प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपराध अनुसन्धान कार्य सुधार गोष्ठी सम्पन्न ।

२०७९-१२-१८

  • A
  • A-
  • A+
Share

चैत्र-१८, पोखरा ।

प्रहरीले गर्ने अपराध अनुसन्धान लाई त्रुटी रहित बनाई अपराध अनुसन्धानमा देखिएका समस्या समाधानको उपायका विषयमा छलफल गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय, पोखराको संयुक्त आयोजनामा “अपराध अनुसन्धान कार्य सुधार गोष्ठी-२०७९” सम्पन्न भएको छ ।

उक्त गोष्ठी गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङको प्रमुख आतिथ्यता सञ्चालन गरीएको थियो । कार्यक्रम उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गुरुङले गोष्ठीमा गरीने अपराध अनुसन्धान सम्बन्धी अनुभव आदान प्रदानले अनुसन्धानकर्ताहरुमा थप सतर्कताका साथै दक्षताको बिकास गरी अनुसन्धानमा प्रभावकारीता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी नायव महानिरीक्षक गुरुङले अपराध अनुसन्धान प्रभावकारी र पारदर्शी भएमा अपराध नियन्त्रणको उपाय समेत पत्ता लगाउन सकिने बताउदै सानो वा ठुलो जुनसुकै अपराध अनुसन्धान सिङगो प्रहरी सङगठनको छवि सगँ सम्बन्धित हुने भएकोले अनुसन्धानकर्ताले त्रुटि रहित अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय मातहत अपराध अनुसन्धान गर्ने सम्पूर्ण प्रहरी कार्यालयका अनुसन्धानकर्ताहरुको सहभागिता रहेको उक्त गोष्ठीमा अपराध अनुसन्धान प्रक्रिया अन्तर्गत पर्ने घटनाको प्रारम्भिक अनुसन्धान, हिरासत व्यवस्थापन, सबुद संकलन तथा परीक्षण, अनुसन्धानात्मक सोधपुछ, प्रतिवादी पहिचान-खोजी र पक्राउ, अनुसन्धान डायरी कार्यान्वयन, फैसला कार्यान्वयन, साक्षी परीक्षण, पक्राउ पुर्जी, म्याद तामेली, विशेष प्रकारका अपराधहरुको विश्लेषण, कार्ययोजना निर्माण र कार्यान्वयन, अपराध अनुसन्धान प्रतिवेदन तयारका क्रममा हुनसक्ने त्रुटिहरु र सुधारका विषयहरुमा छलफल गरीएको थियो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खडक बहादुर खत्रीले सञ्चालन गर्नुभएको उक्त गोष्ठीमा नेपाल प्रहरी प्रदेश कार्यालय,पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन प्रसाद कोईरालाले गण्डकी प्रदेशको समग्र अपराधको तथ्याङक र अपराध अनुसन्धानमा देखिएका त्रुटिहरुको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

गोष्ठीको अन्त्यमा सहभागी सबैले छलफलबाट प्राप्त निष्कर्ष अक्षरंश पालना गर्ने प्रतिवद्दता समेत व्यक्त गर्नुभएको थियो ।

 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।    

लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-०५

जिल्ला तनहुँ आबुखैरेनी गा.पा वडा नं. ४ बेनीटार स्थित पृथ्बीराजमार्गमा मुग्लिनबाट आबुखैरेनी तर्फ आउदै गरेको लु २ ख ४४६६ नं. को बसलाई शँका लागी पुलजिप तनहुँबाट खटीएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला तनहुँ शक्लागण्डकी न पा वडा न २ बस्ने वर्ष ३८ को नवराज परियार र जिल्ला कस्की पोखरा मा. न.पा.वडा न ३२ बस्ने वर्ष ३३ को सन्तोष गुरूङको साथमा रहेको सपिङ झोला भित्र लुकाइ छिपाइ राखेको अबस्थामा डाइजेपाम २३ एम्पुल फेनारागन २३ एम्पुल र ब्रुफोनोफिम २३ एम्पुल गरी जम्मा ६९ एम्पुल फेला पारी निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का आबुखैरेनी तनहुँ पठाई थप अनुसन्धान भईरहेको । 

सवारी दुर्घटना : मुस्ताङ
२०८३-०६-०२

जिल्ला मुस्ताङ घरपझोङ गा.पा-५ ठिनी सडक खण्ड स्थित पानीटंकी नजिक ठिनीबाट बिश्वकर्मा पुजा गरी जोमसोम तर्फ आउदै गरेको चालक देश भारत बिहार घर भई हाल जोमसोम स्थित फर्निचरमा काम गर्ने बर्ष-२७ को मुन्ना कुमारले चलाएको ग १२ प ३२२९ नम्बरको कालो निलो २२० सि.सि को पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक बर्ष-२७ को मुन्ना कुमार र पछाडी सबार जिल्ला पर्बत कुश्मा न.पा-६ घर भई जिल्ला मुस्ताङ वडा नं. २ मार्फामा फर्निचरको काम गर्ने बर्ष-१९ को गम बहादुर बि.क घाईते भई प्रदेश अस्पताल जोमसोममा उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर भएको ।