प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध सहित मानिस नियन्त्रणमा

२०८२-०१-२७

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी चेकिङ टोलिले सवारी साधन चेक जाँच गर्ने क्रममा मुग्लिनबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख. ९२६९ नं.को बसमा एकै सिटमा सवार रहेको जिल्ला कास्की पोखरा म.न.पा.३१ बस्ने वर्ष ३० को आशिक जलारी र जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.३ बस्ने वर्ष २२ को प्रदिप बि.क.को आफु बसेको सिटमुनि प्लाष्टिकको झोलामा लुकाई छिपाई ल्याएको phenargan ६२ एम्पुल noophin ६२ एम्पुल Diazepam ६२ एम्पुल गरी जम्मा १८६ एम्पुल लागु औषध सहित दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।