प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रण

२०७९-०२-२३

  • A
  • A-
  • A+
Share

नवलपरासी (पूर्व), गैडाकोट नगरपालिका २ नारायणी नदी पुल छेउमा खटिएको प्रहरीको चेकिङ टोलीले पूर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ८ ख ४४८२ नं को बसलाई चेक जाँच गर्ने क्रममा सोही बसमा सवार जिल्ला चितवन माडी नगरपालिका २ बस्ने वर्ष ४२ को बाबुराम आचार्यलाई चेकजाँच गर्दा निजले लुकाई छिपाई ल्याएको ५० ट्याब्लेट नाइट्रोभेट फेलापारी नियन्त्रणमा लिइएको र निजलाई भेट्न आएको ऐ.बस्ने वर्ष २३ को रिकेश महतो समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।