प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०८-३०

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.३० पावरहाउस चोक स्थितमा भैरहवाबाट पोखरा आउदै गरेको ग१ख९६३९ नं. को बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार यात्रु जिल्ला कास्की पोखरा म.न.पा.८ आलुमाईलाचोक बस्ने वर्ष २२ को रन्जन क्षेत्रीलाई शंका लागि चेकजाँच गर्दा निजले पछाडी बोकेको खैरो रंगको झोला भित्र लुकाई छिपाई ल्याएको डाईजापाम-४० एम्पुलफेनारागन-४० एम्पुल र नुर्फिन-४० एम्पुल गरी जम्मा १२० एम्पुल लागुऔषध सहित निजलाई र बसको कागजपत्र नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार