफै अनियन्त्रित भई दाँया साईडमा पल्टन गई दुर्घटना हुँदा ट्रयाक्टर चालक जिल्ला लम्जुङ मध्यनेपाल नगरपालिका ६ काउरे बस्ने वर्ष २२ को सन्तोष परियार घाईते भई अचेत अबस्थामा उद्दार गरी उपचारको लागि एम्बुलेन्सद्वारा पश्चिम क्षेत्रीय अस्पताल पठाईएकोमा डाक्टरले चेकजाँच गर्ने क्रमामा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको । ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.८ बस्ने वर्ष ५२ को झमक नाथ रिजाल ऐ.ऐ.१० वाणखोला स्थित रहेको दबदबेको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला बागलुङ वडिगाड गा.पा.२ खर्वाङ स्थित मध्य पहाडी लोक मार्गमा लु. २ च १४४६ नं.को जिप र लु. २ प ५९५५ नं.को स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटर चालक जि.गुल्मी मुसिकोट न.पा.४ बस्ने वर्ष २१ को अशोक कार्की घाईते भई लुम्बिनी मेडिकल कलेज बुटवलमा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला नवलपरासी (पूर्व) गैडोकोट न.पा.१४ अमरापुरी स्थित पूर्व-पश्चिम राजमार्गमा स. ९ प ९३८८ नं.को मो.सा.ले ना. ४२ प २४३२ नं.को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक जि.न.प.(पूर्व) गैडोकोट न.पा.१४ अमरापुरी बस्ने वर्ष ३० को चिन्तामणि पौडेल घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । दुबै सवारी साधान र मो.सा.चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.१८ सराङकोट गोठाडी मजुवा बस्ने वर्ष २६ को सगुन थापा आफ्नै घरको फलामको बलोमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.६ डिहिगोपाटन स्थित ग. १७ प ४२०४ नं.को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक ऐ.ऐ.१६ बाटुलेचौर बस्ने वर्ष २० को राजन पाण्डे घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला नवलपरासी (पूर्व) मध्यविन्दु न.पा.१० स्थित पूर्व-पश्चिम राजमार्ग लु. १ च ३३३७ नं.को बलेरो र लु. ४५ प ६६५८ नं.को मो.सा.एक-आपसमा ठक्कर खाँदा मो.सा.चालक जि.न.प.(पूर्व) विनयीत्रिवेणी गा.पा.१ बस्ने वर्ष ३६ को राजकुमार बि.क.र मो.सा.पछाडि सवार ऐ.ऐ. बस्ने वर्ष ३२ को मिलन गुरुङ गम्भीर घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । बलेरो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका ९ पृथ्वीचोक स्थित बास्तोला कम्प्लेक्स अगाडी दमौलीबाट पोखरा तर्फ आउदै गरेको ग१ख ४२४३ नं.को बसको सहचालक जिल्ला तनहुँ भिमाद बस्ने वर्ष २२ को अमृत नेपाली अचानक सोहि गाडीको ढोकाबाट खस्न गई घाईते भई उपचारको लागि पश्चिमाञ्चल सामुदायिक अस्पताल लगिएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि गण्डकी मेडिकल कलेजमा पठाईएको, अवस्था मध्यम, बस प्रहरीको नियन्त्रणमा र चालक उपचारमा संलग्न रहेको ।
जिल्ला बागलुङ बागलुङ नगरपालिका १३ रोकापालामा मालढुङ्गाबाट बलेवा तर्फ जादै गरेको ध१त ४३० नं.को ट्याक्टरले विपरित दिशाबाट आउदै गरेको ध१प ५९३५ नं.को मो.सा.लाई ठक्कर दिँदा मो.सा.चालक ऐ.१३ बस्ने वर्ष ४२ को वालकृष्ण रेग्मी घाईते भई उपचारको लागि धवलागिरी अस्पताल बागलुङ लगिएको, अवस्था मध्यम, ट्याक्टर, मो.सा.र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको ।
माघ ४, जिल्ला नवलपरासी (पूर्व) देवचुली न.पा.४ बस्ने वर्ष अं.६७ को विर बहादुर दरै आफ्नै गोठ नजिकै रहेको दबदबेको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
माघ २०, जिल्ला कास्की पोखरा म.न.पा.११ रानीपौवा स्थित ग. ३ च २७४२ नं.को भ्यानले पैदल यात्री जिल्ला धनकुटा जोरपाटी गा.पा.५ घर भई हाल जि.कास्की पोखरा म.न.पा.११ रानीपौवा बस्ने वर्ष ३९ कि रमादेवी श्रेष्ठलाई ठक्कर दिँदा घाईते भई मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको । भ्यान चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
माघ ४, जिल्ला बागलुङ बागलुङ न.पा.४ कुडुलेचोक स्थित ध. १ प ७६८८ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ. ७ ढिकीचौर बस्ने वर्ष ५० को याम प्रसाद शर्मालाई ठक्कर दिँदा घाईते भई धौलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
माघ ३, जिल्ला पर्वत मोदी गा.पा.५ अम्बोट स्थित पोखरा-बाग्लुङ सडक खण्डमा ग. ६ प ५५७३ नं.को मो.सा.लाई ग. २ ख १०१३ नं.को बसले ठक्कर दिँदा मो.सा.चालक जि.पर्बत माहाशिला गा.पा.२ भोक्सीङ बस्ने वर्ष ३८ को प्रितम गुरुङ गम्भीर घाईते भई जिल्ला अस्पताल पर्बतमा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
माघ २, जिल्ला पर्बत फलेबास न.पा.११ पाङराङ बस्ने वर्ष ४८ कि सरिता कुँवर ऐ.ऐ.स्थित रहेको बेसरीको जङगलमा चिलाउनेको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
माघ १, जिल्ला बागलुङ काठेखोला गा.पा.५ रगेनी स्थित मध्य पहाडी राजमार्गमा ग. १ क ५२६८ न.को टिप्पर दुर्घटना हुँदा टिप्पर चालक जि.धादिङ थाक्रे गा.पा.७ बस्ने वर्ष २२ को राजिब वाईवा घाईते भई धौलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको । टिप्पर घटनास्थलमा रहेको ।
माघ १, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.९ प्रगतीटोल बस्ने वर्ष ४५ को प्रेम बहादुर घर्ती आफ्नै घरको काठको बलोमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
माघ १, जिल्ला स्याङजा भिरकोट न.पा.२ बयरघारी बजारमा ना. ४ ख ७१५९ न.को ट्रकले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष ६० कि टिकमाया गुरुङलाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पौष ३०, जिल्ला तनहुँ व्यास न.पा.४ मादीखोला पुल स्थित बा. १८ च ७३३२ नं.को स्कारपियोले पैदल यात्री जिल्ला तनहुँ श्रीषीङ गा.पा.३ दुबुङ घर भई हाल ऐ.व्यास न.पा.३ बस्ने वर्ष ५५ कि फुलमाया परियारलाई ठक्कर दिँदा घाईते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पौष २८, जिल्ला तनहुँ म्याग्दे गा.पा.१ दिर्बु घर भई हाल जि.तनहुँ व्यास न.पा.४ हरीओम टोल तहुरन निशाको घरमा डेरा गरी बस्ने वर्ष ४८ को रामजी श्रेष्ठ आफु सुत्ने कोठाको काठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पौष २८, जिल्ला स्याङ्जा भिरकोट न.पा.५ तिलारनेता स्थित भित्री सडक खण्डमा ग. १ त ४५६८ न.को ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर सह-चालक जिल्ला स्याङ्जा वालिङ न.पा.८ बस्ने वर्ष १८ को कृष्ण दर्जी घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । ट्याक्टर चालक घाईतेको उपचारमा संलग्न रहेको । ट्याक्टर घटनास्थलमा नै रहेको ।
पौष २८, जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.८ जय श्रीपुल नजिकै ना. ८ ख ४४८२ नं.को बसको सह-चालक जि.चितवन भरतपुर म.न.पा.२१ बस्ने वर्ष ३५ को कैलाश घर्ती उक्त बसको ढोकाबाट खस्न जाँदा गम्भीर घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पौष २७, जिल्ला स्याङ्जा कालिगण्डकी गा.पा.५ बस्ने वर्ष ६८ को मोहन सिंह थापा ऐ.गल्याङ न.पा.२ लुमाडाँडा स्थित धयरीको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पौष २७, जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.२ भृकुटीचोक स्थित ना. ४ ख १०४१ नं.को बसमा ना. ४६ प ३५५४ नं.को मो.सा.ठक्कर खाँदा मो.सा.चालक जिल्ला बागलुङ जैमिनी न.पा.९ बस्ने वर्ष अं.२१ को सन्तोष पौडेल घाईते भई नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको । दुवै सवारी साधन र बस चालक प्रहरीको नियन्त्रणमा रहेको ।
पौष २६, जिल्ला तनहुँ व्यास न.पा.३ दुर्गा मन्दिर स्थित पृथ्वी राजमार्गमा ग. १ ख ४१३० नं.को बसले पैदल यात्री जिल्ला तनहुँ व्यास न.पा.५ चापाघाट बस्ने वर्ष ५५ को याम बहादुर थापा मगरलाई ठक्कर दिँदा घाइते भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पौष २५, जिल्ला पर्बत फलेबास न.पा.१ लोसे बस्ने वर्ष ४४ को कृष्णराम पौडेल घर नजिकै रहेको खन्युको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पौष २४, जिल्ला बागलुङ गलकोट न.पा.५ भैसेपुल स्थित ध. १ प ८४२ नं.को मो.सा.दुर्घटना हुँदा मो.सा.चालक जिल्ला बागलुङ गलकोट न.पा.५ बस्ने वर्ष २५ को मनोज लोहनी घाईते भई पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
पौष २३, जिल्ला लमजुङ बेशीशहर न.पा.७ ठुलोपधेरा स्थित ऐ.ऐ.बस्ने वर्ष ४९ को केहर सिंह दिक्षित आफ्नै घरको फलामको रडमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पौष २३, जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.५ ब्राइटचोक स्थित पृथ्वीराजमार्गमा ग. १३ प ५०६७ नं.को स्कुटर आँफै अनियन्त्रित भई दुर्घटना हुँदा जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.७ बस्ने वर्ष ३१ को उज्वल शर्मा घाइते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
पुस २१, जिल्ला कास्की पोखरा म.न.पा.२७ अर्घौचोक गच्छ्या मार्ग स्थित ग. १९ प २२३४ नं.को मो.सा.ले पैदल यात्री वर्ष ५ को समीर कुमाललाई ठक्कर दिँदा घाईतेलाई मेट्रोसिटी अस्पताल पोखरा उपचार भईरहेको । मो.सा.चालक घाईतेको उपचारमा संलग्न रहेको । मो.सा.प्रहरीको नियन्त्रणमा ।
पौष २१, जिल्ला तनहुँ व्यास न.पा.१२ बस्ने वर्ष अं.४८ को राजेन्द्र पाण्डे आफ्नो घरदेखि नजिकै रहेको दबदबेको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पुस २१, जिल्ला कास्की पोखरा म.न.पा.३२ गगनगौडा स्थित ग. ५प ५६२१ नं.मो.सा.लाई ग. १३ प ८४०६ नं.को मो.सा.ले ठक्कर दिँदा ५६२१ नं. मो.सा.चालक जिल्ला रुकुम घर भई हाल जिल्ला तनहुँ एक्ले फाँट बस्ने वर्ष १९ को सुर्य पुन र सोहि मो.सा.पछाडि सवार ऐ.ऐ.बस्ने वर्ष २५ को अनिल पुन घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । दुवै मो.सा. र ८४०६ नं.को मो.सा.चालक प्रहरीको नियन्त्रणमा रहेको ।
पौष २०, जिल्ला लमजुङ सुन्दरबजार न.पा.७ पाउदी स्थित ग. १५ प ६७०६ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष ७ कि लक्ष्मी भुजेललाई ठक्कर दिँदा घाईते भई भरतपुर अस्पताल चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पौष २०, जिल्ला बागलुङ ढोरपाटन न.पा.१ खप्तडीवाङ स्थित लु.३१ प ४५५ न.को मो.सा.आफै अनियन्त्रीत भई दुर्घटना हुदाँ मो.सा.चालक जिल्ला बागलुङ निसिखोला गा.पा.७ बस्ने वर्ष ३३ को लिला तामाङ र मो.सा.पछाडि सवार ऐ. ऐ. बस्ने वर्ष ३८ को सागर तामाङ घाईते भई दुबै घाईतेको प्राथामिक स्वास्थ्य केन्द्र बुर्तिवाङ बागलुङमा उपचार भईरहेकोमा चालक लिला तामाङको उपचारको क्रममा मृत्यु भएको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
