प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रण

२०७९-०२-२३

  • A
  • A-
  • A+
Share

नवलपरासी (पूर्व), गैडाकोट नगरपालिका २ नारायणी नदी पुल छेउमा खटिएको प्रहरीको चेकिङ टोलीले पूर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ८ ख ४४८२ नं को बसलाई चेक जाँच गर्ने क्रममा सोही बसमा सवार जिल्ला चितवन माडी नगरपालिका २ बस्ने वर्ष ४२ को बाबुराम आचार्यलाई चेकजाँच गर्दा निजले लुकाई छिपाई ल्याएको ५० ट्याब्लेट नाइट्रोभेट फेलापारी नियन्त्रणमा लिइएको र निजलाई भेट्न आएको ऐ.बस्ने वर्ष २३ को रिकेश महतो समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८२-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।