प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की : अबैध काठ बोकेको ट्याक्टर सहित मानिस नियन्त्रणमा

२०८०-११-२२

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.११ फुलबारी स्थितमा २० भलाम बस्ने ओमनाथ पौडेलको बारीबाट सुकेको चिलाउने र कटुस जातको काठ ग १ त ७१०६ नं. को ट्याक्टरमा लोड गरी फुलबारी स्थित सन्ध्या फर्निचर उद्योगको लागि लिएर आउदै गरेको अवस्थामा २ जनाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा फेला पारी सोधपुछ गर्दा निजको साथमा कुनै पनी कागजपत्र नभएकोले ट्याक्टर चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।