पौष १९, जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.३ शिवालय मन्दिर स्थित साधु बस्ने धर्मशालाको बरण्डा (पेटी) मा नामथर वतन नखुलेको, तराई (मधेशी) मुलको जस्तो देखिने, वर्ष अं.३० को पुरुष व्यक्ति मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पौष १९, पोखरा गण्डकी प्रदेश सरकारका माननीय आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माज्युबाट सोमबार गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण भ्रमण सम्पन्न भएको छ । निरीक्षण भ्रमणका क्रममा आन्तरिक मामिला मन्त्री विश्वकर्माले गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका विभिन्न शाखा, मातहतका सम्पूर्ण प्रहरी कार्यालयहरुको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधिबारे जानकारी समेत लिनुभयो । सो क्रममा उहाँले प्रदेश प्रहरी र प्रदेश सरकार एउटै सिक्काका दुईवटा पाटा भएको चर्चा गर्दै प्रदेश सरकार र प्रहरीको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाई जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जिवन रक्षाको लागि सबै निकाय गम्भीर हुनुपर्ने बताउनुभयो । आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसा प्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि गम्भीरतापूर्वक लिन समेत उहाँले उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो । प्रहरी राज्य र समाजको अभिन्न अंग रहेको चर्चा गर्दै आन्तरिक मामिला मन्त्री विश्वकर्माले प्रहरीको साथ साथै नागरिकको भूमिकलाई समेत सहजता एवम् सफलताका साथ निर्वाह गर्न प्रहरी कर्मचारीहरुले सक्षमता प्राप्त गर्नेमा विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले आन्तरिक मामिला मन्त्रीज्यूबाट भएको अत्यन्त सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले प्रदेश प्रहरीले प्राप्त गरेको आन्तरिक मामिला मन्त्रालयको वर्तमान नेतृत्वबाट आगामी दिनमा गण्डकी प्रदेश प्रहरी थप व्यावसायिक र उर्जावान हुने विश्वास व्यक्त गर्नुभयो ।
पौष १८, जिल्ला गोरखा बारपाक सुलिकोट गा.पा.७ घर भई हाल गोरखा न.पा.६ रंगशाला गेट नजिक सरला कुँवरको घरमा डेरा गरी बस्ने वर्ष ४२ को बिर बहादुर गुरुङ आफु बस्ने कोठाको पङ्खाको हुकमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पौष १८, जिल्ला लमजुङ बेसिशहर न.पा.२ बोहोराबेशी स्थित ग ५ प २३२ नं.को मो.सा.ले पदैल यात्री ऐ.ऐ.बस्ने वर्ष ७७ कि मन माया बि.क.लाई ठक्कर दिँदा घाईते भई पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पौष १७, जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा.४ मदनपुर बस्ने वर्ष २३ को सिद्धार्थ महत्तो आफ्नै घरको कोठामा रहेको सिलिङ पंखामा गलबन्दीको पासो लगाई झुन्डि मृत अवस्था छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पौष १७, जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.१० भैँसाखोरी स्थित नारायणी नदिको बिच भागको बगरमा हाल नामथर वतन नखुलेको वर्ष अं.३० कि महिला मृत अवस्था छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पौष १७, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.२ फलफुलचोक स्थित गण्डकी प्रदेश ०४-००१ प ६०० नं.को स्कुटरले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष ७ को नविन गुरुङलाई ठक्कर दिँदा घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पौष १६, जिल्ला स्याङ्जा वालिङ न.पा.१३ उदियाचौर बस्ने वर्ष ६० को महोनी लाल पाठक आफ्नै घरको काठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पौष १५, जिल्ला पर्बत जलजला गा.पा.४ लामाखेत स्थित माल्ढुङगा-बेनी सडक खण्डमा ग. १ ख ९६७३ नं.को बसले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष १७ कि दिपिना परीयारलाई ठक्कर दिँदा घाईते भई गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पौष १५, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.११ लौगाई स्थित भित्री सडक खण्डमा लु. २७ प ३१६१ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष अं.८ कि सरस्वती गौतमलाई ठक्कर दिँदा गम्भीर घाईते भई मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पौष १४, जिल्ला कास्की पोखरा म.न.पा.२५ याम्दी स्थित हेम्जाबाट पोखरा तर्फ आउदै गरेको ग ३ च ५२६७ नं.को जिप अनियन्त्रित भई सडक छेउमा रहेको १ तले ब्लकले बनेको टिनले छाएको कच्ची घरमा ठक्कर खाई दुर्घटना हुँदा उक्त घर भित्र बसेका निम्न २ जना ब्यक्तिहरु घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहको । जिप घटनास्थलमा नै रहेको । जिप चालक प्रहरीको नियन्त्रणमा रहेको । निम्न:-१.घर धनी जिल्ला कास्की पोखरा म.न.पा.२५ याम्दी बस्ने वर्ष ७५ को झक बहादुर गुरुङ । २.ऐ.ऐ. बस्ने वर्ष ९५ को झाक्री बहादुर गुरुङ ।
पौष १३, जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.३ मिलनचोक स्थित ना. ८ ख १३३३ न.को ट्रकले पैदल यात्री जिल्ला अर्घाखाँची घर भई हाल जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.३ बस्ने वर्ष अं. ४४ को छबिलाल पाण्डेलाई ठक्कर दिइ घाइते भई पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पौष १२, जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.९ थुम्सि स्थित लु. ५८ प ८२४० नं. को मो.सा. आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मो.सा.चालक जि.न.प.(पूर्व) देवचुली न.पा.१३ बस्ने वर्ष ३५ को पुष्पराज लामिछाने घाईते भई मनकामना अस्पताल भरतपुरमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
पौष १२, जिल्ला गोरखा भिमसेन थापा गा.पा.-५ लामाचौर बस्ने वर्ष १९ कि भावना दानकोटी आफ्नो घरको सिलिङ पङ्खामा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पौष १२, जिल्ला नवलपरासी (पूर्व) विनयीत्रिवेणी गा.पा.३ भुटुके स्थित भित्री सडक खण्डमा लु. २ ख ४७०८ नं.को टिप्पर दुर्घटना हुँदा टिप्पर चालक जिल्ला मकवनपुर मनहरी गा.पा.१ बस्ने वर्ष ३४ को प्रकाश थिङको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको । टिप्पर घटनास्थलमा नै रहेको ।
पौष ११, जिल्ला तनहुँ ब्यास न.पा.३ भोर्लेटार चोक स्थित पृथ्बी राजमार्गमा ग.१८ प ३००७ नं.को मो.सा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मो.सा चालक जि. तनहुँ ब्यास न.पा ४ बस्ने वर्ष १७ को किशान रामदामर र मो.सा. पछाडि सवार जि.तनहुँ ब्यास न.पा.२ बस्ने वर्ष १६ को बिबेक राना घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
पौष १०, जिल्ला गोरखा गो.न.पा.६ सतिपिपल बस्ने वर्ष ३६ कि सारदा थापा आफ्नै घरको बलोमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पौष ८, जिल्ला तनहुँ भिमाद न.पा.६ सिमबोट स्थित पार्किङ गरी राखेको ग. १ त ३७६९ नं.को ट्याक्टरमा बा.१५ प ४०९३ नं.को मो.सा. ठोकिन जाँदा मो.सा.चालक जिल्ला तनहुँ ऋषिङ गा.पा.७ डुकडाँडा घर भई हाल भिमाद.न.पा.६ मालेबगर डेरा गरी बस्ने वर्ष २६ को प्रकाश राना गम्भीर घाइते भई प्राथमिक स्वास्थ्य चौकी भिमाद तनहुँमा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । दुबै सवारी साधन र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको ।
पौष ८, जिल्ला बागलुङ, बागलुङ न.पा.१ रामरेखा स्थित ग. ३ च ४७५ नं.को सिदार्थ सदन बोडिङ स्कुलको भ्यानले पैदल यात्री ऐ.ऐ. बस्ने अजिता पुनको छोरा वर्ष ४ को जेम्स भण्डारीलाई ठक्कर दिँदा घाईते भई धवलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको । भ्यान चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पौष ७, जिल्ला बागलुङ, बागलुङ न.पा.१ मालढुङ्गा स्थित ध. १ प ५६७५ नं.को मो.सा आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जि.पर्वत फलेवास न.पा.३ शंकरपोखरी बस्ने वर्ष २१ को आशिष पौडेल र मो.सा.पछाडि सवार ऐ.ऐ. बस्ने वर्ष १९ को शुशिल सापकोटा घाईते भई धवलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
पौष ७, जिल्ला स्याङ्जा अर्जुनचौपारी गा.पा.२ खाल्टे डाँडाथर बस्ने वर्ष १८ को यम बहादुर नेपाली आफ्नै घरको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पौष ६, जिल्ला कास्की पोखरा म.न.पा.३० पावरहाउस स्थित पृथ्वीराजमार्गमा भैरहवाबाट पोखरातर्फ आउदै गरेको लु. २ ख ५१५६ नं.को बसलाई चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला स्याङ्जा फेदिखोला गा.पा. २ बस्ने वर्ष २९ को प्रदिप थापाको साथबाट लुकाई छिपाई ल्याएको फेनरागन ५१ एम्पुल, डाईजापाम ५१ एम्पुल र नुर्फिन ५१ एम्पुल सहित जम्मा १५३ एम्पुल लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पौष ६, जिल्ला तनहुँ भानु न.पा. ९ रानिपानि स्थित डुम्रे बेशिसहर सडक खण्डमा ग. १९ प १० नं. को मो.सा. र बा.प्र. ०१- ०२५- च ००३१ नं. को स्कारपियो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.चालक जि.तनहुँ भानु न.पा. ११ रुपाकोट बस्ने वर्ष अं.२० को प्रबिन गुरुङ घाईते भई कालिका किल्निक बाईस जागरमा तनहुँमा उपचार भईरहेको । दुबै सवारी साधन र स्कारपियो चालक प्रहरीको नियन्त्रणमा रहेको ।
