प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला तनहुँ : लागु औषध सहित मानिस नियन्त्रण

२०८१-११-२५

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा प्रहरी चेकिङ टोलिले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा काठमाडौंबाट पोखरा तर्फ आउदै गरेको बा५ख ६९६ नम्बरको बसमा सवार जिल्ला कास्की पोखरा म.न.पा.४ बस्ने वर्ष २३ को अनमोल रिमालले पछाडी भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको लागु औषध Tramadol लेखेको ५० पत्ता (५००क्याप्सुल) लागु औषध सहित निज अनमोल रिमाललाई नियन्त्रणमा लिई इ.प्र.का.आँबुखैरेनीमा ल्याई थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।