प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : न.प. (पूर्व)

२०८१-०४-२१

  • A
  • A-
  • A+
Share

जि. न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.६ साहुमारा स्थित भित्री सडकखण्डमा त्रिवेणीधामबाट भारततर्फ जाँदै गरेको UP 56 A 9212 नं.को मोटरसाइकल चालकले नियन्त्रण गुमाई स्थितमा रहेको अमचुर खोलामा खस्दा मोटरसाइकल चालक देश भारत जिल्ला महाराजगञ्ज निशललथाना वडवलिया बस्ने वर्ष ४० को प्रकाश भारतीको घटनास्थलमा नै मृत्यु भएको, पछाडि सवार वर्ष २८ को अशोक राजभारको हात, खुट्टामा चोट लागेको, उपचारको लागि पृथ्वीचन्द्र जिल्ला सरकारी अस्पताल पश्चिम न.प. तर्फ पठाएको ।  

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।