प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दर्घटना : लमजुङ

२०८२-०२-०५

  • A
  • A-
  • A+
Share

जिल्ला लमजुङ बेसीशहर न.पा.१ रिठेबगर उदिपुरबाट रिठेबगर तर्फ जाँदै गरेको प्रदेश ०२०३-००१ त ५४३० नं.को खाली ट्याक्टर अनियन्त्रित भई सडकबाट ५० मि. तल खस्न जाँदा उक्त ट्याक्टरको चालक जिल्ला लमजुङ बेसीशहर न.पा.१ उदिपुर ढाडगाउ बस्ने वर्ष ३१ को अहिर परियारको घटना स्थलमा नै मृत्यु भएको, ७:०० बजे मुचुल्काको कार्य पुरा गरी शव पो.मा.को लागी प्रदेश अस्पताल लमजुङ पठाईएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।