प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०२-१९

  • A
  • A-
  • A+
Share

तनहुँ, बन्दिपुर गाउँपालिका १ डुम्रे बजार स्थित पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौ तर्फ जादै गरेको ग २च३६७० नं.को बलेरो कार र विपरित दिशाबाट आउँदै गरेको ग९प२४९९ नं.को मो.सा. एक-आपसमा ठक्कर खादा मो.सा.चालक जिल्ला धादिङ गंगाजमुना गाउँपालिका २ बस्ने बर्ष ४२ को याङजोङ तामाङ घाईते भई उपचारको लागि स्थानिय मेडिकल लक्ष्मी सिटी अस्पताल डुम्रेमा पठाईएको अवस्था मध्यम, सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा अस्पताल कास्की पोखरा रिफर गरिएको, उक्त स्थानमा प्रहरी टोलि खटि गएको, दुबै सवारी साधन र कार चालक प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।