प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Latest Updates
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

सम्पर्क जानकारी

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा-७, पार्दी पोखरा

कन्ट्रोलः ९८५६०२८४३३, ०६१-४५२५००

ईमेल : gandaki@nepalpolice.gov.np 

प्रहरी चौकी स्तरसम्मको सम्पर्क नम्बरहरु

 

७१” औं प्रहरी दिवस २०८३ मूल समारोह कार्यक्रम सम्पन्न ।
७१” औं प्रहरी दिवस २०८३ मूल समारोह कार्यक्रम सम्पन्न ।
२०८३-०६-३०

असोज-३०, पोखरा ।“विपद्दमा सारथी,संकटमा छहारी प्रविधियुक्त नेपाल प्रहरी” भन्ने मूख्य नाराको साथ नेपाल प्रहरीले मनाईरहेको ७१” औं प्रहरी दिवसको मूल समारोह गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा सम्पन्न भएको छ ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मुख्यमन्त्री पाण्डेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुको साथै शहादत प्राप्त अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतहरूप्रति श्रद्धासुमन अर्पण गर्नु भएको थियो । कार्यक्रममा दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरु र गण्डकी प्रदेश प्रहरीलाई विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गरिएको थियो । उपस्थित अतिथी ज्युहरुलाई धन्यवाद ज्ञापन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ति क्षेत्रीले देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान पुर्याएको र प्राकृतिक प्रकोप, शान्ति सुरक्षा लगायतका हरेक घडीमा आफूलाई इमान्दारिता, जिम्मेवारिका साथ अघि बढाउँदै आएको प्रहरीले व्यवसायिक रुपमा पनि आफूलाई उत्तिकै सक्षम बनाएको उहाँले बताउनुभयो ।नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शुभकामना सन्देश बाचन गर्नुभएको थियो ।कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी विश्व विद्यालयका कुलपति प्राध्यापक डा.इन्द्र प्रसाद तिवारी,प्रदेश सरकार तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखराका आन्तरिक मामिला सचिव तिर्थराज चिलुवाल,नेपाल पूर्व प्रहरी संगठन गण्डकी प्रदेश पोखराका अध्यक्ष एक नारायण शर्मा,कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, पश्चिम पृतना हेडक्वाटर पोखराका पृतना पति उपरथी भोलानाथ थापा, अवकाश प्राप्त पुर्व प्रहरी कर्मचारीहरु, अमर प्रहरी परिवारहरु, सिनियर प्रहरी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

  • सवारी दुर्घटना : तनहुँ
    २०८३-०६-२९

    जिल्ला तनहुँ म्याग्दे गा.पा. ४ घुम्ती स्थित पृथ्बीराजमार्गमा दमौलीबाट थर्पु तर्फ आउदै गरेको प्र३-०२-०१०प ९०६९ को मोटरसाइकलले पैदलयात्री लाई ठक्कर दिँदा पैदल यात्री जिल्ला तनहुँ म्याग्दे गा.प. ३ बस्ने बर्ष ५९ को जंग ब. बि.क. दुबै हात खुट्टामा चोट लागि स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागी गण्डकी अस्पताल पोखरा रिफर भएको, मोटरसाइकल चालक जिल्ला गोरखा सहिद लखन गा.पा. ३ बस्ने बर्ष ५० को लाल ब. थापा प्रहरी नियन्त्रणमा रहेको ।

    [ विस्तृतमा ]
  • आगोलागी : कास्की
    २०८३-०६-२६

    जिल्ला कास्की पोखरा म.न.पा. १७ पुल्चोक स्थित ऐ.१३ मियाँपाटन बस्ने बालकृष्ण घिमिरेको ब्लक र टिनले छाएको २ कोठे घरमा बिजुलीको तार सट भई आगलागी भएको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी टोली खटी गई स्थानिय, दमकल र प्रहरीको सहयोगमा १२:५५ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको, सोही घरमा भाडामा बस्ने वर्ष ४५ को ईसान राईको कोठा जलि पुर्णरुपमा क्षति भएको, सोही घरको अर्को कोठामा बस्ने वर्ष ५८ की खस माया गुरुङ कोठा जलि आंशिक रुपमा क्षति भएको, अन्य मानविय तथा चौपाय क्षति नभएको । 

    [ विस्तृतमा ]
  • सवारी दुर्घटना : कास्की
    २०८३-०६-२२

    जिल्ला कास्की पोखरा म.न.पा. ९ पृथ्बीचोक स्थित नयाँबजारबाट नागढुङ्गा तर्फ जाँदै गरेको ग.प्र. AAA 0758 नं. को स्कुटर र चाईनापुलबाट सृजनाचोक तर्फ आँउदै गरेको ग १ ज १८६८ नं. को ट्याक्सी एकआपसमा ठक्कर खाँदा स्कुटर पछाडी सवार जिल्ला स्याङजा फेदिखोला गा.पा ०४ घर भई हाल जिल्ला कास्की पो.म.न.पा. १७ बिरौटा बस्ने बर्ष ५८ को कृष्ण शर्मा पौडेल घाईते भई उपचारको लागि G.M.C अस्पताल लगेको, ट्याक्सी र ट्याक्सी चालक जिल्ला कास्की पोखरा ३ नदिपुर बस्ने बर्ष ५५ को महेन्द्र खड्की प्रहरी नियन्त्रणमा रहेको । 

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८३-०६-२१ प्रशिक्षार्थी प्र.स.नि.हरुको सरुवा सम्बन्धमा (मिति २०८३/०६/२१ गते) ।
२०८३-०६-०२ प्रहरी कार्यालय सहयोगी पदको विशिष्टीकृत कार्य क्षेत्र चयन फाराम । (२०८३-०६-०२ गते)
२०८३-०६-०२ दरखास्त फाराम । (२०८३-०६-०२ गते)
२०८३-०६-०२ जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८३-०६-०२) ।
२०८३-०५-०६ प्रहरी निरीक्षक (जनपद) पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८३-०५-०६)
२०८३-०५-०५ प्रहरी जवान (प्राविधिक) पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सम्बन्धी सूचना (२०८३-०५-०५)
कुनै परिणाम भेटिएन...
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

HAMRO PRAHARI. हाम्रो प्रहरी Episode-91
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम - २०७९-१२-०३
रेडियो कार्यक्रम - २०७९-११-२९

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।

App Preview