प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आत्महत्या न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न ।

२०७९-०६-०२

  • A
  • A-
  • A+
Share

शारीरिक,मानसिक,व्यबहारिक र सामाजिक कारणहरुले आफै समाप्त हुनुलाई आत्महत्या अथवा देहत्याग भनिन्छ । हुन त आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि पछिल्लो तथ्यांक नियाल्ने हो भने आत्महत्या विशेष गरी १५ देखि २९ वर्ष उमेरका युवाहरुमा बढी रहेको छ । नेपालमा पनि आत्महत्या हुने क्रम बढी रहेको, देशको विभिन्न ठाउहरुबाट निरन्तर आइरहने दुखद खबरको समाचार सुनेर नै अनुभव हुन्छ ।
नेपाल प्रहरीको कार्ययोजना-२०७९ को मुख्य योजना गतिबिधिको रुपमा रहेको आत्महत्या न्युनिकरण योजना कार्यान्वयन स्वरुप देशभर बढ्दो आत्महत्या दरलाई न्युनिकरण गर्न सर्वपक्षिय सहभागितामा आम नगारिकलाई सुसुचित गराउने उद्देश्य अनुरुप गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त आयोजनामा आज पोखरामा आत्महत्या न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । World Suicide Prevention Day sep-10 मा गर्ने भनिएको उक्त कार्यक्रम विशेष कारणले रोकिएको थियो ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननिय कृष्णचन्द्र नेपाली पोखरेल को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नागरिक समाज बिभिन्न सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवाका पदाधिकारी, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक, टोल विकास संस्था र आमा समुहहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सुरुवातमा पोखरा रङगशालाबाट आत्महत्या न्युनिकरणका प्लेकार्ड सहीतको रेलि प्रदर्शन गरीएको थियो उक्त रेलि पोखरा बुद्दचोक स्थित रहेको कान्तिपुर पार्टि प्यालेसमा पुगी औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमूख अतिथी गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आत्महत्या समस्याको समाधान नभई समाजको रोग रहेको बताउदै र एकछिनको सानो सोचाईले मनिस आत्महत्याको शिकर बन्न पुग्ने भएकोले शंकित व्यक्तिको आफन्त, वा नजिकको मानिस समेत सचेत बन्नु पर्ने बताउनु भयो ।
गण्डकी प्रदेश सरकारका आन्तरिक मामीला मन्त्री डोबाटे विश्वकर्माले हालको समयमा सामाजिक सञ्जालको प्रयोग र अनैतिक सम्बन्धका कारण आत्महत्या गर्ने संख्या बढेकोले सामाजिक सञ्जालको सही प्रयोग र कुशल सम्बन्धका विषयमा पनि ध्यान पुर्याउनुपर्ने बताउनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रदेश मुख्य न्यायधिवक्ता रोहितराज वास्तोला, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक बहादुर के.सी लगायतले आत्महत्याले समाजमा पारेको असरका बारेमा स्पष्ट पार्नुभएको थियो ।
यसका साथै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक डाक्टर वसन्त ढुङगानाले आत्महत्या गर्न ईच्छुक व्यक्तिहरुमा देखा पर्ने लक्षण, रोकथामका उपायहरु र सहयोग गर्ने तरिकाहरुका विषयमा प्रस्तुतिकरण गर्नुभयो ।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यबाद व्यक्त गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख रामदत्त जोशीले आत्महत्या न्युनिकरण प्रहरी एक्लैको प्रयासमा सफल नहुने भएकोले सामाजमा रहेका विभिन्न संघ संस्था स्तानिय निकाय नेपाल प्रहरी र सरकार सवै आ-आफ्नो तवरले लागि पर्नु पर्ने बताउनुभयो । जोशीले आत्महत्याको लक्षण देखा पर्ने बित्तिकै प्रहरी भभन्दा पनि मनोचिकित्सक डाक्टरको आवाश्यक पर्ने समेत बताउनुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले गण्डकी प्रदेशमा आत्महत्या गरेको तथ्याङक विश्लेषण गर्नुका साथै आत्महत्या सम्बन्धी कास्कीमा भएका कहालि लाग्दा घटनाहरुको विवरण समेत प्रस्तुत गर्नुभएको थियो ।
