प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : पर्वत

२०८१-०७-२९

  • A
  • A-
  • A+
Share

जिल्ला पर्वत पैयुँ गा.पा.४ हटिया स्मृति भबन स्थित हातेमालो चोक बाट भोर्ले तर्फ जादै गरेको ग१०प ८०३१ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई सडक छेउको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाइकल चालक जिल्ला पर्वत पैयुँ गा.पा.६ भोर्ले बस्ने बर्ष २९ को डिल बहादुर थापा घाईते भई पैँयु आधारभुत अस्पतालमा सामान्य उपचार पश्चात १०:०० बजे थप उचपारको लागी गण्डकी अस्पताल पोखरा रिफर भएको, घाईतेको बाँया आँखा नजिक, बाँया खुट्टामा चोट लागेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।