पौष ६, जिल्ला पर्बत कुश्मा न.पा.१२ ठुलिपोखरी बस्ने वर्ष अं.२५ को अमृत सुबेदी आफ्नै घर नजिक रहेको रुखमा कपडाको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पौष ५, जिल्ला बागलुङ, बागलुङ न.पा.२ ट्राफिक चोक स्थित ध.२ प.१६५ नं.को स्कुटरले पैदल यात्री ऐ.ऐ.१ रामरेखा वस्ने वर्ष ५२ को विष्णु प्रसाद शर्मालाई ठक्कर दिँदा घाईते भई धवलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पौष ५, जिल्ला तनहुँ भानु न.पा.९ बाईसजागर स्थित डुम्रे-बेशीशहर सडक खण्डमा ORO2BM 0012 नं.को ईण्डियन कार र ग. १९ प १११३ नं.को मो.सा. एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.चालक जि.तनहुँ भानु न.पा.९ बाईसजागर बस्ने वर्ष ३८ को ध्रुर्व बहादुर पौडेल र सोही मो.सा.पछाडि सवार ऐ.ऐ. बस्ने वर्ष ३५ को रोहित पाण्डे घाईते भई फेवासिटी अस्पताल पोखरामा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पौष ४, जिल्ला स्याङ्जा आँधीखोला गा.पा. ६ घर भई हाल जि.कास्की पोखरा म.न.पा. १७ जाग्रतीमार्ग स्थित मामा कृष्ण प्रसाद पौडेलको घरमा बस्ने वर्ष १८ को रामचन्द्र ढकाल पङ्खा राख्ने हुकमा सलको पासो लगाई झुन्डि मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पौष ४, नवलपरासी (पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार स्थित पूर्व पश्चिम राजमार्गमा लु.अ.अ. यो ५० नं. को हाईलक्सले पैदलयात्री जि.न.प.पश्चिम प्रतापपुर गा.पा.४ ठुलोखैरवटा बस्ने वर्ष अं.७५ को मुरली प्रसाद केवटलाई ठक्कर दिँदा घाईते भई देवदह मेडिकल कलेज रुपन्देहीमा उपचार भईरहेको । चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पौष ३, जिल्ला तनहुँ व्यास न.पा.१ सिमलटार स्थित पृथ्वीराजमार्गमा ग. १९ प ८५६४ नं.को स्कुटर र ना. ७ ख ६४०७ नं.को बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक जि.तनहुँ व्यास न.पा.२ मालेबगर बस्ने वर्ष ६० को खड्ग बहादुर लामा गम्भीर घाईते भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । स्कुटर, बस र बस चालक प्रहरीको नियन्त्रणमा ।
पौष २, जिल्ला बागलुङ बडिगाड गा.पा.-८ खोलाखर्क बस्ने वर्ष ६५ को प्रेम बहादुर बुढाको घरमा अबैध रुपमा लुकाई छिपाई राखिएको अवस्थामा लागू औषध ( अं.३ के.जी. चरेस र अं.६० के.जी. गाँजा) छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई निज प्रेम बहादुर बुढालाई उक्त लागू औषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पौष १, जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.१ स्थित ना. ३३ प ९४२८ नं.को मो.सा.ले साइकललाई ठक्कर दिँदा साइकल यात्री जि.न.प.(पूर्व) गैडाकोट न.पा.२ बस्ने वर्ष अं.१६ को समिर परियार र ऐ.साइकल पछाडी सवार ऐ.ऐ.बस्ने वर्ष अं.१० को आशिस कुमाल घाईते भई नयाँ मेडीकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २९, जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.७ सेराटार सुनडाँडा बस्ने वर्ष ६० को पेम्बा तामाङ आफ्नै घर नजिकै रहेको खिर्राको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २९, जिल्ला नवलपरासी (पूर्व) विनयीत्रिवेणी गा.पा.२ डाँडाजोर स्थित लु. ४ त ४९७० नं.को ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टरमा सवार ऐ.ऐ. बस्ने वर्ष १२ को बिपिन बि.क. गम्भीर घाईते भई मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । ट्याक्टर चालक जि.नवलपरासी (पूर्व) बिनयीत्रिबेणी गा.पा.२ बस्ने बर्ष १८ को सागर बि.क. पनि घाईते भई एलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको । ट्याक्टर घटनास्थलमा नै रहेको ।
मंसिर २९, जिल्ला तनहुँ ब्यास न.पा.१ अम्रेनी स्थित पृथ्बीराजमार्गमा ना. ७ ख ३४९२ नं.को ट्रक र ग. १४ प १००० नं.को मो.सा.एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला तनहुँ व्यास न.पा.११ शेरा बस्ने वर्ष ३३ को अशोक बि.क. घाइते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । दुबै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको ।
मंसिर २९, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.१६ मध्यविन्दु स्थित पूर्व-पश्चिम राजमार्गमा ना. ७ ख २५२६ नं.को ट्रकले प्र.२-०३-००१ ह २८१ नं.को अटोलाई ठक्कर दिँदा अटोमा सवार निम्न मानिसहरु घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा । फरार ट्रक चालकको खोजतलास भईरहेको ।निम्नः-१.अटो चालक जि.न.प.(पूर्व) कावासोती न.पा.४ हसौरा बस्ने वर्ष ५० को तुल बहादुर सुनार, अवस्था मध्यम ।२.अटोमा सवार जि.न.प.(पूर्व) हुप्सेकोट गा.पा.३ गिरुबारी बस्ने वर्ष ४० को धन बहादुर गुरुङ, अवस्था मध्यम ।३.ऐ.ऐ.बस्ने धन बहादुर गुरुङको श्रीमती वर्ष ३० कि एलिसा गुरुङ, अवस्था गम्भिर । ४.ऐ.ऐ.बस्ने धन ब.गुरुङको छोरी वर्ष ६ की सितल गुरुङ, अवस्था मध्यम ।
मंसिर २८, जिल्ला तनहुँ रिसिङ गा.पा.४ भिरकोट बस्ने वर्ष ४९ को रिखुराम रानाभाट घर नजिकै रहेको काफलको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २८, जिल्ला नवलपरासी (पूर्व) मध्यविन्दु न.पा.१० स्थित भित्रि सडक खण्डमा ना. ३० प ३६६५ नं को मो.सा.आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ.ऐ.१२ तमास्पुर बस्ने वर्ष अं ३५ को प्रमोद कुमाल घाईते भई स्थानीय मेडिकल अरुणखोलामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
मंसिर २८, जिल्ला कास्की पोखरा म.न.पा.२९ आदर्श चोक स्थित प्रतिक्षालयमा नाम थर वतन नखुलेको वर्ष अं.४५ को पुरुष ब्यक्तिको मृत शब फेला परेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २७, जिल्ला तनहुँ म्याग्दे गा.पा.३ तिलारेटार स्थित ऐ.ऐ. बस्ने वर्ष २८ को हरि नेपाली आफ्नै घरको ट्रसमा गलबन्दीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २७, जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.३ चिसापानी स्थित पृथ्वीराजमार्गमा बा. ८० प ८९५४ न. को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला कास्की पोखरा म.न.पा.१३ बस्ने वर्ष अं.४२ को कृष्ण पराजुली घाइते भई आँबुखैरेनी हाडजोर्नी अस्पताल आँबुखैरेनीमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा ।
मंसिर २६, जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.५ बेलचौतारा स्थित ग. १ ख ८११६ न.को मिनीबसले पैदलयात्री जिल्ला लमजुङ राइनस न.पा.८ धमीलीकुवा बस्ने वर्ष २७ को गोबिन्द गन्दर्वलाई ठक्कर दिँदा घाइते भई फेवासिटी अस्पताल पोखरामा उपचार भईरहेको । बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको ।
मंसिर २६, जिल्ला गोरखा, गोरखा न.पा.११ एघारकिलो स्थित ग. १७ प ८५८७ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला धादिङ सुनौलो बजार न.पा.७ बस्ने वर्ष २१ को राजन सुनार र मो.सा.पछाडि सवार जिल्ला धादिङ बस्ने वर्ष १८ को गौतम बिश्वकर्मा घाईते भई चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
मंसिर २५, जिल्ला कास्की पोखरा म.न.पा.३२ मझुवा स्थित बा. ३ ख ८६२१ नं.को हाईसलाई चेकजाँच गर्दा उक्त हाईसमा सवार जिल्ला लमजुङ दुधपोखरी गा.पा. बस्ने वर्ष ३० को बिष्णु गुरुङको साथबाट डाईजेपाम-१८ एम्पुल, फेनरागन-१८ एम्पुल र नुरफिन-१८ एम्पुल गरी जम्मा ५४ एम्पुल लागू औषध फेला परेको । उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २५, जिल्ला स्याङ्जा भिरकोट न.पा.४ गैह्राथोक स्थित HR51DS8797 नं.को भारतीय कारले लु. ७५ प ६५३ नं.को मो.सा.लाई ठक्कर दिँदा मो.सा.चालक जिल्ला पाल्पा पुर्वखोला गा.पा.५ बिर्कोट बस्ने वर्ष २४ को अशोक पल्लि मगर र उक्त मो.सा.पछाडी सवार ऐ. ऐ. बस्ने वर्ष ३० कि जईसरा पल्लि मगर घाईते भई घाईते दुबैको मिसन अस्पताल पाल्पामा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २५, जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.५ झरौटा स्थित ग. ३ प २५८ नं.को मो.सा.लाई ग. ११ प २७९९ नं.को मो.सा.ले ठक्कर दिँदा २७९९ नं.को मो.सा.पछाडि सवार जिल्ला तनहुँ भिमाद न.पा.२ बस्ने वर्ष ३४ को पुर्ण बहादुर आले घाइते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । दुबै मो.सा.र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा र मातहतमा रहेका सम्पूर्ण प्रहरी कार्यालय तथा ईकाईहरुको गतिविधि तथा प्रहरी कार्य र समग्र गण्डकी प्रदेशको सुरक्षाको विषयमा “गण्डकी प्रदेश प्रहरी चौमासिक समिक्षा एवं सुरक्षा गोष्ठी-२०७८” गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनी ज्युको अध्यक्षतामा यही मंसिर २४ गते सम्पन्न भएको छ ।उक्त कार्यक्रममा गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धान प्रगति, जिल्लास्तरमा शान्ति सुरक्षाका लागि चालिएका कदमहरु, देखिएका समस्या र समाधानका लागि गर्नुपर्ने प्रयासहरुका विषयमा समिक्षा तथा अन्तरक्रिया गरीएको छ । कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले पानसमा दिप प्रज्वलन गरी गर्नु भएको थियो । उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख सचिव पन्थले समग्र प्रहरी कार्यलयहरुले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिकाको प्रशंसा गर्नुहुदै सरकारको प्रत्यक्ष उपस्थिती भनेकोनै प्रहरी संगठन भएकोले संयमित भएर कार्य सम्पादन गर्न तथा जनतालाई सुरक्षाको प्रत्याभुति दिलाउन नागरीकमैत्री सेवा प्रवाहमा जोड दिदै भौतिक पुर्वाधार तथा व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै प्रमुख अतिथि ज्युलाई धन्यवाद ज्ञापन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको विषयमा प्रहरी संबेदनशील भएर लाग्नुपर्ने, प्रहरीको प्रमुख दायित्व जनताको पिर मर्कामा साथ र सहयोग भएकोले मन वचन र कर्मले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित प्रहरी कार्यालयका प्रमुखहरुलाई प्रहरी नायव महानिरीक्षक लोहनीले कानून कार्यान्वयन गर्ने सवालमा कतिपनि सम्झौता नगरी महिला, बालबालिका र समाजमा उत्पिडित वर्गलाई विशेष प्राथमिकतामा राख्दै जन धनको सुरक्षाको लागि अहोरात्र खटिई कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । कार्यक्रममा प्रदेश मातहतका सबै जिल्ला प्रहरी कार्यालय तथा प्रदेश स्तरका अन्य प्रहरी ईकाईका प्रहरी प्रमुखहरुले आ-आफ्नो कार्यालयमा भए गरेका प्रहरी गतिविधी, शान्ति सुरक्षाको अवस्था तथा जनशक्ति व्यवस्थापनका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो भने प्रदेश प्रहरी कार्यालयको तर्फबाट गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले गण्डकी प्रदेशको अपराध नियन्त्रण तथा अनुसन्धान, समग्र शान्ति सुरक्षाको अवस्था, चुनौती तथा आगामी कार्ययोजना लगायतको विषयमा संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो । हालसम्म गण्डकी प्रदेशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको विश्लेषण गरी कार्यक्रम समापन भएको थियो ।
