प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : न.प. (पूर्व)

२०८०-१२-२१

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) गैडाकोट न.पा.१ मिलनचोक स्थित भित्री सडक खण्डमा दक्षिण राजमार्गबाट उत्तर मौलाकालीका मन्दिर केवुलकार स्टेशन तर्फ जाँदै गरेको बा.प्र.०३००१ ह १८९० नम्वरको अटोले पैदलयात्री जि.न.प.(पूर्व) गैडाकोट न.पा.१ बस्ने वर्ष ४१ की मनरुपा शर्मालाई ठक्कर दिई दुर्घट्ना हुदा घाइते भई उपचारको लागी नयाँ मेडिकल कलेज भरतुपर चितवनतर्फ पठाइएको, टाउको,छाति र ढाडमा चोट अवस्था मध्यम, अटो चालकले मापसे सेवन गरेको, थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।