प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी चौकी मौवाफाँटको नव निर्मित भवन उद्‍घाटन कार्यक्रम सम्पन्न : म्याग्दी

२०७९-०९-२१

  • A
  • A-
  • A+
Share

पौष-२१, पोखरा ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले म्याग्दी जिल्ला स्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी मौवाफाँटको नव-निर्मित भवनको उद्‍घाटन गर्नुभएको छ ।

गण्डकी प्रदेश सरकारको नियमित बजेट बाट म्याग्दी जिल्लाको रघुगंगा गाँउपालिका-३ मौवाफँटमा निर्माण सम्पन्न उक्त प्रहरी चौकीमा प्रहरी कार्यालय भवन, मेस, ब्यारेक लगायतका भवनहरु निर्माण गरिएको हो । उद्‍घाटन पश्चात प्रहरी नायव महानिरीक्षक जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो ।

उक्त समुद्‍घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी राम पौडेलरघुगंगा गाउँपालिकाका प्रमुख भव बहादुर भण्डारीउप-प्रमुख प्रेम कुमारी पुनजिल्ला प्रहरी कार्यालय म्याग्दीका कार्यालय प्रमुख प्र.ना.उ. तिलक भारतीस.प्र.ना.उ. प्रदिप थापारघुगंगा गाउँपालिकाका जनप्रतिनिधिहरूस्थानीय सर्वसाधारण तथा पत्रकारहरू समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
नेपाली सेनाद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको अवलोकन भ्रमण सम्पन्न ।
२०८०-०८-१२

नेपाली सेनाको काठमाण्डौ शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भईरहेको सि.सं.३० को कमाण्ड तथा स्टाफ तालिमका विदेशी तथा नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुद्वारा यहि मंसिर १२ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यले समग्र प्रदेश अन्तर्गत रहेका नेपाल प्रहरी सङ्गठनको आन्तरिक तथा भौतिक संरचना, शान्ति सुरक्षाको अवस्था, अपराधिक क्रियाकलाप, प्रहरी जनशक्ति परीचालन, सवारी दुर्घटनाको अवस्थाका साथै नेपाली सेना र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा विदेशी तथा नेपाली सेनाका ६२ जना शिक्षार्थी अधिकृत र ४ जना तालिम शिक्षकहरुको उपस्थिति रहेको थियो ।

सशस्त्र प्रहरी बलका शिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण सम्पन्न ।
२०८०-०८-०७

मंसिर-०७, पोखरा ।सशस्त्र प्रहरी बलको श्री स्टाफ कलेज काठमाण्डौंमा सञ्चालन भईरहेको सि.सं ८ सशस्त्र प्रहरी कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका शिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ । प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो ।