प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): मो.सा.ले ठक्कर दिँदा वालक घाईते

२०७८-०८-२२

  • A
  • A-
  • A+
Share

मंसिर २२, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.१४ सेरगञ्ज स्थित भित्री सडक खण्डमा लु. ५ प ७१५६ नं. को मो.सा.ले ऐ.ऐ.बस्ने गिता ढुङगानाको छोरा बर्ष ६ को सुगम ढुङगानालाई बाटोमा हिड्ने क्रममा ठक्कर दिंदा घाईते भई सेन्ट्रल अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : जिल्ला तनहुँ
२०८१-०७-०५

जिल्ला तनहुँ आँबुखैरेनी गाउँपालिका ४ बेनीटार पृथ्वी राजमार्गमा खटिएको प्रहरीको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट पोखरा तर्फ आउदै गरेको बा१प १३९० नम्बरको पर्यटक बसमा सवार जिल्ला स्याङ्जा फेदीखोला गाउँपालिका बस्ने वर्ष २२ को सरोज सुवेदीले काटुन भित्र लुकाई छिपाई प्रतिबन्धित लागुऔषध Diazepam लेखेको १५४ एम्पुल, Phenergan १५४ एम्पुल र Buprenophin १५४ एम्पुल गरी जम्मा ४६२ थान एम्पुल लागु औषध सहित निजको साथि जिल्ला कास्की पोखरा महानगरपालिका ९ घर बताउने वर्ष २० को बिकास श्रेष्ठ सहित दुबै जनालाई नियन्त्रणमा लिई आँबुखैरेनी ल्याई थप अनुसन्धान भइरहेको ।

गण्डकी प्रदेश प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकन तथा प्रहरी ब्याटन निरीक्षण सम्पन्न ।
२०८१-०६-०५

असोज-०५, पोखरानेपाल प्रहरी प्रधान कार्यालयको अन्तर प्रहरी कार्यालय कार्यदक्षता मूल्यांकन तथा प्रहरी ब्याटन निरीक्षण टोलीले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको निरीक्षण सम्पन्न गरेको छ । अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्यांकन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरी सहितको प्रहरी टोलिले गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा प्रहरी प्रधान कार्यालयबाट आएको प्रहरी टोलीले गण्डकी प्रदेश प्रहरीको समग्र जनशक्ति र भौतिक पूर्वाधार व्यबस्थापन, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, प्रशासनिक गतिबिधी, सुरक्षा तथा प्रहरी कार्य, हातहतियारको अवस्था, शान्ती सुरक्षाका लागि प्रहरीबाट थालनी गरीएका नयां अभ्यासहरु लगायतका बिबिध विषयमा स्थलगत अवलोकन गरी गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहबाट उक्त विषयहरुमा जानकारी समेत लिनुभएको थियो । कार्यक्रममा निरीक्षण टोलीले प्रदेश प्रहरी कार्यालयहरुमा रहेका सम्पूर्ण शाखाहरुमा रहेको जनशक्ति, कार्यशैली, अभिलेख व्यवस्थापन लगायतको निरीक्षण गर्नुभएको थियो । निरीक्षण टोलीले कार्यालयमा प्रहरी कर्मचारीको उत्प्रेरणा, खानाको गुणस्तर, खेलकुद व्यवस्थापन र ब्यारेक समेतको निरीक्षण गर्नुभएको थियो ।निरीक्षण पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो । निर्देशन सम्बोधनका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले प्रहरीले सेवाग्राही सबैलाई आफ्नो परिवार सरहको व्यबहार प्रदर्शन गर्नुपर्ने बताउनुभयो । यहि असोज ०३ गते मात्र गण्डकी प्रदेश प्रवेश गरेको प्रहरी कार्यालय कार्यदक्षता मूल्यांकन टोलीले ४ गतेनै गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, गण्डकी प्रदेश प्रहरी गण, इलाका प्रहरी कार्यालय शिशुवा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको निरीक्षण गरेको थियो भने मूल्यांकन टोलीले आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा , नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गगनगौडा कास्की,नेपाल प्रहरी विशेष सुरक्षा गण तनहुँ, नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँ र प्रहरी चौकी थर्पु तनहुँ निरीक्षण गरेको छ । साथै असोज ०६ गते जिल्ला प्रहरी कार्यालय गोरखा निरीक्षण गर्ने कार्यतालिका रहेको छ ।