मंसिर २४, जिल्ला म्याग्दी रघुगंगा गा.पा.२ साझापानी धुपिचौर बस्ने वर्ष अं.३६ को जुद्द परियार आफ्नै घरको दलिनमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २३, जिल्ला लमजुङ मर्स्याङ्दी गा.पा.९ खुदी स्थित ग. १ ज ६३१७ नं.को बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार ३ जनाको घटनास्थलमा नै मृत्यु भएको तथा निम्न मानिसहरु घाईते भई निम्न अस्पतालमा उपचार भईरहेको । मृतकहरू:१.जिल्ला कपिलबस्तु वाणगंगा गा.पा. ८ घर भई हाल जि.लमजुङ मर्स्याङ्दी गा.पा.९ स्थित रहेको श्री गणेश मा.बि.मा पढाउने शिक्षक वर्ष अं.४० को कमल थापा ।२. जि.लमजुङ मर्स्याङ्दी गा.पा.९ सिमपानी बस्ने ऐ.स्कुलको कक्षा ७ मा पढ्ने अं.१३ कि प्रमिसा गुरुङ । ३. जि. लमजुङ मर्स्याङ्दी गा.पा.९ सिमपानी बस्ने ऐ. स्कुलको कक्षा ६ मा पढने वर्ष १२ को गणेश भण्डारी ।नयाँ मेडिकल केलज चितवनमा उपचारार्थ घाईतेहरु:१.जि.लमजुङ मर्स्याङ्दी गा.पा.९ सिमपानी बस्ने वर्ष १४ की संगीता मिजार, अवस्था मध्यम ।२.ऐ.ऐ. बस्ने वर्ष १२ कि नम्रता रावल, अवस्था मध्यम ।३.ऐ.ऐ.९ बस्ने वर्ष १३ की सुप्रिया बास्तोला, अवस्था मध्यम ।४.ऐ.ऐ.बस्ने वर्ष १४ को बिबेक बि.क, अवस्था गम्भीर ।५.ऐ.ऐ.९ बस्ने वर्ष १३ को शिब घिमिरे, अवस्था मध्यम ।६. जिप चालक ऐ.ऐ.बस्ने वर्ष ४७ को बिरेन्द्र थापा, अवस्था मध्यम ।जिल्ला अस्पताल लमजुङमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका घाईतेहरु:१.जि.लमजुङ मर्स्याङ्दी गा.पा.९ सिमपानी बस्ने वर्ष ४० कि शिक्षिका सबिता थापा ।२.ऐ.ऐ. बस्ने वर्ष ४० कि शिक्षिका शुसिला थापा ।३.ऐ.ऐ. बस्ने वर्ष १२ कि आकृति घले ।४.ऐ.ऐ. बस्ने वर्ष १३ कि रेश्मा मिजार ।५.ऐ.ऐ. बस्ने वर्ष १२ कि पुजा थापा ।६.ऐ.ऐ. बस्ने वर्ष १२ कि प्रकृति घले ।७.ऐ.ऐ. बस्ने वर्ष १३ कि अमिसा घले ।८.ऐ.ऐ .बस्ने वर्ष १३ को सौगात परियार ।
मंसिर २३, जिल्ला कास्की पोखरा म.न.पा.२ बाग्लुङ बसपार्क स्थित ना ४ ख ६९८९ नं.को टिप्परले ग ७ प ४८८० नं. को स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक जिल्ला कास्की पोखरा म.न.पा. ३ नदिपुर बस्ने बर्ष ५७ को हरी प्रसाद शिल्पकार गम्भीर घाईते भई फिस्टेल अस्पतालमा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । टिप्पर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २२, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.१४ सेरगञ्ज स्थित भित्री सडक खण्डमा लु. ५ प ७१५६ नं. को मो.सा.ले ऐ.ऐ.बस्ने गिता ढुङगानाको छोरा बर्ष ६ को सुगम ढुङगानालाई बाटोमा हिड्ने क्रममा ठक्कर दिंदा घाईते भई सेन्ट्रल अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २२, जिल्ला मुस्ताङ थासाङ गा.पा.२ धवाङ स्थित भित्री सडक खण्डमा ग. १ त ४९२६ नं.को ट्याक्टर दुर्घटना हुँदा जिल्ला सोलुखुम्बु लिखुपिके गा.पा.१ घर भई हाल जिल्ला मुस्ताङ घरपझोङ गा.पा.२ मार्फा बस्ने वर्ष २० को सोनम शेर्पा घाईते भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २२, जिल्ला लमजुङ सुन्दरबजार न.पा.९ फ्युचरस्टारचोक स्थित बा. ३७ प ७१४१ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष ६० को छविलाल गुरुङलाई ठक्कर दिँदा घाईते भई बि एण्ड बि अस्पताल ललितपुरमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २२, जिल्ला नवलपरासी (पूर्व) गैंडाकोट न.पा.८ किसानचोक स्थित बा. ४५ प ५३१३ नं.को मो.सा.ले साईकल यात्रीलाई ठक्कर दिँदा साईकल यात्री जिल्ला नवलपरासी (पूर्व) गैँडाकोट न.पा.६ बस्ने वर्ष ५० को श्यामलाल गुरुङ घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २१, जिल्ला तनहुँ बन्दिपुर गा.पा.१ रिमालनी बस्ने वर्ष ७२ को सन्त बहादुर कसाई आफ्नै घरको रेलिङमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २०, जिल्ला लमजुङ राईनास न.पा.४ नेबोटे स्थित ग. ४ प १४८४ नं.को मो.सा.ले पैदलयात्री जिल्ला लमजुङ राईनास न.पा.३ जेठाक बस्ने वर्ष ४८ कि दाउरी अछामिलाई ठक्कर दिँदा घाईते भई नँया मेडिकल कलेज चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १९, जिल्ला बागलुङ बागलुङ न.पा.४ मुस्लिम स्थित ध २ प २६७० नं.को स्कुटरले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष ४० कि अल्म दानुलाई ठक्कर दिंदा घाईते भई धवलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको । स्कुटर चालक प्रहरीको नियन्त्रणमा रहेको ।
मंसिर १९, जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.१ बरादी स्थित लु. ३ प ३८६ नं. को मो.सा.ले ऐ.ऐ.१ सत्रसय बस्ने वर्ष ७२ को लिला बहादुर खनाललाई ठक्कर दिँदा घाईते भई आँबुखैरेनी हाडजोर्नी अस्पताल, आँबुखैरेनी तनहुँमा उपचार भईरहेको । मो.सा.चालक प्रहरीको नियन्त्रणमा रहेको ।
मंसिर १९, जिल्ला गोरखा, गोरखा न.पा. ५ पदलीथोक बस्ने वर्ष अं.२२ को विजय कुवँर घरदेखि नजिकै रहेको कटुसको रुखमा तन्नाको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १८, जिल्ला तनहुँ व्यास न.पा.११ जुगेपानी स्थित ग. १ त ६२८८ नं. को ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक जिल्ला तनहुँ व्यास न.पा.११ जुगेपानी बस्ने वर्ष अं.२० को अमृत नेपालीको घटनास्थलमा नै मृत्यु भएको । ट्याक्टर घटनास्थलमा नै रहेको ।
मंसिर १८, जिल्ला नवलपरासी (पूर्व) बिनयी त्रिबेणी गा.पा १ दुम्किबास बजार स्थित पूर्व पश्चिम राजमार्गमा प्रदेश ३-०२-००४ प ६२३२ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.२ कुमालटर बस्ने वर्ष ७० को प्रसते जिरेललाई ठक्कर दिँदा घाईते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १८, जिल्ला लमजुङ बेशिसहर न.पा.२ भकुण्डे स्थित ना. ३५ प १८०० नं.को मो.सा. ले पैदल यात्री भारत घर भई हाल जिल्ला लमजुङ बेशिसहर न.पा. ८ बस्ने बर्ष अं. ४५ को सिउ नारायण पट्टेललाई ठक्कर दिँदा गम्भीर घाईते भई उपचारको लागि जिल्ला अस्पताल बेशिसहर पठाईएकोमा डा.ले मृत घोषणा रहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १८, जिल्ला कास्की पोखरा म.न.पा.२५ याम्दी स्थित ध. १ प ९९३३ नं. को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने बर्ष २७ कि जेनि गुरुङलाई ठक्कर दिंदा घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १७, जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.३ बीचबजार स्थित आँबुखैरेनी-गोरखा सडकखण्डमा बा. ८० प ७०८६ नं.को मो.सा.ले पैदल यात्री जिल्ला गोरखा, गोरखा न.पा.१३ बस्ने वर्ष अं.१२ कि आर्या थापालाई ठक्कर दिँदा घाईते भई नारायणी सामुदायिक अस्पताल चितवनमा उपचार भईरहेको । मो.सा.चालक प्रहरीको नियन्त्रणमा रहेको ।
मंसिर १७, जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.३ गाउँपालिकाचोक स्थित पृथ्वीराजमार्गमा ग. ३ च ६४९२ नं.को बलेरो जिपले पैदलयात्री ऐ.ऐ.२ बस्ने वर्ष ६५ कि बिमला गुरुङलाई ठक्कर दिँदा घाइते भई आँबुखैरेनी हाडजोर्नी अस्पताल तनहुँमा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १६, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.२ कुमारवर्ती क्याम्पस गेट अगाडी भित्री सडक खण्डमा ना. २ क १६७ नं.को मिनि ट्रकले बा. ७३ प ४१५२ नं.को मो.सा.लाई ठक्कर दिँदा मो.सा.चालक ऐ.ऐ. बस्ने वर्ष २५ को सन्तोष बि.क. घाईते भई एलाईभ अस्पताल चितवनमा उपचार भईरहेको । ट्रक तथा ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको ।
मंसिर १५, जिल्ला बागलुङ बडिगाड गा.पा.२ स्थित मध्यपहाडी लोकमार्गमा ना. ६ ख ५९९४ नं.को ट्रकले पैदल यात्री जिल्ला गुल्मी मुसिकोट न.पा.१ अरेवा बस्ने वर्ष ३४ को धन बहादुर नेपालीलाई ठक्कर दिँदा घाईते भई मिसन अस्पताल पाल्पामा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १५, जिल्ला स्याङ्जा भिरकोट न.पा.८ ओकादी बस्ने वर्ष २९ को भुपेन्द्र गुरुङ आफ्नै घर नजिकै रहेको लाकुरीको रुखमा डोरीको पासो लगाई झुन्डि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १५, जिल्ला नवलपरासी (पूर्व) देवचुलि न.पा.१६ रजहर स्थित बागमती प्रदेश-०१-०२५ च ४३४४ नं.को कारले ऐ.ऐ. बस्ने वर्ष ३५ की मैनाराज भण्डारीलाई ठक्कर दिँदा घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १५, जिल्ला स्याङ्जा आधीखोला गा.पा.६ सेतीदोभान स्थित ग. ६प ८४२९ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला स्याङ्जा पुतली बजार न.पा.५ बस्ने वर्ष ४५ को राम बहादुर परियार घाईते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको ।
मंसिर १४, जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा. १५ गडार खोला स्थित लु.१ स ३९९८ नं. को अटो रिक्सा र प्र.२-०३-००१च ०३२८ नं. को बलेरो पिकअप एक आपसमा ठक्कर खाँदा अटो चालक जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा. १२ तमासपुर बस्ने वर्ष ३१ को अमिर सापकोटा र अटोमा सवार ऐ.ऐ. बस्ने वर्ष १८ को सुजन कुमाल घाईते भई नारायणी सामुदायिक अस्पताल चितवनमा उपचार भईरहेको । बलेरो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १३, जिल्ला तनहुँ म्याग्दे गा.पा.१ तल्लो गुणादी स्थित पृथ्वीराजमार्गमा ग ७ प ७२२७ नं.को मो.सा.लाई बा.९च ९०८७ नं. को कारले ठक्कर दिँदा मो.सा.चालक जि.कास्की लेखनाथ पोखरा म.न.पा.२७ डाँडानाक बस्ने वर्ष २७ को विशाल थापा र मो.सा.पछाडि सवार जि.काठमाण्डौ बौद्ध बस्ने वर्ष २० कि मिरा गुरुङ घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको कमाण्ड तथा स्टाफ तालिमका प्रशिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका प्रशिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी उपरीक्षक अरुण पौडेलले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली सेना सँगको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ । यसका साथै शैक्षिक भ्रमणमा रहेका प्रशिक्षार्थीहरु संग गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले मायाको चिनो आदान प्रदान गर्नुभएको छ ।
