प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०२-१६

  • A
  • A-
  • A+
Share

बागलुङ, ईलाका प्रहरी कार्यालय ताराखोला बागलुङबाट खटि गएको प्रहरी टोलीले जिल्ला बागलुङ ताराखोला गाउँपालिका खोठे बजार बस्ने वर्ष ५० को गिर बहादुर पुनको घरमा लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी २ किलो गाँजा, गाँजा बनाउने २ थान मेसिन सहित निजलाई नियन्त्रणमा लिएको, उक्त मेसिन कहाँबाट लिएको भन्ने नखुलेको, थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।