प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०८०-०९-०४

  • A
  • A-
  • A+
Share

जिल्ला म्याग्दी बेनी न.पा.२ रानीवनमा बाग्लुङबाट बेनी तर्फ आउदै गरेको ग१क ५६७३ नं.को ट्रक र बेनीबाट बागलुङ तर्फ जाँदै गरेको ध२प १९५७ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाई मोटरसाइकल चालक जिल्ला म्याग्दी बेनि न.पा.३ भकिम्ली बस्ने वर्ष २८ को कमल सापकोटा घाईते भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटीगई घाईतेलाई उपचारको लागि बेनी अस्पताल म्याग्दी पठाईएको, निजको दाँहिने हातको पाखुरामा काटेको चोट, वायाँ खुट्टामा भित्री चोट अवस्था मध्यम, उपचारमा निजको अंकल संलग्न, ट्रक चालक र ट्रक नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।