प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: सवारी दुर्घटना

२०७८-१२-२८

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा पुतलिबजार नगरपालिका ११ मायाँटारी स्थित सिद्धार्थ राजमार्गमा पोखराबाट चापाकोटतर्फ जाँदै गरेको ग १ ज ७३४१ नं. जिप अनियन्त्रित भई सडकको कुनामा ठोक्किन जाँदा जिपमा सवार ८ जना मध्ये ३ जना घाईते भई उपचारको लागि प्राथामिक स्वास्थ केन्द्र वालिङमा ल्याईएको, जिप र चालक प्रहरीको नियन्त्रणमा रहेको ।

निम्न घाईतेहरु:-

१.जिल्ला स्याङजा चापाकोट न.पा.८ रत्नपुर बस्ने वर्ष ५५ का बिक्रम श्रेष्ठ, अवस्था मध्यम थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको ।

२.ऐ.बस्ने निजकै श्रीमती वर्ष ६० की हस्त कुमारी श्रेष्ठ प्रा.स्व.के वालिङमा उपचार हुँदै अवस्था मध्यम ।

३.ऐ.९ सुन्तलिटार बस्ने वर्ष ४८ की सुनमाँया कुमाल प्रा.स्व.के वालिङमा उपचार हुँदै अवस्था मध्यम ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०५-०५

जिल्ला तनहुँ आवुखैरेनी गा.पा ४ मुग्लिङ पुलजिप स्थित पृथ्वीराजमार्गमा खटिएको प्रहरी चेकिङ टोलिले मुग्लिङबाट आबुखैरेनी तनहुँ तर्फ आउदै गरेको Up56Bk 6760 नम्वरको भारतिय कारलाई चेक जाँच गर्ने क्रममा उक्त कार चालकको सिट पछाडी थैलीमा लुकाई छिपाई राखेको Dizepam - १२ एम्पुल, Phenreragan-१० एम्पुल, Buprenorphine - १० एम्पुल गरी जम्मा- ३२ एम्पुल प्रतिबन्धित लागुऔषध सहित कार चालक देश भारत उत्तर महाराज जि. शिर्सिया वस्ने बर्ष २३ को भुलन खान, ऐ,ऐ वस्ने वर्ष २१ को अमन चौधरी, ऐ,ऐ वस्ने बर्ष २६ को सन्दिप चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँमा पठाइएको ।