प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुर्घटना

२०७८-११-०५

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका २७ लक्ष्मीमार्ग स्थित ग१६प ४७६२ नं.को मो.सा.सडक छेउमा रोकी राखेको ग१ख ४७५३ नं.को बसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला कास्की पोखरा म.न.पा.२७ बस्ने वर्ष २० को बिबश रानाभाट घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाईएको, अवस्था सिरियस,उपचारमा काका प्रकाश रानाभाट संलग्न रहेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-२७

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिङ पुलजिपबाट खटिएको प्रहरी चेकिङ टोलिले सवारी साधन चेक जाँच गर्ने क्रममा मुग्लिनबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १ ख. ९२६९ नं.को बसमा एकै सिटमा सवार रहेको जिल्ला कास्की पोखरा म.न.पा.३१ बस्ने वर्ष ३० को आशिक जलारी र जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.३ बस्ने वर्ष २२ को प्रदिप बि.क.को आफु बसेको सिटमुनि प्लाष्टिकको झोलामा लुकाई छिपाई ल्याएको phenargan ६२ एम्पुल noophin ६२ एम्पुल Diazepam ६२ एम्पुल गरी जम्मा १८६ एम्पुल लागु औषध सहित दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको । 

सवारी दुर्घटना : तनहुँ
२०८२-०१-१७

जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ खैरेनिटार स्थित पृथ्विराजमार्गमा खैरेनिटारबाट भिमादचोक तर्फ आउँदै गरेको ग ८ प ८६८९ नं.को भिआर मोटरसाइकलले पैदलयात्री जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.६ बस्ने रेखा कुमालको छोरा बर्ष ७ को अमन कुमाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा घाईते भई उपचारको लागी जि.पि.कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा पठाइएको, घाईतेको अनुहार र दाँया खुट्टामा चोट लागेको, मोटरसाइकल र मोटरसाइकल चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.७ भिमादचोक बस्ने बर्ष ३१ को दिपक खड्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।