प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०२-१९

  • A
  • A-
  • A+
Share

तनहुँ, बन्दिपुर गाउँपालिका १ डुम्रे बजार स्थित पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौ तर्फ जादै गरेको ग २च३६७० नं.को बलेरो कार र विपरित दिशाबाट आउँदै गरेको ग९प२४९९ नं.को मो.सा. एक-आपसमा ठक्कर खादा मो.सा.चालक जिल्ला धादिङ गंगाजमुना गाउँपालिका २ बस्ने बर्ष ४२ को याङजोङ तामाङ घाईते भई उपचारको लागि स्थानिय मेडिकल लक्ष्मी सिटी अस्पताल डुम्रेमा पठाईएको अवस्था मध्यम, सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा अस्पताल कास्की पोखरा रिफर गरिएको, उक्त स्थानमा प्रहरी टोलि खटि गएको, दुबै सवारी साधन र कार चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
झुन्डी मृत्यू: तनहुँ
२०८०-१२-१३

 जिल्ला तनहुँ भानु न.पा.१० कालिमाटी बस्ने आस बहादुर गुरुङको ढुङ्गामाटोले बनेको, टिनले छाएको कच्ची घरमा डेरा गरि बस्ने, जिल्ला धादिङ रोराङ गा.पा.३ जोगिमारा घर भएको बर्ष २७ को दिल कुमार चेपाङको श्रीमती बर्ष २६ की अजिता चेपाङसँग खाना खाई २०:३० बजे संगै सुतेकोमा अन्दाजी २३:४५ बजे बिउँझिदा निज दिल कुमार चेपाङ बिस्तारामा नभए पछि खोजी गर्ने क्रममा घरको माथी तलामा फलामको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अबस्थामा निजको श्रीमतीले देखि अ.प्र.बिट,कालीमाटीमा जानकारी गराउनासाथ प्रहरी टोली खटि गटी गई घटना स्थल सुरक्षित राखेको र थप अनुसन्धान भईरहेको ।