प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला तनहुँ : सवारी दुर्घटना

२०८१-११-११

  • A
  • A-
  • A+
Share

 

जिल्ला तनहुँ आँबुखैरेनी गाउपालिका वडा नम्बर ३ डाँडाटोल स्थित सडकखण्डमा गोरखाबाट आँबुखैरेनी तर्फ आउँदै गरेको ना २ च ४१३५ नम्बरको बलेरो चालकले नियन्त्रण गुमाई सडक छेउ नालीमा ठोकिन गई दुर्घटना हुँदा चालक सहित बलेरोमा सवार २ जना निम्न व्यक्ति घाईतेलाई  आँबुखैरेनी अस्पताल तनहुँमा उपचार भई रहेको,

निम्न घाईतेहरु

१. चालक जिल्ला तनहुँ आबुखैरेनी गाउपालिका वडा नं.२ खानिखोला बस्ने वर्ष २५को अबिन थापा अवस्था सामान्य ।
२. सवार ऐ.२ मार्किचोक बस्ने वर्ष २५ को सुमित गुरुङ अवस्था सामान्य ।

 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।