प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ।

२०८१-०४-२७

  • A
  • A-
  • A+
Share

मिति २०८१।०४।२७ गते तालुक गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहज्यू यस जिल्ला प्रहरी कार्यालय नवलपरासी ( बर्दघाट सुस्ता पूर्व) पाल्नु भई कार्यालयको स्थलगत निरीक्षण गर्नुका साथै उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको छ ।
निरीक्षणको क्रममा प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहज्यूले यस जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व कार्यालय, हिरासत कक्ष, ब्यारेक, मेस लगायत विभिन्न शाखाहरुको निरीक्षण गर्नु भएको तथा यस कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मीेले जिल्ला प्रहरी कार्यालयल नवलपरासी पूर्वको बस्तुस्थिति, शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण, सामुदायीक गतिविधी लगायतका विषयमा समग्र जिल्लाको प्रस्तुतिकरण गर्नु भएको थियो ।
यस कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको निर्देशन सम्बोधन कार्यक्रममा प्रहरी नायव महानिरीक्षकज्यूले नागरिक प्रति मिठो बोली, नम्र व्यवहारका साथ कानूनले निर्दिष्ट गरेका प्रहरी कामकारवाहीमा अविचलित रुपमा सेवा प्रदान गर्नु हुन र अनुशासित, निस्वार्थ, स्वच्छ भावनाका साथ नागरिक प्रतिको जिम्मेवारी बहन गर्नुहुन सबै सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।