थुप्रै मानिस हरुको आत्महत्याको कारण दुख खप्न नसकेर भनेर भनिने गरिन्छ । खासमा दुख बिनाको जीवन छिट्टै नै खल्लो हुदै जान्छ । सुख दुख जीवनका दुइ पाटा हुन्, मानव भएर जन्मे पश्चात एक मिनेट पनि बढी बाँच्ने प्रयास गर्नुपर्दछ । कसैलाई भने मानसिक स्वास्थ्य आत्महत्याको कारण बन्न पुग्दछ । मानसिक स्वास्थ्यले ति व्यक्तिहरुलाई यो अवस्थामा ल्याइदिन्छ कि कतिलाई त पत्तो पनि हुदैन उनीहरु आफ्नै जीवन नास गर्न जादैछन । यस किसिमका व्यक्तिहरुलाई भने आफन्त इष्ट मित्रले विशेष ध्यान दिनुपर्दछ ।
नेपाल जस्तो देशमा भने आर्थिक समस्यापनि आत्महत्याको मुख्य कारण भन्न सकिन्छ । ऋण लिएपछि चुक्ता गर्न नसक्नु र साहुको दैनिक किचकिचको त्रासले थुप्रै विपन्न मानिसहरुले देहत्याग गरेका छन् । कहिले विदेशमा गएका नेपालीहरुले उता संघर्ष गर्न नसकेर आत्महत्या गरेको खबर सुन्न पाइन्छ , कहिले प्रेमिकाले धोका दिएर त कहिले कुनै कार्यक्रममा आफ्नो वेइज्जत भएपछी समेत मानिसले संसार त्याग्ने निर्णय लिने गरेको छन् । कारण जे सुकै होस्, ९ महिना कोखमा राखेर निक्कै पिडा सहेर आफ्नो आमाले दिएको यो जीवन के आत्महत्याको लागि हो त । यस्ता खबर हरुले सुन्नेको मन खिन्न बनाउछ, चिन्नेलाइ रुवाउछ र अझ आफन्तलाइ त एउटा यस्तो घाउ दिन्छ जुन कहिले पुरिन सक्दैन ।
आत्महत्या को सोच आफु भित्र रहेको एउटा दानवीय सोच हो । जीवनका हरेक खुशी र आँशुलाइ सकारात्मक ढङ्गले लिए यो सोच कहिले हावी नहोला । सास रहेसम्म हरेक कष्ट मेटिन सक्छ , असफल व्यक्तिहरुले पनि जुन सुकै मोडमा दोश्रो मौका पाउन सक्छन । त्यसैले “जिबन जिउनका लागि भगवानले दिएको बरदान हो आत्महत्या गरी खेर नफालौ” ।

सम्बन्धित समाचार
अवलोकन भ्रमण कार्यक्रम सम्पन्न ।
२०८२-१२-२७

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सञ्चालन भईरहेको “प्रहरी निरीक्षक आधारभुत तालिम १- १८४ औं” समूहका प्रशिक्षार्थीहरुद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंका प्रशिक्षक प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालको नेतृत्वमा देश दर्शन तथा अवलोकन भ्रमणको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा आउनुभएका राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंमा सञ्चालन भईरहेको “प्रहरी निरीक्षक आधारभुत तालिम १- १८४ औं” समूहका प्रशिक्षार्थीहरुसंग गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरिक्षक दिपेन्द्र जि.सी.ले अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको थियो भने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक दिपक बहादुर के.सी.ले गण्डकी प्रदेश अन्तर्गत नेपाल प्रहरीको सांगठनिक संरचना, व्यावसायिक प्रहरी सेवा प्रवाह, गण्डकी प्रदेशको समग्र अपराधको अवस्था र सुरक्षा व्यवस्थापन लगायत भौगोलिक अवस्थाको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।