प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : न.प.(पूर्व)

२०८३-०४-१२

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) गैडाकोट न.पा. १४ अमरापुरी स्थित पूर्व पश्चिम राजमार्गमा बुटवलबाट चितवन तर्फ सिमेन्ट लोड गरेर आउदै गरेको ना ५ ख ५६२८ नं. को ट्रक र बिपरीत दिशा गैंडाकोट बाट रजहर तर्फ जाँदै गरेको प्रदेश १-०२०४७ प ८९४३ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला मोरङ बिराटनगर म.न.पा. वडा न. १३ बस्ने बर्ष ३० को अभिषेक कुमार पण्डित घाईते भई उपचारको लागी एलआईभ अस्पताल चितवन पठाएको, मोटरसाइकल,ट्रक र ट्रक चालक जिल्ला न.प.पुर्व देवचुली न.पा. वडा न. १७ रजहर बस्ने बर्ष ४० को लेस नारायण थारुलाई नियन्त्रणमा लिईएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।