प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

न.प. (पूर्व): बच्चा हराएको

२०८०-१२-२५

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) गैँडाकोट न.पा.५ बस्ने हिमलाल बस्यालको छोरा वर्ष १२ को असविन बस्याल आफ्नै घरबाट कोही कसैलाई जानकारी नगराई घरबाट निस्कीएको र हाल सम्म घर परिवारको सम्पर्कमा नआएको भनी निजको आफन्तले जानकारी गराउना साथ प्रहरी ५ जनाको टोली खटीगई निजको आफन्तको सहयोगमा खोज तलास गर्दै जाने क्रममा २४ गते अ.२२:०० बजे २ एल्लो हाउस नजिकै नारायणी नदी किनारमा निजले प्रयोग गरेको टिसर्ट र हाफ पाईन्ट फेला परेको, निज बालकको खो.त.कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।