प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: सवारी दुर्घटना

२०७८-१२-२०

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ भानु नगरपालिका ९ डुम्रे खर्क स्थित रानीपानी तेरतेरे भित्री सडक खण्डमा तल्लो डुम्रे खर्कबाट माथिल्लो डुम्रेखर्क तर्फ दाउरा लोड गर्न जाँदै गरेको ग १ त ५४४५ नं. को ट्याक्टरबाट ऐ. ९ पुर्कोट बस्ने बर्ष २३ की एलिना श्रेष्ठ ट्याक्टरबाट खस्न गई घाइते भई उपचारको लागी लक्ष्मी अस्पताल डुम्रे लगिएको, अवस्था सिरियस उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, घट्नास्थलमा प्रहरी टोली खटि गई ट्याक्टर र चालक नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।