प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना (न.प. पूर्व)

२०८०-१०-१५

  • A
  • A-
  • A+
Share

जि.न.प.(पूर्व) बिनयी त्रिबेणी गा.पा.२ बिश्वकर्मा मन्दिर नजिकै पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ७ च ५१९८ नं.को बोलेरो चालकले नियन्त्रण गुमाउन जाँदा बाटो देखि १५ मिटर बायाँ साईड तिर तल खस्न गई दुर्घटना हुदाँ निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि बुटवलतर्फ पठाएको छ ।

१.चालकः-जिल्ला रामेछाप खाडादेबी गा.पा.१ बस्ने वर्ष २३ को गोबिन्द श्रेष्ठको मुखमा,बायाँ हात,बायाँ खुट्टामा चोट अवस्था मध्यम ।
२.बोलेरोमा सवारः- जिल्ला काभ्रे पनौती न.पा.१ बस्ने वर्ष ३२ को सुर्य बहादुर तामाङको मुखमा,छातीमा,बायाँ खुट्टामा चोट,अवस्था मध्यम ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।