प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : तनहुँ

२०८१-०३-२७

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ आँबुखौरेनी गा.पा.३ पेट्रोल पम्प स्थित पृथ्वी राजमार्गमा डुम्रेबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग २ च १८३० न.को खाली एम्बुलेन्स चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा एम्बुलेन्स चालक जिल्ला चितवन ईच्छाकामना गा.पा.५ बस्ने वर्ष २४ को तेज कुमार गुरुङ घाइते भई उपचारको लागी आँबुखैरेनी अस्पताल आँबुखैरेनी पठाएको टाउको र बायाँ हातमा चोट लागेको, अवस्था मध्यम, प्रारम्भिक उपचार पश्चात थप उपचारको लागी ०१:२५ बजे नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।