प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी चौकी ठुलीपोखरीको भवन उद्‍घाटन सम्पन्न ।

२०७९-०५-२८

  • A
  • A-
  • A+
Share

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले पर्वत जिल्ला स्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी ठुलिपोखरीको नव-निर्मित भवनको उद्‍घाटन गर्नुभएको छ ।
गण्डकी प्रदेश सरकारको नियमित बजेट बाट पर्वतको कुश्मा नगरपालिका-१२, ठुलिपोखरीमा निर्माण सम्पन्न उक्त प्रहरी चौकीमा प्रहरी कार्यालय भवन, मेष, ब्यारेक लगायतका भवनहरु निर्माण गरिएको हो । उद्‍घाटन पश्चात प्रहरी नायव महानिरीक्षक जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो ।
कार्यक्रम पश्चात प्रहरी नायवमहानिरीक्षक जोशी लगायत अन्य उपस्थित अतिथिहरुले नवनिर्मित भवन परिसरमा विभिन्न प्रजातिका वृक्षारोपण समेत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलयका प्रमुख प्रहरी उपरीक्षक गोबिन्द अधिकारी, पर्वत जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, कुश्मा नगरपालिकाका उप- मेयर स्वस्थानी रिजाल, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपाने, पर्वत जिल्ला स्थित रहेका बिभिन्न सुरक्षा निकायका प्रमुखहरु, स्थानिय जनप्रतिनिधि लगायत आम नागरिकहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।