प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०२-२०

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका ३० P.U. चोक स्थितमा लागूऔषध कारोबार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीको सिविल टोलीले ग१७प ५७७१ नं.को स्कुटर चेकजाँच गर्ने क्रममा निम्न स्थान बस्ने निम्न मानिसहरुको साथमा नुर्फिन-२८ एम्पुल, डाईजापाम-२८ एम्पुल, फेनरागन-२८ एम्पुल गरी जम्मा ८४ एम्पुल लागूऔषध, स्क्रिन टच मोबाईल थान २ र ग१७प ५७७१ नं. को डियो स्कुटर थान १ सहित निजहरुलाई नियन्त्रणमा थप अनुसन्धान कार्य भईरहेको ।

नियन्त्रणमा रहेका मानिसहरुः-

१.जिल्ला कास्की पोखरा महानगरपालिका ३० P.U.चोक बस्ने वर्ष ३२ को बिष्णु पुन ।

२.जिल्ला पर्सा बिरगंज महानगरपालिका २० हरपटगंज बस्ने वर्ष ३२ को तिर्थनारायण साह ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८२-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।