प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Latest Updates
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

सम्पर्क जानकारी

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा-७, पार्दी पोखरा

कन्ट्रोलः ९८५६०२८४३३, ०६१-४५२५००

ईमेल : gandaki@nepalpolice.gov.np 

प्रहरी चौकी स्तरसम्मको सम्पर्क नम्बरहरु

 

प्रदेश स्तरिय एक दिवसिय अपराध अनुसन्धान समिक्षा गोष्ठी सम्पन्न ।
२०८१-११-२०

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको समन्वयमा जिल्ला कास्की, पोखरा -१७ ड्यामसाईड स्थित नेपाल पर्यटन बोर्डको सभाहलमा उच्च अदालत कास्कीका माननिय मुख्य न्यायधिस रत्न बहादुर बागचन्दको प्रमुख आतिथ्यतामा एक दिवसीय “प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी” सम्पन्न भएको छ । गोष्ठीलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी माननिय मुख्य न्यायधिस रत्न बहादुर बागचन्दले साईबर अपराधको अनुसन्धान, अभियोजन तथा न्यायिक निरुपण सम्बन्धमा समेत चर्चा गर्नुहुँदै अपराध अनुसन्धानलाई वैज्ञानिक, व्यवस्थित एवम् प्रमाणमुखी बनाई न्यायिक प्रकृयामा सही, निष्पक्ष र पूर्ण व्यावसायिक भई कार्य सम्पादन गर्न अपराध प्रवृत्ति एवम् तथ्याङकहरूलाई समेत केन्द्रबिन्दुमा राखी योजनाबद्ध ढंगले अघि बढ्न जरूरी रहेको बताउनुभएको थियो ।गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी बरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पंगेनीले कार्यक्रमको औचित्य सहित स्वागत मन्तव्य राख्नुभएको थियो भने पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव प्रसाद बराल, गण्डकी प्रदेशका मुख्य न्यायधिबक्ता चिरन्जिवी शर्मा पौडेल, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय आन्तरिक मामिला तथा सञ्चार महाशाखाका सचिव बाबुराम गौतम, कास्की जिल्ला अदालतका माननिय न्यायधिस नवराज दाहाल र कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले शूभकामना मन्तव्य राख्नुभएको थियो । सोही अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला सरकारी वकिल कार्यालय कास्की, गण्डकी प्रदेश मातहत जिल्ला प्रहरी कार्यालय प्रमुखहरुको तर्फबाट प्रस्तुतिकरण पश्‍चात् नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायतले प्रस्तुतिकरणमा उठेका जिज्ञासाहरुको सम्बन्धमा अन्तरक्रिया तथा छलफल सहित निर्देशन सम्बोधन गर्नुभएको थियो भने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक महेन्द्र खड्काले धन्यबाद ज्ञापन गर्नुभएको थियो । उक्त समिक्षा गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायत, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक महेन्द्र खड्का लगायत गण्डकी प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय प्रमुखहरु, मुद्धा चल्ने ईकाईका कार्यालय प्रमुखहरु तथा अपराध अनुसन्धान शाखामा कार्यरत सिनियर/जुनियर प्रहरी अधिकृत, बिभिन्न सरकारी निकायका प्रमुख एवम् प्रतिनिधीहरु, संचारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो।

  • सवारी दुर्घटना : स्याङ्जा
    २०८२-०३-२६

    जिल्ला स्याङ्जा कालीगण्डकी गा.पा.७ मिर्मी बस्ने वर्ष ४० को गोपाल पाण्डेले घर अगाडी रोड साईडमा पार्कीङ गरी राखेको बा११च ५६८० नं.को जिपमा जैपतेबाट बिर्घा तर्फ जाँदै गरेको लु४१प २१२६ नं.को मोटरसाइकल ठोक्किन जाँदा मोटरसाइकल चालक ऐ.कालीगण्डकी गा.पा.३ मिरनसिल बस्ने वर्ष ३७ को राम बहादुर थापा घाईते भई उपचारको लागि कालीगण्डकी अस्पताल मिर्मी लगेकोमा सामान्य उपचार पश्चात थप उपारको लागि २१:५० बजे लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रिफर भएको, घाईतेको अनुहार र टाउकोमा चोट लागेको । 

    [ विस्तृतमा ]
  • जिल्ला तनहुँ : सवारी दुर्घटना
    २०८२-०३-२२

    जिल्ला तनहुँ शुक्लागण्डकी नगरपलिका २ नर्सरी पृथ्वी राजमार्गमा पोखराबाट दुलेगौडा तर्फ आउँदै गरेको बा ९० प ४९३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटसाइकल चालक जिल्ला कास्की पोखरा महानगरपलिका २९ भण्डारढिक बस्ने वर्ष २९ को सुजन कुमालको घाँटी र शरिरमा चोट भएको हुदाँ जी.पी.कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा पठाएको,मोटसाइकल प्रहरीको नियन्त्रणमा ।

    [ विस्तृतमा ]
  • जिल्ला कास्की : लागुऔषध सहित मानिस नियन्त्रणमा
    २०८२-०३-१९

    जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका ८ लुम्रे पुल स्थित सिदिङ देखी भेडावारी तर्फ आउँदै गरेको लु.प्र.०१-००६प ०८३५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा जिल्ला म्याग्दी मंगला गाउँपालिका ३ घर भई हाल पोखरा महानगरपलिका २५ हेम्जा बस्ने बर्ष २१ को योगेश रोका, जिल्ला कास्की पोखरा म.न.पा.२५ हेम्जा बस्ने बर्ष १८ की सारा सुनार सवार व्यक्तिहरुको साथमा अन्दाजि २.५ के.जी.लागुऔषध (गाँजा) फेला पारी मोटरसाइकल सहित प्रहरीको नियन्त्रणमा अन्य अवस्था सामान्य  ।

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८२-०३-२१ प्रहरी सहायक निरीक्षक (जनपद) पदको विशेष स्वास्थ्य परीक्षणको नतिजा तथा सक्षमता परीक्षण र अन्तर्वाता तालिका प्रकाशन सम्बन्धी सूचना (२०८२-०३-२०)
२०८२-०३-१६ जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको ।
२०८२-०३-१६ जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको ।
२०८२-०३-१५ प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूह तर्फका प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरुको लिखित परीक्षा कार्यक्रम निर्धारण सम्बन्धी सूचना (२०८२-०३-१५)
२०८२-०३-१५ जनपद प्रहरी समूह अन्तर्गत प्रहरी जवानहरुको सरुवा सम्बन्धी (२०८२-०३-१३)
२०८२-०३-१३ जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक हवल्दारहरुको सरुवा सम्बन्धी (२०८२-०३-१२)
कुनै परिणाम भेटिएन...
हाईलाईटहरु
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

HAMRO PAHARI. हाम्रो प्रहरी Episode-32
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम - २०७९-१२-०३
रेडियो कार्यक्रम - २०७९-११-२९

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।