आगोलागी : कास्की
२०८३-०६-२६
- A
- A-
- A+
जिल्ला कास्की पोखरा म.न.पा. १७ पुल्चोक स्थित ऐ.१३ मियाँपाटन बस्ने बालकृष्ण घिमिरेको ब्लक र टिनले छाएको २ कोठे घरमा बिजुलीको तार सट भई आगलागी भएको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी टोली खटी गई स्थानिय, दमकल र प्रहरीको सहयोगमा १२:५५ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको, सोही घरमा भाडामा बस्ने वर्ष ४५ को ईसान राईको कोठा जलि पुर्णरुपमा क्षति भएको, सोही घरको अर्को कोठामा बस्ने वर्ष ५८ की खस माया गुरुङ कोठा जलि आंशिक रुपमा क्षति भएको, अन्य मानविय तथा चौपाय क्षति नभएको ।