प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लमजुङः सवारी दुर्घटना

२०७८-१२-०५

  • A
  • A-
  • A+
Share

जिल्ला लम्जुङ बेशिसहर नगरपालिका ११ चित्रेपार्क स्थित मर्मत गरी रहेको रोडमा पानी हाल्ने बा ४ख२१७६ नं.नम्बरको पानी बोक्ने ट्याङकर ओरालोमा ब्रेक फेल भई बाटो भन्दा अन्दाजी ६ मिटर खस्न जाँदा ट्याङकर चालक जिल्ला मकवानपुर हेटौंडा उ.म.पा.१४ बस्ने वर्ष ६० को भुलुम बहादुर मुक्तान र सह-चालक जिल्ला लम्जुङ बेशिसहर नगरपालिका ११ रामचोक बेशी बस्ने वर्ष ४० को डिनेश सेधाई दुबै जना जिल्ला अस्पतालमा उपचार भईरहेको, ट्याङकर घटना स्थलमा नै रहेको ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।