प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : म्याग्दी

२०८१-१२-२५

  • A
  • A-
  • A+
Share

जिल्ला म्याग्दी बेनी न.पा.९ गलेश्वर स्थितमा बेनीबाट गलेश्वर तर्फ जादै गरेको गण्डकी प्रदेश ०४-००१ प ६५१२ नं. को मोटरसाइकल चालककले नियन्त्रण गुमाई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला पर्वत जलजला गा.पा. ४ लुङदी बस्ने बर्ष २८ को पुष्कल पौडेल दाहीने खुट्टामा चोट लागेको र मोटरसाइकल पछाडी सवार ऐ.बस्ने बर्ष २४ को पुरन पौडेलको टाउको र दाहिने खुट्टामा चोट लागि दुवै घाइतेको प्रदेश अस्पताल बेनीमा सामान्य उपचार पश्चात थप उपचारको लागी पोखरा रिफर गरिएको, मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।