मंसिर १२, जिल्ला नवलपरासी (पूर्व) मध्यविन्दु न.पा.१० अरुणखोलाको पुल स्थित ना. ८ ख ४४८३ नं.को ट्रकले साईकल यात्री ऐ.ऐ. बस्ने वर्ष ६० को रत्न बहादुर गाहालाई ठक्कर दिँदा घाईते भई देव अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १२, जिल्ला कास्की पोखरा म.न.पा.२६ तालबेशी बस्ने वर्ष २५ को पौरख ढुङ्गाना आफ्नै घरको फलामको ट्रसमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर ११, जिल्ला कास्की माछापुच्छ्रे गा.पा.२ भुर्जुङखोला स्थित ग. १० प ४६३० नं.को स्कुटरले पैदलयात्री ऐ.ऐ. बस्ने वर्ष ८६ को सर्बजित तामाङलाई ठक्कर दिँदा घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १०, जिल्ला लमजुङ बेसिशहर न.पा.१ चिप्लेटी स्थित ग. ३ च ५३०३ नं.को पिक अप भेन र ग. ९ प३४५७ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला बारा कलैया न.पा.१४ बस्ने वर्ष १८ को उरेश साहनी घाईते भई जिल्ला अस्पताल लमजुङमा उपचार भईरहेको । पिक अप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १०, जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.१ बरादी स्थित पृथ्वी राजमार्गमा ग. १९ प ९७८९ नं.को स्कुटरले पैदल यात्री जिल्ला स्याङ्जा पुतलीबजार न.पा.७ बस्ने वर्ष ४५ कि बत्ती सुनारलाई ठक्कर दिँदा घाइते भई हाडजोर्नी अस्पताल आँबुखैरेनी तनहुँमा उपचार भईरहेको । स्कुटर चालक प्रहरीको नियन्त्रणमा ।
जिल्ला कास्की पोखरा महानगरपालिका ३२ मझुवा स्थितमा खटिएको प्रहरी चेकिङ टोलीले काठ्माण्डौबाट पोखरा तर्फ आउँदै गरेको ग१ख ८८११ नं.को बसलाई रोकी उक्त बसमा सवार जिल्ला कास्की पोखरा म.न.पा.१३ मियाँपाटन बस्ने वर्ष २६ को गोपी नेपालीलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजले बोकेको पछाडी भिर्ने झोलामा लुकाई छिपाई ल्याएको अन्दाजी ३ के.जी. गाँजा फेला पारी उक्त गाँजा सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला लमजुङ राईनस न.पा. ६ स्याउली स्थित धमिलिकुवाबाट तिनपिप्ले तर्फ जाँदै गरेको बा.४२प.३९२० नम्बरको मो.सा.र बिपरित दिशा बाट आउदै गरेको बा.८६प.७१२८ नम्बरको मो.सा. एक आपसमा ठक्कर खाँदा उक्त मो.सा.हरुमा सवार निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागी सहोदर अस्पताल धमिलिकुवा पठाईएको, दुवै मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।निम्न :१. बा.४२प.३९२० नम्बरको मो.सा. चालक जिल्ला लमजुङ राईनस न.पा. वडा नं. ४ सातविसे बस्ने वर्ष १८ को रोसन बि.क., अवस्था मध्यम ।२. बा.८६प.७१२८ नम्बरको मो.सा.चालक जिल्ला गोरखा सिरानचोक गा.पा. २ थालाजुङ बस्ने वर्ष २० को अम्मर श्रिमल, अवस्था सामान्य ।३. ऐ. मो.सा.मा पछाडी सवार ऐ.बस्ने वर्ष ३५ की कोपिला बि.क., अवस्था सामान्य ।
जिल्ला कास्की पोखरा महानगरपालिका-२५ हेम्जा स्थित सापकोटा चोकमा ग १८ प ५३५२ नं.को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. पछाडि सवार जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका ३ धारापानी बस्ने वर्ष १८ को सन्दिप बि.क. घाईते भई उपचारको लागि फिष्टेल अस्पताल पठाएको, अवस्था मध्यम, उपचारमा मो.सा.चालक संलग्न रहेको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २७ अर्घौचोक स्थित ग ६ प ५०३१ नं. को मो.सा.ले ऐ. बस्ने बर्ष ५ को समिप श्रेष्ठलाई स्कुल बस चड्ने क्रममा ठक्कर दिदा घाईते भई फिस्टेल अस्पतालमा उपचार भईरहको, मो.सा. तथा मो.सा. चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला नवलरासी (पूर्व) हुप्सेकोट गाउँपालिका-१ बेलुवा थारुचोक स्थित पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना८ख ५११ नं.को ट्रिप्पर र दक्षिणबाट उत्तर तर्फ जादै गरेको ना११प २२२० नं.को मो.सा.एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न व्यक्तिहरुलाई घाईते भई मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको, दुबै सवारी साधन र ट्रिप्पर चालक प्रहरीको नियन्त्रणमा रहेको ।निम्नः-१.मो.सा.चालक जि.न.प.(पूर्व) हुप्सेकोट गा.पा.४ झ्यालबास बस्ने वर्ष ५७ को उदयराज बि.क., अवस्था मध्यम ।२.मो.सा.पछाडि सवार ऐ.बस्ने निजकी श्रिमती वर्ष ५० की तिल कुमारी बि.क., अवस्था गम्भिर । ३.मो.सा.पछाडि सवार ऐ.बस्ने वर्ष ३८ की अस्मिता बि.क., अवस्था मध्यम ।
जिल्ला लमजुङ राईनास नगरपालिका ३ फलेटे स्थित भित्री कच्ची सडकखण्डमा सातबिसेबाट ढाडखर्क तर्फ जादै गरेको ग१ज ५४६८ नं.को जिप आफै अनियन्त्रित भई सडक छेउमा पल्टन जाँदा ८ जना सवार मध्ये ७ जना घाईते भई उपचारको लागि सहोदर अस्पताल धमिलिकुवा पठाइएको, उक्त स्थानमा प्रहरी टोली खटि गई जिप चालकलाई नियन्त्रणमा, जिप घटनास्थलमा नै रहेको ।निम्न घाईतेहरु१.जिल्ला लमजुङ राईनास न.पा. ३ बस्ने वर्ष ३० की सर्मिला तामाङ, अबस्था मध्यम,२.ऐ.बस्ने वर्ष ५८ की बिष्णुमाया तामाङ, अबस्था मध्यम,३.ऐ. बस्ने वर्ष ५२ को भिम ब. तामाङ, अबस्था मध्यम,४.ऐ. ६ स्याउले बस्ने वर्ष ३७ की बिना तामाङ, अवस्था मध्यम,५. ऐ बस्ने वर्ष ४५ को प्रेम ब. लामा टाउकोमा चोट अबस्था मध्यम,६. ऐ.बस्ने वर्ष ५८ की गममाया तामाङ, अबस्था मध्यम,७. ऐ.बस्ने वर्ष ३६ को कर्ण तामाङ, अवस्था सामान्य ।
जिल्ला कास्की पोखरा महानगरपालिका-५ पर्स्याङ स्थित फिर्के पुल नजिक ग१५प ९ नं.को डुक मो.सा. र ग१त ३०४७ नं.को ट्याक्टर एक आपसमा ठक्कर खाँदा निम्न मानिसहरु घाईते भई उपचारको लागि मणिपाल र मेट्रोसिटि अस्पताल लगेको, घटनास्थलमा प्रहरी टोली खटि गई दुबै सवारी साधन नियन्त्रणमा लिएको।निम्नः-१.ट्याक्टर चालक- जिल्ला कास्की पोखरा म.न.पा.९ न्युरोड बस्ने वर्ष ४६ को प्रितम कुवँर, अवस्था मध्यम, उपचारको लागि मणिपाल अस्पताल पठाईएको ।२.मो.सा.चालक- जिल्ला कास्की माछापुच्छ्रे गा.पा.६ घर भई हाल पोखरा म.न.पा.१० अंमरसिंह चोक बस्ने वर्ष ३३ को कुमार परियार, अवस्था मध्यम, उपचारको लागि मेट्रोसिटि अस्पताल पठाईएको, निजले मा.प.से.समेत गरेको ।
जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका-१ सत्रसय स्थित पृथ्वी राजमार्गमा आबुखैरेनीबाट डुम्रे तर्फ जाँदै गरेको बा ४ ख ४२७ नं.को माइक्रो रोकी बाटो काट्ने क्रममा सह-चालक जिल्ला लमजुङ दोर्जी गाउँपालिका घर भएको अन्दाजी वर्ष २३ को सुके गुरुङलाई सोही दिशाबाट जाँदै गरेको ग १९ प ७२९१ नं.को मो.सा.ले ठक्कर दिँदा घाइते भई आबुखैरेनी स्थित हाडजोर्नि अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी पुरानो मेडीकल कलेज भरतपुर चितवन पठाएको, अवस्था गम्भिर, मो.सा.र मो.सा.चालक प्रहरीको नियन्त्रणमा रहेको ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले नव निर्मित जिल्ला प्रहरी कार्यालय मुस्ताङको कार्यालय भवन, प्रहरी कर्मचारी बस्ने आवासीय भवन, प्रहरी चौकी घाँसा र सिमा प्रहरी चौकी लोमान्थाङको उद्घाटन गर्नु भएको छ ।संघीय सरकारबाट रकम बिनियोजन भई निर्माण सम्पन्न भएका उक्त भवनहरुमा कार्यालय भवन, मेष, ब्यारेक,शौचालय, पुरुष र महिलाको लागि अलग-अलग हिरासत कक्ष र कार्यरत प्रहरी कर्मचारीको लागि बस्ने आवास तथा भान्साघरको निर्माण भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक लोहनीले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो । उद्घाटनका क्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लोहनीले पछिल्लो समय प्रहरीको भौतिक संरचनाहरु आधुनिक बन्दै गईरहेकाले प्रहरीलाई सुविधा प्राप्त मात्र नभई काम गर्ने वातावरण सिर्जना भईरहेको समेत उल्लेख गर्नुभयो ।जिल्ला प्रहरी कार्यालय मुस्ताङ,घाँसा प्रहरी चौकी र सीमा प्रहरी चौकी लोमान्थाङका भौतिक संरचनाको प्रहरी प्रधान कार्यालय,आवास तथा भौतिक परियोजना महाशाखाबाट योजना तर्जुमा भई जिल्ला प्रहरी कार्यालय मुस्ताङले निर्माण ब्यवसायीसंग ठेक्का सम्झौता गरी निर्माण भएको प्रहरी नायब उपरीक्षक ईन्जिनीयर केविनजङ्ग थापाले जानकारी दिनुभयो । मुस्ताङ प्रहरीको भौतिक संरचना निर्माण भएसंगै जिल्ला प्रहरी कार्यालयका साथै प्रहरीको १६ वटा एकाई मध्ये दुई वटा एकाईमा कार्यसम्पादन सहज भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले उल्लेख गर्नुभयो । उहाँले उत्तरी चिनसंग सिमाना जोडिएको लोमान्थाङ सिमा प्रहरी चौकी, प्रहरी चौकी घाँसा लगायतका स्थानमा पहिले भएका ढुङ्गा र माटोले बनेको एक तले परम्परागत भौतिक संरचनाबाट कार्यसम्पादन गर्न कठिन तथा हिमपातको समयमा कार्यरत प्रहरी कर्मचारीहरु लाई समेत बसोबास गर्न असहज परिस्थिती बन्ने गरेकोमा नवनिर्मित भवनहरुले सहजता प्रदान गर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहतमा भएका १६ वटा प्रहरी एकाईहरु मध्ये १४ वटा प्रहरी एकाईहरुले अझै पनि पुराना जिर्ण अवस्थाका भवनहरुबाट नै कार्यसम्पादन गर्दै आईरहेका छन् ।
मंसिर ५, जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.३ भोङ्क्र फाँट स्थित भित्री सडक खण्डमा बाग्मति प्रदेश०३-१ज००८७ नं को जिपलाई लु. ३ त ७२३७ नं.को ट्याक्टरले ठक्कर दिँदा जिपमा सवार जिल्ला नवलपरासी (पूर्व) बुलिङटार गा.पा.१ ढाँटबेशी बस्ने वर्ष २४ कि संगिता डिसुवामगर घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । दुवै सवारी चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर ५, जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा.९ गंगोली खोलामा जिल्ला कपिलबस्तु बाणगंगा न.पा.९ भलवाडी बस्ने बर्ष ५० को कमल बहादुर रायमाझीको शव फेला परेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर ४, जिल्ला तनहुँ घिरिङ गा.पा.१ पुट्टार बस्ने वर्ष ६० को पदम बहादुर कुमाल आफ्नै घरको काठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर ३, जिल्ला कास्की पोखरा म.न.पा.१ जौवारी स्थित ग २० प ६६९० नं. को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक ऐ.ऐ. २५ हेम्जा बस्ने वर्ष १९ कि प्रज्ञा सापकोटा घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा ।
मंसिर २, जिल्ला लमजुङ मध्यनेपाल न.पा.१० स्वाँरा स्थित भित्री सडकखण्डमा ज. १ त ९५४८ नं.को ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टर चालक ऐ.ऐ. ६ बस्ने अं.वर्ष २२ को किसान गुरुङ घाईते भई गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्टर घटनास्थलमा नै रहेको ।
मंसिर १, जिल्ला स्याङ्जा पुतलिबजार न.पा.१० राङखोला स्थित भित्री सडक खण्डमा ऐ.ऐ.बस्ने वर्ष १० को स्पनधन राना मगरलाई ग १३ प २६७० नं.को मो.सा.ले ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १, जिल्ला गोरखा शहिदलखन गा.पा.३ यादिचोक फिनाम्दी स्थित प्रदेश नं.३ -०३-००१ प १५६२ नं. को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मो.सा. चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१ चौकीटोल बस्ने वर्ष ४९ को देव कृष्ण महर्जन घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
