प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानिस मृत्यू ( न.प.( पुर्व)

२०८०-११-१३

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) बुलिङटार गा.पा.६ भातिपुर घर भएको वर्ष २० को सुरज नेपाली कामको शिलशिलामा भारतको दिल्ली गएको अवस्थामा बुलिङटार गा.पा.६ वस्ने वर्ष २५ को दुर्गे हिताङगे सार्की नाम गरेको व्यक्ति सँग मिति २०८०।१०।२६ गते दिल्लीमा झै-झगडा हुँदा निजको दायाँ हात भाँचिएको र भारतमा उपचार पश्चात मिति २०८०।११।०५ गते भिमाद न.पा.३ सेर्का बस्ने सानो बुबा बुच्चे सार्कीको घरमा आई बस्दै आएकोमा घरमै मृत अवस्थामा रहेको भन्ने स्थानियले टेलिफोन  मार्फत जानकारी गराउन हुनसाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।