प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : स्याङ्जा

२०८२-०३-२६

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा कालीगण्डकी गा.पा.७ मिर्मी बस्ने वर्ष ४० को गोपाल पाण्डेले घर अगाडी रोड साईडमा पार्कीङ गरी राखेको बा११च ५६८० नं.को जिपमा जैपतेबाट बिर्घा तर्फ जाँदै गरेको लु४१प २१२६ नं.को मोटरसाइकल ठोक्किन जाँदा मोटरसाइकल चालक ऐ.कालीगण्डकी गा.पा.३ मिरनसिल बस्ने वर्ष ३७ को राम बहादुर थापा घाईते भई उपचारको लागि कालीगण्डकी अस्पताल मिर्मी लगेकोमा सामान्य उपचार पश्चात थप उपारको लागि २१:५० बजे लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रिफर भएको, घाईतेको अनुहार र टाउकोमा चोट लागेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।