प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०१-१२

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा गल्याङ नगरपालिका १ राम्दी चेक पोईन्टमा खटिएको प्रहरीको टोलीले बुटवलबाट पोखरा तर्फ आउदै गरेको ना ४ ख ३८९४ नं.को बसलाई चेकजाचँ गर्ने क्रममा उक्त बसमा सवार गरी आएको जिल्ला कास्की पोखरा महानगरपालिका १२ बस्ने वर्ष २० को अभिषेक सुनार र पोखरा महानगरपालिका १३ बस्ने वर्ष १९ को बिमल थापाको साथबाट निम्न परिमाणमा लागूऔषध फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । 

निम्न

१.फेनारागन २२ एम्पुल ।

२.नोफिम २१ एम्पुल ।

३.डाईजेपाम २१ एम्पुल र सिरीङज २ थान ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : स्याङ्जा
२०८२-०६-०५

जिल्ला स्याङ्जा पुतलिबजार न.पा. ३ देवानचोक स्थित रहेको भीत्रि सडक खण्डमा बाडखोला बाट पुतलिखेत तर्फ जाँदै गरेको Gandaki AAA 9464 नं.को स्कुटर चालकले नियन्त्रण गुमाउन जाँदा रोड नजिकको घरको भित्तामा ठोकि रोडबाट ४ मिटर तल खस्दा चालक जिल्ला स्याङजा पुतलिबजार न.पा. ३ घेउडाँडा बस्ने बर्ष २३ को आकाश शाही र पछाडी सवार जिल्ला लमजुङ घर भई हाल पुतलिबजार न.पा.१ देविस्थान मामाघर बस्ने वर्ष २२ को युवराज गुरुङ घाइते भई उपचारको लागी प्रदेश अस्पताल स्याङ्जा पठाईएकोमा सामान्य उपचार पश्चात २२:५० बजे दुवै जानलाई JMC पोखरा रिफर भएको, स्कुटर प्रहरी नियन्त्रणमा रहेको ।