प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : कास्की

२०८२-०४-२०

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा बाहाकोट घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१७ बिरौटा घारीकुलो डेरा कोठा गरी बस्ने वर्ष ३२ की रिना थापा मगरको डेरा कोठामा लागुऔषध कारोबार भईरहेको छ भन्ने सूचना प्राप्त हुनासाथ लागुऔषध नियन्त्रण ब्यूरो पोखराबाट र जिल्ला प्रहरी कार्यालय कास्कीबाट संयुक्त प्रहरी टोली खटि गई रितपुर्वक खानतलासी गर्दा सोही कोठामा रहेको लोबेड मुनि रातो फाइबर झोलामा लुकाई छिपाई राखेको लागुऔषध डाईजापाम-१६६ एम्पुल, फेनारागन-१६९ एम्पुल, बुर्फिन नुर्फिन-१६६ एम्पुल गरी जम्मा ५०१ एम्पुल लागऔषध बरामद गरिएको र सोही कोठामा रहेको निजको साथी जिल्ला स्याङ्जा फेदीखोला गा.पा.४ घर भई हाल पोखरा-१७ बिरौटा बस्ने वर्ष ३४ बिश्वास गुरुङ र जिप्रका पर्वत घर भई हाल पोखरा-१७ बरौटा बस्ने वर्ष ३९ की मिना थापा मगर सहित ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।