प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी पूर्व: सवारी दुर्घटना

२०७९-०१-०१

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका १ मदनपुर स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदैँ गरेको ग.प्र.०४-००१ प ३४२० नं.को मो.सा.आफै अनियन्त्रित भई पल्टदा मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न व्यक्तिहरु घाईते भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा पठाईएको, घटना स्थलमा प्रहरी टोली खटि गएको ।

निम्नः-

१.मो.सा.चालक जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका ५ बस्ने बर्ष २८ को जित नारायण महत्तो, अवस्था गम्भिर ।

२.मो.सा.मा सवार ऐ.बस्ने बर्ष २१ को राजन महत्तो, अवस्था सामान्य ।

३.मो.सा.मा सवार ऐ.बस्ने बर्ष १९ को बिष्णु क्षेत्री, अवस्था मध्यम ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।