प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा : कास्की

२०८१-१२-०७

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा-१७ वरकोबोट स्थित बुटवलबाट पोखरा तर्फ आउदै गरेको ग १ ज ८८०९ नं. EV भ्यानमा सवार यात्रुले लागुऔषध ल्याउदै गरेको भनि गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय पोखराबाट  खटिएको प्रहरी टोली र जिप्रका कास्की बाट खटिएको प्रहरीले उक्त भ्यानलाई रोकी चेक जाँच गर्ने क्रममा भ्यानमा सवार जिल्ला म्याग्दी घर भई हाल पोखरा ११ रानीपौवा बस्ने वर्ष २६ की एलिना पुनले बोकेको कालो ब्यागमा बुर्फिन १४४ एम्पुल, फेनरागन १४२ एम्पुल, डाईजापाम १४३ एम्पुल गरि जम्मा ४२९ एम्पुल लागुऔषध सहित निज संग साथमा रहेका जिल्ला कास्की माछापुच्छ्रे गा.पा.३ घाचोक बस्ने वर्ष ४१ को सन्तोष गुरुङ र जिल्ला कास्की अन्नपूर्ण गा.पा. घर भई हाल पोखरा २ मिरुवा बस्ने वर्ष ३१ को सुजन गुरुङ लाई समेत नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि जि.प्र.का. कास्की पठाएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।