मंसिर १, जिल्ला कास्की पोखरा म.न.पा.२५ हेम्जा बास्कोटचोक स्थित पोखरा-बागलुङ सडकखण्डमा ग २ च ४१९९ नं. को जिपले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष ६५ को तारपती अधिकारीलाई ठक्कर दिंदा घाईते भई फिस्टेल अस्पतालमा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १, जिल्ला स्याङ्जा पुतलिबजार न.पा.३ बस्ने वर्ष ६४ को केदार शर्मा ऐ.ऐ. ३ गुडिखोला स्थित गोरेटो बाटोमा हिड्ने क्रममा लडि घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई थप आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १, जिल्ला नवलपरासी (पूर्व) देवचुली न.पा.३ ढोकानचोक स्थित ना २३ प १९८० नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष २७ कि ज्ञानु लम्साललाई ठक्कर दिंदा घाइते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
कार्तिक ३०, जिल्ला कास्की पोखरा म.न.पा.१० अम्मरसिंह चोक स्थित ग. २० प १२२० नं. को स्कुटरले पैदल यात्री जिल्ला कास्की पोखरा म.न.पा.८ सृजनाचोक बस्ने वर्ष ४५ कि मनु बि.क. लाई ठक्कर दिंदा घाईते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । उक्त दुर्घटनामा स्कुटर चालक जिल्ला बाँके नेपालगंज घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.२ बाग्लुङ बसपार्क बस्ने वर्ष १७ को सोयल मिंया समेत घाईते भई पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा ।
कार्तिक २९, जिल्ला स्याङ्जा चापाकोट न.पा. ८ छिपछाप स्थित सडक खण्डमा लु ४६ प ४२०६ नं.को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मो.सा.चालक जिल्ला पाल्पा रामपुर न.पा.५ बेझाड बस्ने वर्ष २२ को सन्तोष खनाल घाईते भई मेडिकल कलेज रामपुर अस्पतालमा उपचार भईरहेको । मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।
कार्तिक २९, जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ४ स्थित ग ११ प २८७९ नं. को स्कुटरले पैदल यात्री जिल्ला स्याङ्जा हरिनाश गा.पा.३ बस्ने वर्ष ५५ को भिम बहादुर गुरुङलाई ठक्कर दिंदा घाईते भई जीपी कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचार भईरहेको । स्कुटर चालक प्रहरीको नियन्त्रणमा रहको ।
कार्तिक २९, जिल्ला कास्की पोखरा म.न.पा.८ न्यूरोड स्थित ग ७ प १९३२ नं.को मो.सा. र ग १ ज ३३०४ नं.को ट्याक्सी एक आपसमा ठक्कर खादाँ मो.सा.मा सवार जिल्ला कास्की पोखरा म.न.पा. -१ बगर बस्ने वर्ष ३५ कि शर्मिला परियार घाईते भई पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । दुवै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
कार्तिक २८, जिल्ला मुस्ताङ थासाङ गाउँपालिका २ बोक्सी खोला तर्फ प्रहरीको २ जनाको टोली गस्ति गर्दै जाने क्रममा मानापाथी हिमालकोको हिउ पग्लेर हिम पहिरो आई रहेको देख्नासाथ नजिक रहेको पाँच घरधुरीका मानिसहरुलाई सुरक्षित स्थानमा पठाईएको, खोलाको अबस्था सामान्य रहेको । उक्त टोली खोला बढ्न सक्ने आशंकाले त्यस स्थानमा नै रहेको । मानबिय क्षेति नभएको । साथै थासाङ २ न्याउरिकोट गाउँसम्म हिउ आएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, मुस्ताङबाट १० जनाको प्रहरी टोली खटि गएको ।भौतिक क्षति:-१. जिल्ला मुस्ताङ थासाङ गाउँपालिका २ न्याउरीकोट बस्ने बर्ष ५० कि रमला तुलाचनको ढुङ्गा माटोले बनेको टिनको छाना भएको २ तले कच्चि घरको छाना उडाएको ।मानविय क्षति:-श्री जन आर्दश अम्मर सिंह मा.बि.मा भागदौड हुँदा भएको घाईतेहरु :-१. जिल्ला ललितपुर गोदावरी न.पा. ११ चापागाउ घर भई हाल सोहि विद्यालयको शिक्षिका बर्ष २८ की अनु देसाद, अबस्था सामान्य ।२. जिल्ला म्याग्दी घर भई हाल सोही बिद्यालयको कक्षा १० मा अध्ययनरत वर्ष १६ की अनुसा खत्री, अवस्था सामान्य ।३. ऐ.अन्नपुर्ण गा.पा ६ घर भइ हाल सोही बिद्यालयको कक्षा ९ मा अध्ययनरत वर्ष १४ को संगम बडुवाल बाँया खुट्टामा भित्री चोट ।४. ऐ.मालिका गा.पा. ५ घर भई हाल सोही विद्यालयको कक्षा ११ मा अध्ययनरत बर्ष १७ की मिलन पुन, दाहिने खुट्टामा चोट अवस्था सामान्य ।५. जिल्ला मुस्ताङ थासाङ गा.पा. २ सौरो घर भई ऐ. विद्यालयको कक्षा ९ मा अध्ययनरत वर्ष १५ की अमृता रोकामगर दाहिने खुट्टामा चोट अवस्था सामान्य ।६ . जिल्ला म्याग्दी अन्नपुर्ण गा.पा. ४ तातोपानी घर भई हाल सोहि विद्यालयको कक्षा ८ मा अध्ययनरत वर्ष १४ की सुजिना के.सी. दाहिने खुट्टामा भित्री चोट अवस्था सामान्य ।७. जिल्ला पर्वत मोदी गा.पा. २ घर भई सोही विद्यालयको शिक्षक वर्ष २३ को बिरेन्द्र लामिछाने बाया खुट्टामा भित्री चोट ।८. जिल्ला मुस्ताङ थासाङ गा.पा. २ कोवाङ घर भई हाल सोही विद्यालयको वाल कक्षामा अध्ययनरत वर्ष ४ की अनुशा बि.क. दाहिने खुट्टामा चोट अवस्था सामन्य९. जिल्ला म्याग्दी बे.न.पा. ४ घर भई हाल सोही विद्यालयमा अध्ययनरत वर्ष १४ की स्नेहा किसान बाया खुट्टामा चोट अवस्था सामान्य ।१०. जिल्ला मुस्ताङ थासाङ गा.पा. २ कोवाङ घर भई हाल सोही विद्यालयको कर्मचारी वर्ष २८ की कोरिसा वि.क. बाया खुट्टामा भित्री चोट अवस्था सामान्य ।११. जिल्ला स्याङ्जा घर भई हाल सोही विद्यालयको शिक्षिका वर्ष २९ की शुसिला थापा मगर दाहिने खुट्टामा चोट अवस्था सामान्य ।माथि उल्लेखित घाईतेहरुको जिल्ला अस्पताल जोमसोममा उपचार भईरहेको ।
कार्तिक २८, जिल्ला लमजुङ वेसिशहर नगरपालिका १ चिप्लेटी स्थितमा उदिपुरबाट बेसिशहरतर्फ आउदै गरेको ग ८ प २५३० नम्बरको मो.सा.ले बिपरित दिशाबाट आउदै गरेको ग१ज५५२४ नम्बरको जिपलाई ठक्कर दिदा मो.सा.चालक जिल्ला लमजुङ सुन्दरबजार नगरपालिका ९ बस्ने बर्ष ४० को रन बहादुर घले घाईते भई जिल्ला अस्पताल लमजुङमा उपचार हुँदै अवस्था मध्यम, जिप, मो.सा.र जिप चालक प्रहरीको नियन्त्रणमा रहेको ।
कार्तिक २७, जिल्ला नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका ६ घर भई हाल मध्यविन्दु १५ रानीटार बस्ने भुपाल सुनारको श्रीमती वर्ष २० की माया सुनारले भान्सा कोठाको काठको बलोमा सलको पासो लागई झुण्डि मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि गई घट्ना स्थल सुरक्षित राखेको थप अनुसन्धान तथा मुचुल्काको लागी SOCO सहितको टोली खटिएको ।
कार्तिक २६, जिल्ला कास्की पोखरा म.न.पा.१ सिम्पानी घर भई हाल ऐ.ऐ.१८ सिम्पानी स्थित दाईको घरमा बस्ने वर्ष ४३ को बम बहादुर तामाङ उक्त दाईको घरको पंखाको हुकमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २५, जिल्ला कास्की पोखरा म.न.पा.२५ हेम्जा याम्दीचोक स्थित प्रदेश २-०३-०१९ प ५७८४ नं.को स्कुटरलाई ग ३ च ६१३८ नं.को स्कारपियोले ठक्कर दिंदा स्कुटर चालक ऐ.ऐ.बस्ने बर्ष ३५ कि स्वास्तिका बि.क. घाईते भई फिस्टेल अस्पतालमा उपचार भईरहेको । दुबै सवारी साधन र स्कारपियो चालक प्रहरीको नियन्त्रणमा रहेको ।
कार्तिक २५, जिल्ला गोरखा अजिरकोट गा.पा.५ चनौटे स्थित बा.२०च. ९३३२ नं. को बोलेरो जिप चेकजाँच गर्ने क्रममा उक्त जिपमा सवार जिल्ला गोरखा धार्चे गा.पा.४ लाप्राक बस्ने बर्ष ४३ कि कोपिला गुरुङको साथबाट अं.१५ के.जी.(१५ पोका) चरेश फेला पारी निज कोपिला गुरुङ लगाएत जिपमा सवार जि.गोरखा गोरखा न.पा.१० छेवेटार बस्ने बर्ष ३७ को लाल बहादुर तामाङ, ऐ.ऐ. बस्ने बर्ष ३३ कि छेमेन तामाङ र ऐ.ऐ.बस्ने बर्ष ३० को प्रबिण श्रेष्ठ (चालक) समेतलाई नियन्त्रणमा लिई थप आबश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २४, जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.११ भेडावारी चोक स्थित ना. ४८ प ४७१४ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष १३ को प्रिक खनाललाई ठक्कर दिँदा घाईते भई एलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २४, जिल्ला म्याग्दी रघुगंगा गा.पा.३ पिप्ले स्थित दउडेको रुखमा ऐ.ऐ. बस्ने बर्ष २४ को सुजन परियारले डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २४, जिल्ला तनहुँ ब्यास न.पा.१ भाँदगाउँ स्थित भित्री सडकखण्डमा प्रदेश -३-०१-०२४ च ४३५७ नम्वरको कार र ग ८ प ५७६३ नम्बरको मो.सा.एक आपसमा ठक्कर खान गई दुर्घटना हुँदा मो.सा.चालक जि.तनहुँ ब्यास न.पा. ४ जलदेबी बस्ने बर्ष ४० को शिब अधिकारी घाईते भई रत्नहरी अस्पताल दमौलीमा उपचार भइरहेको । फरार कार चालकको खोजतलास भईरहेको । कार र मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
कार्तिक २३, जिल्ला नवलपरासी (पूर्व) बिनयी त्रिबेणी गा.पा.३ स्थित रहेको खोरन्डी खोलामा प्र.२-०३-००१ ख ५३२० नं.को निस्दी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.को टिप्पर धुने क्रममा पछाडिको ढाला माथि उठाउदा हाईटेन्सन लाईनको नाङगो तारमा छुन गई टिप्पर चालक जि.रुपन्देही बस्ने वर्ष अं.३८ को देबेन्द्र नेपालीलाई करेन्ट लाग्दा निजको घट्नास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २२, जिल्ला कास्की पोखरा म.न.पा. १४ चाउथे खसीबजार चोकमा भारतिय नं. CG 60 G 8877 को कारले ग १३ प ६१३८ नं.को मो.सा.लाई ठक्कर दिदाँ मो.सा.चालक जिल्ला कास्की रुपा गा.पा. ७ बस्ने वर्ष १८ को कृष्ण गुरुङ र मो.सा.पछाडि सवार ऐ.ऐ.बस्ने वर्ष २१ कि अस्मिता श्रेष्ठ घाईते भई अन्नपुर्ण अस्पतालमा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २२, जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.१३ सिख्रौली स्थित नारायणी नदीमा नामथर वतन नखुलेको अं.बर्ष ६० कि महिलाको शव फेला परेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २१, जिल्ला पर्वत कुश्मा न.पा.४ छमर्के बस्ने बर्ष ५२ को गोपाल परियार आफ्नै घरको बासको दलिनमा तारको पासो लगाई झुन्डि मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २१, जिल्ला गोरखा गोरखा न.पा.१३ पाँच किलो स्थित ना. ३ ख ७६८१ नं.को बस र बा.प्र.०२-०२१ प ४३६५ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जि.गोरखा पालुङटार न.पा.९ बस्ने वर्ष २५ को भोजराज श्रेष्ठ घाईते भई चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २१, जिल्ला कास्की रुपा गा.पा. ५ रामदी स्थित ऐ.ऐ. बस्ने बर्ष ५२ को टक बहादुर गुरुङ आफ्नै घरको फलामको बलोमा डोरीको पासो लागाई झुन्डि मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २०, जिल्ला कास्की पोखरा म.न.पा.१६ बाटुलेचौर स्थित मातृशिशु अस्पताल नजिकै ग १२ प ३८११ नं. को स्कुटरले पैदलयात्री जिल्ला पाल्पा रामपुर घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १६ बाटुलेचौर बस्ने बर्ष ३३ कि बिमला राईलाई ठक्कर दिंदा घाईते भई मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २०, जिल्ला तनहुँ व्यास न.पा.४ शहिदगेट स्थित पृथ्वीराजमार्गमा ग. १३ प ८६६० नं.को मो.सा.ले पैदल यात्री जिल्ला गोरखा घर भई हाल जिल्ला तनहुँ व्यास न.पा.४ बस्ने वर्ष २५ को बिनोद नेपालीलाई ठक्कर दिंदा घाइते भई जिल्ला अस्पताल दमौलीमा उपचार भईरहेको । फरार मो.सा.चालकको खोजतलास भईरहेको ।
