प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०८-३०

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.३० पावरहाउस चोक स्थितमा भैरहवाबाट पोखरा आउदै गरेको ग१ख९६३९ नं. को बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार यात्रु जिल्ला कास्की पोखरा म.न.पा.८ आलुमाईलाचोक बस्ने वर्ष २२ को रन्जन क्षेत्रीलाई शंका लागि चेकजाँच गर्दा निजले पछाडी बोकेको खैरो रंगको झोला भित्र लुकाई छिपाई ल्याएको डाईजापाम-४० एम्पुल, फेनारागन-४० एम्पुल र नुर्फिन-४० एम्पुल गरी जम्मा १२० एम्पुल लागुऔषध सहित निजलाई र बसको कागजपत्र नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।