प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७९-०४-०२

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका १७ विरौटा स्थितमा CRV विरौटाबाट खटिएको प्रहरी टोलीले ग १० प २२२४ नं.को स्कुटरलाई चेक जाँच गर्दा स्कुटरको डिकीमा लुकाई छिपाई राखेको अन्दाजी ६०० ग्राम लागूऔषध गाँजा सहित स्कुटर र निम्न मानिसलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

निम्न:-

१. स्कुटर चालक जिल्ला स्याङजा पुलतीबजार नगरपालिका ४ बस्ने बर्ष २० को सन्दिप थापा ।

२. पछाडी सवार ऐ.बस्ने बर्ष २० को किसल सुनार ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।