प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): ट्रकले अटोलाई ठक्कर दिँदा ४ जना घाईते

२०७८-०८-२९

  • A
  • A-
  • A+
Share

मंसिर २९, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.१६ मध्यविन्दु स्थित पूर्व-पश्चिम राजमार्गमा ना. ७ ख २५२६ नं.को  ट्रकले प्र.२-०३-००१ ह २८१ नं.को अटोलाई ठक्कर दिँदा अटोमा सवार निम्न मानिसहरु घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा । फरार ट्रक चालकको खोजतलास भईरहेको ।

निम्नः-

१.अटो चालक जि.न.प.(पूर्व) कावासोती न.पा.४ हसौरा बस्ने वर्ष ५० को तुल बहादुर सुनार, अवस्था मध्यम ।

२.अटोमा सवार जि.न.प.(पूर्व) हुप्सेकोट गा.पा.३ गिरुबारी बस्ने वर्ष ४० को धन बहादुर गुरुङ, अवस्था मध्यम ।

३.ऐ.ऐ.बस्ने धन बहादुर गुरुङको श्रीमती वर्ष ३० कि एलिसा गुरुङ, अवस्था गम्भिर ।

४.ऐ.ऐ.बस्ने धन ब.गुरुङको छोरी वर्ष ६ की सितल गुरुङ, अवस्था मध्यम ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८२-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।