"सेवा नै धर्म हो" भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीमा कार्यरत राष्ट्र सेवकका श्रीमतीलाई सामाजिक सेवाको लागि अभिप्रेरित गरी राष्ट्र सेवाको पुनित कार्यको लागि संगठित गर्न राष्ट्रमा समय समयमा आईपर्ने विभिन्न प्रकारका प्राकृतिक प्रकोप लगायत मानवीय सेवाका विविध क्षेत्र जस्तो, शिक्षा, स्वास्थ्य, खेलकुद, आर्थिक क्षेत्रहरुको सुधार, विकास र उन्नतिको लागि आफुहरुमा अन्तर्निहित साधन स्रोतको उपयोग गरी विभिन्न माध्यमहरु मार्फत सहयोग पुर्याई लोक कल्याणकारी सेवा उपलब्ध गराउने पवित्र उदेश्य लिई वि.स. २०४३ सालमा तत्कालिन संघकी अध्यक्ष श्रीमती इनु सिंहबाट प्रहरी परिवार महिला संघ क्षेत्रिय शाखा, पोखरा समुदघाटन भए पश्चात निरन्तर रुपमा क्षेत्रीय स्तर हुँदै प्रदेश स्तरीय कार्यक्रम सुचारु भई मिति २०८२।०१।२४ गतेदेखि गण्डकी प्रदेशको प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य ज्यूको श्रीमती प्रिति पाण्डेको अध्यक्षतामा पुन: कार्यसमिति गठन भई कार्य सञ्चालन भईरहेको छ ।
कार्य समितिका पदाधिकारीहरुको नामावली विवरण श्रीमती प्रिति पाण्डे -------- अध्यक्ष श्रीमती अप्सरा खत्री ------उपाध्यक्ष श्रीमती मन्जु कार्की-------- कोषाध्यक्ष
श्रीमती बिन्दु पौडेल बराल--------सह-कोषाध्यक्ष
श्रीमती रविना पराजुली ---- सचिव
श्रीमती पार्वती पराजुली कार्की ---सदस्य श्रीमती दिपा कुमारी के.सी. ------- सदस्य