कार्तिक २०, जिल्ला कास्की पोखरा म.न.पा.१० उत्तम चोक स्थित ग २ च १२०० नं.को कारले साईकल यात्री जिल्ला सिन्धुली बेलघारी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१३ मियाँपाटन बस्ने वर्ष ४० को भरत सेवारलाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको ।
कार्तिक १९, जिल्ला बागलुङ बडीगाड गा.पा. ७ खारा बजार स्थित ग. १३ प ६६९६ नं. को मो.सा.ले पैदल यात्री जि.बागलुङ बडिगाड गा.पा. ३ बस्ने बर्ष २२ कि शुसिला थापालाई ठक्कर दिँदा घाईते भई स्थानीय सिशाखानी मेडिकलमा उपचार भईरहेको । मो.सा.चालक उपचारमा संलग्न रहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
कार्तिक १९, जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा.३ ईटौरा बस्ने बर्ष ३३ को दिल बहादुर महतोको घरमा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध नाईट्रोभेट १५६ पिस र अवैध गाँजा अं.१ के.जी.फेला पारी निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
कार्तिक १९, जिल्ला म्याग्दी अन्नपुर्ण गा.पा.६ दुर्बिनडाँडा स्थित ध. २ प २६१६ नं.को मो.सा.ले ऐ.ऐ..६ हरियोखर्क बस्ने वर्ष अं. ७३ कि मोती बरुवाल लाई ठक्कर दिँदा घाईते भई जिल्ला अस्पताल बेनी म्याग्दीमा उपचार भईरहेको । मो.सा.चालक प्रहरीको नियन्त्रणमा रहेको ।
कार्तिक १८, जिल्ला गोरखा पालुङटार न.पा.२ रातडाँडा बस्ने वर्ष ५२ को बाबुकाजी बानियाँ आफ्नै घरको काठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको ।
कार्तिक १८, जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.-२ एक्लेखेत बस्ने वर्ष ७६ को डिल बहादुर पुन घर नजिकै रहेको एक्लेफाँट भिरबाट अं.७० फिट तल खस्न जाँदा निजको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको ।
कार्तिक १७, यमपञ्चको दोस्रो दिन अर्थात कुकुर पुजाको अवसरमा नेपाल प्रहरीको अनुसन्धान प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने साथै अपराध अनुसन्धानको सारथीका रुपमा रहेका तालिम प्राप्त कुकुरहरुको आज विधिवत पुजा गरिएको छ ।गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनी समेतको उपस्थिति रहेको पुजा कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको केनाइन शाखामा रहेका कुकुरहरुको पुजा गरी मिठा मिठा परिकारहरु समेत खुवाइएको छ ।कुकुर एक कुशल आज्ञापालक एवं रक्षक साथै विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने र अध्ययन–अनुसन्धान गर्ने कार्यमा समेत अहम भूमिका निर्वाह गर्ने जनावर हो । साथै उक्त कुकुर शाखाका ईन्चार्ज प्रहरी नायव निरीक्षक विक्रम कुमार थापाले कुकुरहरुलाई पुजा गरी माला पहिराई मिठा खाने कुराहरु प्रदान गर्नुभएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन शाखामा हाल ०७ वटा विभिन्न विधामा तालिम प्राप्त कुकुरहरु सेवारत रहेका छन् ।
कार्तिक १६, नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा.२ नन्दपुर स्थित नारायणी नदीमा तैरीरहेको अवस्थामा हाल नाम थर वतन नखुलेको वर्ष अं. ३० को पुरुष व्यक्तिको शव फेला परेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
कार्तिक १५, जिल्ला नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने स्थित पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको UP76SL 2510 नं.को कारमा सवार ५ जना मध्ये भारत उत्तर प्रदेश बस्ने वर्ष २७ को शान्ती श्री पिसाब फेर्न भनि सडकको ढिक साईडमा जाने क्रममा भिरबाट अन्दाजी १०० मिटर तल खस्दा घाईते भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको, उक्त स्थानमा प्रहरी टोली खटी गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।
कार्तिक १४, जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-१८ घर भई हाल कास्कीको पोखरा महानगरपालिका-३० ढुङगेपाटन स्थित त्रिभुवन शान्ती मा.वि.को निर्माणधीन भवनमा काम गर्ने वर्ष ७० को शोगारथ मन्डल ऐ.स्थित आँफू बस्न बनाएको कोठा भन्दा अन्दाजी १५ मि. उत्तर तर्फ रहेको ट्वाईलेटमा मृत अवस्थमा रहेको भन्ने खबर प्राप्त हुन साथ उक्त स्थानमा प्रहरी टोली खटिगई घटनाका विषयमा थप अनुसन्धान भइरहेको ।
कार्तिक ११, जिल्ला म्याग्दी मालिका गाउँपालिका ३ रुम सेलुङ बस्ने वर्ष अन्दाजी ५२ को तम बहादुर पौडेल आफ्नै घरको दलिनमा डोरीको पासो लगाई मृत अवस्थामा छ भन्ने स्थानिय बासीले खबर गर्नासाथ तत्काल प्रहरी टोली खटिगई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
कार्तिक १०, जिल्ला कास्की पोखरा महानगरपालिका ३० पावरहाउस स्थितमा खटिएको प्रहरीको चेकिङ टोलीले नारायणगढबाट पोखरा तर्फ आउँदै गरेको ग २ ख ७० नं. को हाईसलाई रोकी उक्त हाईसमा सवार निम्न व्यक्तिहरुलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको झोलामा लुकाई छिपाई ल्याएको निम्न परिमाणमा लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको, हाईसलाई गन्तब्य तर्फ पठाएको । निम्नः-१. जिल्ला कास्की पोखरा महानगरपालिका ३ नदिपुर बस्ने वर्ष २५ को साहिल पौडेलले बोकेको झोला भित्रबाट डाईजापाम- ७३ एम्पुल,नुर्फिन-७३ एम्पुल र फेनरागन ७३ एम्पुल गरि जम्मा-२१९ एम्पुल ।२. ऐ. २ अर्चलबोट बस्ने वर्ष २७ को नबिन पुनले बोकेको झोलाबाट डाईजापाम-२५ एम्पुल,नुर्फिन-२५ एम्पुल र फेनरागन-२५ एम्पुल गरि जम्मा ७५ एम्पुल ।
जिल्ला प्रहरी कार्यालय कास्की र तनहुँको प्रहरी टोलीले यही कार्तिक ८, ९ र १० गते गरी जम्मा १० जना फरार प्रतिबादीहरु पक्रउ गरेको छ । बिभिन्न कसुरमा मुद्दा दर्ता भई अनुसन्धान पश्चात अदालतबाट कैद सजाय तोकिएका उनीहरुलाई विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका १० जना मध्ये जिल्ला प्रहरी कार्यालय तनहुँले ३ जना पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय कास्कीले ७ जना पक्राउ गरेको छ । पक्राउ परेका सबै जनालाई कारबाहीको लागि अगाडी बढाईएको छ ।
कार्तिक ०९, जिल्ला कास्की पोखरा महानगरपालिका-११ काँहुडाडा लामिछाने थर स्थितमा निर्माणधिन घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा खाल्डोको भित्ता भत्किदा जिल्ला सिन्धुली ठुला गाँउ घर भई हाल पोखरा-११ फुलबारी डेरा गरी बस्ने वर्ष ४१ की आईती माया थोकर पुरिई घाईते भई उपचारको लागी मणिपाल शिक्षण अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको, उक्त स्थानमा प्रहरी टोली खटी गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।
कार्तिक ०९, जिल्ला कास्की पोखरा महानगरपालिका-३१ बेगनास बसपार्क स्थित पानीको ईनारमा जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका-३ भदौरे देउराली बस्ने वर्ष अन्दाजी २२।२३ को राजु लामिछाने मृत अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुन साथ उक्त स्थानमा प्रहरी टोली खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।
कार्तिक ०७,पोखरानेपाल प्रहरी र अन्तराष्ट्रिय संस्था UNOPS को MIPT(modernization and improvement of policing project) अन्तर्गत IDC को सहयोगमा प्रहरी अधिकृतहरुलाई Strengthening Research And Capacity of Nepal Police विषयक ४ दिने project cycle management and Research framework तालिम गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले उद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यक्रममा भुतपूर्व प्रहरी नायव महानिरीक्षक कुमार कोईराला र भुतपूर्व प्रहरी वरिष्ठ उपरीक्षक इन्द्र न्यौपानेको उपस्थिति रहेको थियो । भुतपूर्व प्रहरी अधिकृत तथा विषयविज्ञहरुबाट प्रशिक्षण दिईने उक्त कार्यक्रममा गण्डकी प्रदेश मातहतका कार्यालयमा कार्यरत १५ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको छ ।
कार्तिक ०४, जिल्ला स्याङ्जा भिरकोट नगरपालिका ५ कटहरे डाडा तुलसी अर्यालको खाली घरमा बिगत ३।४ महिना देखि बसोबास गर्दै आईरहेको ऐ. वस्ने वर्ष अन्दाजी ३५ को श्याम बहादुर.जि.टी. आफू सुत्ने कोठाको बलोमा कपडाको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खवर स्थानियद्वारा प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
कार्तिक ०३, जिल्ला तनहुँ देबघाट गाउँपालिका ५ क्युदी स्थित ऐ. बस्ने बर्ष ४३ की मैनाकला क्षेत्रीले आफ्नै बाख्राको खोरको काठको बलोमा नाइलनको डोरीको पासो लगाई झुण्डि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक कार्य भईरहेको ।
कार्तिक ०२, जिल्ला नवलपरासी (पूर्व) बिनयी त्रिबेणी गाउँपालिका २ दाउन्ने स्थितमा प्रहरीकोचेकिङ टोलीले पश्चिमबाट पूर्वत तर्फ आउदै गरेको बा.प्र.-०३-००२ प ३६२६ नं.को स्कुटर पछाडि सवार जिल्ला चितवन भरतपुर महानगरपालिका ११ बसेनी बस्ने वर्ष २६ को बिकास भट्टको साथबाट डाईजेपम ४९,नुफिन ४९,फेनेरागन ४९ गरी जम्मा १४७ एम्पुल लागूऔषध फेला पारी स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा १५ मंगलपुर बस्ने वर्ष ३८ को बिकास बानियाँ समेत दुबैजनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको।
