सवारी दुर्घटना
२०८३-०८-०२
- A
- A-
- A+
जिल्ला लमजुङ बेसिशहर
न.पा.८ सेराकुना स्थित भित्री सडक खण्डमा सेरा चोकबाट मनाङ चौतारातर्फ जाँदै गरेको
ग १ ज ८०११ नं.को जिप ब्याक गर्ने क्रममा पैदल यात्री जिल्ला लमजुङ मर्स्याङदी
गा.पा. ४ कालाघिरिङ घर बताउने वर्ष अं.६५ को टुकमान गुरुङलाई ठक्कर दिंदा घाइते भई
उपचारको लागि प्रदेश अस्पताल लमजुङ ल्याएको, घाइतेको दुवै खुट्टामा चोट, अवस्था मध्यम, जिप र चालक जिल्ला
लमजुङ दुधपोखरी गा.पा.६ भिरकुना बस्ने वर्ष २७ को अभिषेक गुरुङ प्रहरीको
नियन्त्रणमा रहेको ।