प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : कास्की

२०८१-०३-२५

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.१९ लामाचौर स्थित लामाचौर बाट तरीगाउँ तर्फ जादै गरेको ग १५ प ८०३६ नं.को स्कुटर र बिपरित दिशाबाट आउदै गरेको ग २० प ८७१७ नं.को स्कुटर एक आपसमा ठक्कर खाँदा ग १५ प ८०३६ नं. को स्कुटर पछाडी सवार वर्ष ५२ की जितमाया पुनको दुबै खुट्टा र हातमा चोट लागेको , थप उपचारको लागि फिस्टेल अस्पताल लगिएको । 

सम्बन्धित समाचार
सवारी दुर्घटना : न.प. (ब.सु.पूर्व)
२०८३-०४-२८

जिल्ला न.प. (ब.सु.पूर्व) देवचुली न.पा.१७ झरहेखोला स्थित पूर्व पश्चिम राजमार्गमा डण्डाबाट नारायणगढ तर्फ जाँदै गरेको ना.६ ख.२३०३ नम्बरको बसले बेल्डिहाबाट रजहर तर्फ आँउदै गरेको ग.प्र.०४००२ प.४१७६ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक जिल्ला न.प.(ब.सु.पूर्व) कावसोती न.पा. १२ बस्ने बर्ष ३५ को हिमलाल लामिछाने र स्कुटर पछाडी सवार जिल्ला स्याङजा रापाकोट बस्ने बर्ष ६७ को लिलाधर चापागाई २ जना घाईते भई उपचारको लागी नयाँ मेडिकल कलेज चितवन पठाएको,स्कुटर, बस.र बस चालक जिल्ला न.प.(ब.सु.पूर्व) देवचुली न.पा. छतिसघर बस्ने बर्ष ४२ को धुब्रनारायण श्रेष्ठ प्रहरीको नियन्त्रणमा ।   

लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०४-२०

जिल्ला तनहुँ म्याग्दे गा.पा.२ जामुने स्थित पृथ्बीराजमार्गमा दमौलीबाट थर्पु तर्फ आउदै गरेको ग १६ प ४५९६ नम्बरको स्कुटर चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ४ दुलेगौंडा बस्ने वर्ष ३० को अमन पौडेल र निजको साथी ऐ.५ बस्ने बर्ष ३४ को नरजंग राना स्कुटर रोकी सर्भिस लेनमा बसीरहेको अबस्थामा थर्पुबाट खटिएको प्रहरी टोलिले शंकास्पद लागि चेकजाँच गर्ने क्रममा निज अमन पौडेलको साथबाट र स्कुटरको डिक्की भित्रबाट गरी प्रतिबन्धित लागुऔषध फेनारागन ११ एम्पुल, डाइजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल सहित दुबै जना मानिस र स्कुटर नियन्त्रणमा लिई थप अनुसन्धानको भइरहेको ।