कार्तिक ०२, जिल्ला गोरखा गण्डकी गाउँपालिका ८ स्थित फुजेलबाट बेनीघाट तर्फ आउदै गरेको ना४च ७७३८ नं.को बलेरो जिप ब्रेक फेल भई आफै अनियन्त्रित भई सडकमा पल्टन जाँदा उक्त जिपमा सवार निम्न मानिसहरु घाईते भई उपचारको लागि राजमार्ग सामुदायिक अस्पताल धादिङ मलेखु लगेको, चालक जिल्ला गोरखा गण्डकी गा.पा.४ फुजेल बस्ने वर्ष ४० को धन बहादुर थापा प्रहरी सम्पर्कमा अवस्था सामान्य, सवारी साधन घटना स्थलमा नै रहेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।निम्न:-१.जिल्ला गोरखा गण्डकी गा.पा. ५ दर्बुङ् बस्ने वर्ष २१ कि प्रतिमा पोख्रेल, अबस्था मध्यम बिर अस्पताल काठमाण्डौ रिफर ।२.ऐ.४ फुजेल बस्ने वर्ष २० को सुनिल थापा, अबस्था सामान्य बिर अस्पताल काठमाण्डौ रिफर ।३.ऐ.५ दर्बुङ् माईतीघर भई चितवन बस्ने वर्ष ४४ की सुस्मा श्रेष्ठ,अवस्था मध्यम बिर अस्पताल काठमाण्डौ रिफर ।४.ऐ.ऐ. ४ फुजेल बस्ने बर्ष १८ को विवेक सिंखडा, अवस्था सामान्य उपचार पश्चात डिस्चार्ज भएको ।५.जिल्ला धादिङ ज्वालामुखि गा.पा.१ बस्ने वर्ष २२ की सुस्मिता कोईराला, अवस्था सामान्य उपचार पश्चात डिस्चार्ज भएको ।६.जिल्ला गोरखा गण्डकी गा.पा.४ फुजेल बस्ने वर्ष ९ की जेनिसा श्रेष्ठ, अवस्था सामान्य उपचार पश्चात डिस्चार्ज भएको ।
कार्तिक ०१, जिल्ला कास्की पोखरा महानगरपालिका १८ आदर्श बस्ती स्थित ऐ.बस्ने बर्ष २८ को किरण पुन घरको आफु सुत्ने कोठामा भित्रबाट चुकुल लगाई फलामको बलोमा पहेलो सलको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई अनुसन्धान कार्य भईरहेको ।
कार्तिक ०१, जिल्ला बागलुङ बागलुङ नगरपालिका १३ मुसुराबारी वस्ने वर्ष अन्दाजी ४९ को काले दमाई आफ्नै घरको दलिनमा नाम्लोको पातोको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
असोज ३०, जिल्ला कास्की पोखरा महानगरपालिका १३ बाझापाटन स्थितमा संकास्पद रुपमा हिडिरहेका निम्न मानिसहरुलाई व.प्र.का.रामबजारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निम्न मात्रामा लागूऔषध सहित नियन्त्रणमा लिईथप अनुसन्धान कार्य भईरहेको, निम्न:-१. जिल्ला कास्की पोखरा म.न.पा.१३ बाझापाटन बस्ने वर्ष ३७ को अर्जुन गुरुङ, निजको साथबाट डाईजापाम १४ एमपुल, फेनारागन १४ एमपुल, नुरफिन १४ एमपुल (जम्मा ४२ एमपुल) ,र नगद रु. १०,१०० ।- बरामद भएको,२. ऐ.बस्ने वर्ष ३५ को विनोद बि.क.निजको साथबाट नगद रु.१६,४००।- बरामद भएको ।
असोज २५, जिल्ला कास्की अन्नपूर्ण गाउँपालिका- १० हुदु स्थित नयाँपुलबाट घान्द्रुक तर्फ जाँदै गरेको ग १ ज ६९०० नं.को बोलेरो जीप आफै अनियन्त्रित भई पोखरा घान्द्रुक कच्ची सडक खण्डको कलडाँडा भिरको घुम्ती सडकबाट अन्दाजी २०० मिटर तल सडकमा खस्न गई दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको, मृत्यु हुनेमा जिप चालक जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका-५ नयाँपुल बस्ने वर्ष ४२ को खुसीमान क्षेत्री, जिल्ला काठमाण्डौ काठमाण् महानगरपालिका-३ गंगबु घर भई पोखरा घुम्न आएको वर्ष १८ को जिनलव घिसिङ, ऐ.बस्ने वर्ष २४ की सुजा चौधरी, वर्ष २० की लिजा चौधरी, वर्ष २० को सुमन चौधरी वर्ष २२ को अछुतम काफ्ले, वर्ष १८ को आशिष आले र जिल्ला गोरखा घर भई हाल जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका-३ गंगबु बस्ने वर्ष २७ को विनय क्षेत्री रहेका छन् । १ जना घाईते भएको, उक्त स्थानमा प्रहरी टोली खटिगई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।
असोज २३ गते, जिल्ला स्याङजा पुतलीबजार नगरपालिका-३ कमरेमाटा बस्ने वर्ष ५६ को टिकाराम नेपाली ऐ.केयोडाडा गाँउमा विबाहको भोजमा गई घर फर्की नआएकोमा खोजतलास गर्दै जाने क्रममा आज मिति २०७८।०६।२४ गते ०८:०० बजेको समयमा जिल्ला स्याङजा पुतलीबजार नगरपालिका-३ काफलडाँडा गोरेटो बाटो देखि अन्दाजी १०० मिटर तल मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली खटी घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।
नेपाल प्रहरीको "६६ औं प्रहरी दिवस" का अवसरमा देश र जनताको सेवामा समर्पित रहि विरताका साथ कर्तव्य पालनको शिलसिलामा प्राण उत्सर्ग गर्ने अमर प्रहरीका गौरवगाथाको उच्च कदर गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यतामा अमर प्रहरी प्रति श्रद्धाञ्जली तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले संयुक्त रुपमा अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गरी अमर प्रहरी प्रति श्रद्धासुमन प्रकट गर्नुभएको छ । साथै कार्यक्रमका विशेष अतिथि, अमर प्रहरी परिवार लगायत कार्यक्रममा सहभागी विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तिहरुले समेत अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरी श्रद्धासुमन व्यक्त गर्नुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले नेपाल प्रहरी भौतिक स्रोत साधन तथा जनशक्तिको अभावका बाबजुत पनि देश र जनताको सेवा एवं हितको खातिर अनवरत रुपमा तल्लिन रही कार्यसम्पादन गर्दै आईरहेको प्रति उच्च सम्मान गर्दै आगामी दिनमा समेत जनतालाई नै केन्द्रबिन्दुमा राखी कार्यसम्पादन गर्नुपर्ने बताउँदै गण्डकी प्रदेश प्रहरीको समुन्नत विकासका लागि प्रदेश सरकार तत्पर रहेको कुरा बताउँनुभयो ।कार्यक्रममा धन्यवाद मन्तव्य राख्नुहुँदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले विविध आरोह-अवरोहका बीच नेपाल प्रहरीको शीर सदैव उच्च र अटल बनाई राख्न आफ्नो कर्तव्य पथमा सदा कर्मशिल रही संगठनका खातिर देश र जनताको पक्षमा आफ्नो अमुल्य जीवन उत्सर्ग गर्ने वीर अमर प्रहरीहरु प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्नुभयो ।प्रहरी दिवसलाई समस्त प्रहरी कर्मचारीहरुले आ-आफ्नो कार्य प्रेरणा दिवसको रुपमा आत्मसाथ गर्दै बिगत वर्षहरुमा भएगरेका कार्यहरुको मुल्याङकन एवं आत्मसमिक्षा गरी आगामी दिनहरुमा आफ्नो जिम्मेवारी अझै प्रभावकारी, विश्वासिलो एवं नागरिकमैत्री र सशक्त ढंगबाट निर्वाह गर्नुपर्ने कुरामा जोड दिनुभयो ।कार्यक्रमका प्रमुख अतिथिज्यूबाट अमर प्रहरीका आश्रीत परिवारलाई कदरपत्र तथा नगद रकम साथै प्रहरी कार्यमा सहयोग पुर्याउने विभिन्न संघ संस्था, व्यक्तित्व, उत्कृष्ट जिल्ला प्रहरी कार्यालय तर्फ जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, ट्राफिक व्यवस्थापन, विपद उद्दार लगायत विविध प्रहरी गतिविधिमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत नगद पुरस्कार तथा कदर पत्र प्रदान गरिएको थियो ।सोही अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यूको शुभकामना सन्देश वाचन गर्नुभएको थियो ।कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डा. दामोदर रेग्मी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप-कुलपति डा. डुक बहादुर क्षेत्री, गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता रोहितराज बास्तोला, प्रदेश स्तरिय सुरक्षा निकायका प्रमुखहरु, अमर प्रहरी परिवारहरु, पूर्व प्रहरी संगठनका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी, पत्रकार लगायत विभिन्न कार्यालयका प्रहरी कर्मचारीहरुको सहभागीता रहेको थियो ।
असोज १०, जिल्ला तनहुँ बन्दिपुर गा.पा.४ ठुलोढुङगा स्थित पृथ्बि राजमार्गमा ग.२० प ९४६९ नं. स्कुटी र बाग्मती प्रदेश ०३- ००१ च १२१२ नं.बलेरो एक आपसमा ठक्कर खाँदा स्कुटी चालक जिल्ला तनहुँ ब्यास न.पा.५ कलेस्ती बस्ने बर्ष १८ को अनिल बि.क.घाईते भई BNB अस्पताल ललितपुरमा उपचार भईरहेको । दुबै सवारी साधन र बलेरो चालक प्रहरीको नियन्त्रणमा रहेको ।
असोज ०६, गते परेको अविरल वर्षाको कारण जिल्ला बागलुङ ढोरपाटन नगरपालिका-२ टारीखेत स्थित रहेको टारीखेत खोल्सामा आएको बाढीले ऐ. स्थान बस्ने वर्ष ४५ को टम बहादुर महतको ढुङ्गामाटोले बनेको टिनको छानो भएको १ तले कच्चि घर भत्किएको परीवारका ५ बिस्थापित, मानविय तथा चौपाय क्षती नभएको, अन्दाजी १५ लाख बराबरको धनमाल क्षति भएको, घटनास्थलमा प्रहरी टोली खटि गई उद्दार भईरहेको ।
असोज ९, जिल्ला म्याग्दी बेनी नगरपालिका ५ पुलाचौर स्थितमा पुलाचौरबाट बेनी तर्फ आउदै गरेको ग१ज ६६६२ नं.को बोलेरो जिपले पैदल यात्री ऐ.बस्ने वर्ष ७६ की गौमती बि.क.लाई ठक्कर दिई घाईते भई उपचारको लागि बेनी अस्पतालमा पठाईएको, अवस्था सिरियस, चालक ऐ.बस्ने वर्ष ३३ को सन्तोष दर्जी प्रहरीको नियन्त्रणमा रहेको ।
असोज १०,जिल्ला स्याङ्जा वालिङ न.पा.१० आमबोट स्थित सिद्वार्थ राजमार्गमा ग. १२ प २५२० नं.को स्कुटर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा स्कुटर चालक जि.स्याङ्जा गल्याङ न.पा.८ करादी बस्ने वर्ष ५२ कि मन कुमारी थापा घाईते भई चरक अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
असोज १५, जिल्ला तनहुँ बन्दिपुर गा.पा.१ छाप बस्ने बर्ष अं. ४४ को बसन्त बहादुर थापा मगरले आफ्नो घरको काठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको ।
असोज १५, जिल्ला नवलपरासी (पूर्व) देवचुली न.पा.१७ झहरीखोला स्थित पूर्व-पश्चिम राजमार्गमा बा. ४ ख २२६५ नं. को हाईस र गण्डकी प्र.०४-००१ प २७१२ नं. को मो.सा. एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला चितवन भ.म.न.पा.२७ बस्ने वर्ष २४ को निरन्जन न्यौपाने घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । हाईस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको ।
असोज १४, जिल्ला नवलपरासी (पूर्व) मध्यविन्दु न.पा.१ सेतापानी बस्ने वर्ष अं.३२ को सन्दिप थापा मगर आफ्नै घरको वाइरिङ तार छुटाउने क्रममा करेन्ट लागि गम्भीर घाइते भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा नवलपरासी (पूर्व) लगिएकोमा डा.ले मृत घोषण गरेको । सो सम्बन्धमा आबश्यक अनुसन्धान भईरहेको ।
असोज १३, जिल्ला लमजुङ बेशीशहर न.पा.७ स्थित ग. ७ प ४५६८ नं.को मो.सा.लाई ग. २१ प ४५३ मो.सा.ले ठक्कर दिँदा ४५६८ नं.को मो.सा.चालक जिल्ला लमजुङ बेशीशहर न.पा.७ बस्ने वर्ष ४८ को बुद्धि बहादुर तामाङ घाईते भई जिल्ला अस्पताल लमजुङमा उपचार भईरहेको । ग. २१ प ४५३ नं.को मो.सा. चालक फरार रहेकोले निजको खोजतलास कार्य भईरहेको । दुबै मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
असोज ११, जिल्ला बागलुङ गल्कोट न.पा. ९ बाँसखोला स्थित मध्य पहाडी लोकमार्गमा लु. ४२ प ४८०४ नं.को मो.सा. र ग.२०प ३०५१ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा ४८०४ नं.मो.सा.चालक ऐ.ऐ. बस्ने वर्ष २० को गणेश सापकोटा घाईते भई ईमर्जिन्सि पोलिक्लिनिक हटियामा उपचार भई रहेको । ३०५१ नं.को मो.सा.चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । दुबै मो.सा.प्रहरीको नियन्त्रणमा रहेको