प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : म्याग्दी

२०८१-०२-२२

  • A
  • A-
  • A+
Share

जिल्ला म्याग्दी बेनि न.पा.३ बुद्ध बोर्डिङ स्कुल स्थितमा बेनीबाट भकिम्ली तर्फ जादै गरेको ग११प ५७४१ नं. को मोटरसाइकल चालकले नियन्त्रण गुमाई सडकमा पल्टिन जादा मोटरसाइकल चालक जिल्ला म्याग्दी बेनि न.पा.३ भकिम्ली बस्ने वर्ष ३२ को विश्वास घर्ती मगर घाईते भई उपचारको लागि बेनी अस्पताल म्याग्दी लगेकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि २२ गते ००:३० बजे मणिपाल अस्पताल पोखरा रिफर भएको, निजको बायाँ हातको कुईनामा चोट, अवस्था मध्यम, उपचारमा निजको साथि संलग्न रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।