प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी चौकी मौवाफाँटको नव निर्मित भवन उद्‍घाटन कार्यक्रम सम्पन्न : म्याग्दी

२०७९-०९-२१

  • A
  • A-
  • A+
Share

पौष-२१, पोखरा ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले म्याग्दी जिल्ला स्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी मौवाफाँटको नव-निर्मित भवनको उद्‍घाटन गर्नुभएको छ ।

गण्डकी प्रदेश सरकारको नियमित बजेट बाट म्याग्दी जिल्लाको रघुगंगा गाँउपालिका-३ मौवाफँटमा निर्माण सम्पन्न उक्त प्रहरी चौकीमा प्रहरी कार्यालय भवन, मेस, ब्यारेक लगायतका भवनहरु निर्माण गरिएको हो । उद्‍घाटन पश्चात प्रहरी नायव महानिरीक्षक जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो ।

उक्त समुद्‍घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी राम पौडेलरघुगंगा गाउँपालिकाका प्रमुख भव बहादुर भण्डारीउप-प्रमुख प्रेम कुमारी पुनजिल्ला प्रहरी कार्यालय म्याग्दीका कार्यालय प्रमुख प्र.ना.उ. तिलक भारतीस.प्र.ना.उ. प्रदिप थापारघुगंगा गाउँपालिकाका जनप्रतिनिधिहरूस्थानीय सर्वसाधारण तथा पत्रकारहरू समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-०५

जिल्ला तनहुँ आबुखैरेनी गा.पा वडा नं. ४ बेनीटार स्थित पृथ्बीराजमार्गमा मुग्लिनबाट आबुखैरेनी तर्फ आउदै गरेको लु २ ख ४४६६ नं. को बसलाई शँका लागी पुलजिप तनहुँबाट खटीएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला तनहुँ शक्लागण्डकी न पा वडा न २ बस्ने वर्ष ३८ को नवराज परियार र जिल्ला कस्की पोखरा मा. न.पा.वडा न ३२ बस्ने वर्ष ३३ को सन्तोष गुरूङको साथमा रहेको सपिङ झोला भित्र लुकाइ छिपाइ राखेको अबस्थामा डाइजेपाम २३ एम्पुल फेनारागन २३ एम्पुल र ब्रुफोनोफिम २३ एम्पुल गरी जम्मा ६९ एम्पुल फेला पारी निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का आबुखैरेनी तनहुँ पठाई थप अनुसन्धान भईरहेको । 

सवारी दुर्घटना : मुस्ताङ
२०८३-०६-०२

जिल्ला मुस्ताङ घरपझोङ गा.पा-५ ठिनी सडक खण्ड स्थित पानीटंकी नजिक ठिनीबाट बिश्वकर्मा पुजा गरी जोमसोम तर्फ आउदै गरेको चालक देश भारत बिहार घर भई हाल जोमसोम स्थित फर्निचरमा काम गर्ने बर्ष-२७ को मुन्ना कुमारले चलाएको ग १२ प ३२२९ नम्बरको कालो निलो २२० सि.सि को पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक बर्ष-२७ को मुन्ना कुमार र पछाडी सबार जिल्ला पर्बत कुश्मा न.पा-६ घर भई जिल्ला मुस्ताङ वडा नं. २ मार्फामा फर्निचरको काम गर्ने बर्ष-१९ को गम बहादुर बि.क घाईते भई प्रदेश अस्पताल जोमसोममा उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर भएको ।