प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगोलागी : कास्की

२०८१-१२-१४

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.४ चिप्लेढुङ्गा पोखरा ११ रानीपौवा बस्ने राम कृष्ण श्रेष्ठले संचालन गरेको डाँडाघरे दोहोरी साझमा अचानक आगोलागि भएको भन्ने सुचना प्राप्त हुनसाथ जि.प्र.का.कास्कीबाट खटिएको प्रहरी टोली र दमकलको सहयोगमा ०५:४५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको, मानविय क्षति नभएको, आगोलागीबाट झ्याल, ढोका, फ्रिज, फर्निचर लगायत अन्य मदिरा जन्य सामग्रीहरु जलेर क्षति भएको । 

सम्बन्धित समाचार
सवारी दुर्घटना: बागलुङ
२०८३-०१-३०

जिल्ला बागलुङ ढोरपाटन न.पा.५ लामडाँडा भित्री कच्ची सडक खण्डमा लामडाँडा देखि बुर्तिबाङ तर्फ आउदै गरेको ध१त ५७७ नं.को ट्याक्टर अनियन्त्रीत भई सडक देखि अ.११ फिट तल बस्ने चुणामणी बि.क.को ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची गोठ माथी खस्न गई दुर्घटना भएको ट्याक्टरमा सवार वर्ष १६ को शुसिल कुमार बि.क. घाईते अवस्थामा फेला पारी उपचारको लागि बुर्तिबाङ अस्पताल बागलुङ पठाएकोमा ऐ.०७:३० बजे सम्बन्धित चिकित्सकद्वारा मृत घोषणा गरेको, ट्याक्टर चालक फरार खोजतलास कार्य भई रहेको, ट्याक्टर साहु प्रहरी सम्पर्कमा रहेको, गोठमा आंसिक क्षती भएको, पशुचौपाय क्षती नभएको ।