प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी पूर्व: लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०२-०८

  • A
  • A-
  • A+
Share

नवलपरासी (पूर्व) विनयीत्रिबेणी गाउँपालिका २ दाउन्ने स्थितमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको लु २१ प ८३३७ नं.को मो.सा. चेकजाँच गर्ने क्रममा उक्त मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न मानिसहरुको साथबाट निम्न परिमाणमा लागूऔषध फेला पारी निजहरुलाई समेत नियन्त्रणमा थप अनुसन्धान भईरहेको ।

निम्न मानिस हरु:-

१) मो.सा.चालक जिल्ला चितवन भरतपुर महानगरपालिका १३ बस्ने बर्ष ३२ को लक्ष्मण भट्ट

२) मो.सा.पछाडी सवार जिल्ला नवलपरासी(पुर्ब) कावासोती न.पा. १४ डण्डा बस्ने बर्ष २५ को निशान दर्जी

निम्न लागु औषधहरु:-

१.फेनारगन:- ७८ एम्पुल २.डाइजापाम:-७३ एम्पुल ३.नुफिन :-७८ एम्पुल गरी जम्मा-२२९ एम्पुल

सम्बन्धित समाचार
सवारी दुर्घटना : न.प. (ब.सु.पूर्व)
२०८३-०४-२८

जिल्ला न.प. (ब.सु.पूर्व) देवचुली न.पा.१७ झरहेखोला स्थित पूर्व पश्चिम राजमार्गमा डण्डाबाट नारायणगढ तर्फ जाँदै गरेको ना.६ ख.२३०३ नम्बरको बसले बेल्डिहाबाट रजहर तर्फ आँउदै गरेको ग.प्र.०४००२ प.४१७६ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक जिल्ला न.प.(ब.सु.पूर्व) कावसोती न.पा. १२ बस्ने बर्ष ३५ को हिमलाल लामिछाने र स्कुटर पछाडी सवार जिल्ला स्याङजा रापाकोट बस्ने बर्ष ६७ को लिलाधर चापागाई २ जना घाईते भई उपचारको लागी नयाँ मेडिकल कलेज चितवन पठाएको,स्कुटर, बस.र बस चालक जिल्ला न.प.(ब.सु.पूर्व) देवचुली न.पा. छतिसघर बस्ने बर्ष ४२ को धुब्रनारायण श्रेष्ठ प्रहरीको नियन्त्रणमा ।   

लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०४-२०

जिल्ला तनहुँ म्याग्दे गा.पा.२ जामुने स्थित पृथ्बीराजमार्गमा दमौलीबाट थर्पु तर्फ आउदै गरेको ग १६ प ४५९६ नम्बरको स्कुटर चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ४ दुलेगौंडा बस्ने वर्ष ३० को अमन पौडेल र निजको साथी ऐ.५ बस्ने बर्ष ३४ को नरजंग राना स्कुटर रोकी सर्भिस लेनमा बसीरहेको अबस्थामा थर्पुबाट खटिएको प्रहरी टोलिले शंकास्पद लागि चेकजाँच गर्ने क्रममा निज अमन पौडेलको साथबाट र स्कुटरको डिक्की भित्रबाट गरी प्रतिबन्धित लागुऔषध फेनारागन ११ एम्पुल, डाइजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल सहित दुबै जना मानिस र स्कुटर नियन्त्रणमा लिई थप अनुसन्धानको भइरहेको ।