प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानिस हराई बेपत्ता:न.प. (पूर्व)

२०८१-०१-०९

  • A
  • A-
  • A+
Share

मिति २०८१।०१।०८ गते १३:०० बजे जिल्ला न.प.(पूर्व) बौद्वीकाली गा.पा.३ थोत्रेनी बस्ने रेवत सारुको छोरी वर्ष १७ की लक्ष्मी सारु र वर्ष १४ की नरिना सारु घर नजिकैको धारामा नुहाउन गएको र हाल सम्म सम्पर्कमा नआएको भन्ने खबर ०९ गते ०७:०० बजे जानकारी प्राप्त हुनासाथ ५ जनाको टोली खटि गई खोजतलास गर्ने क्रममा धारामा कपडा सुकाएको अवस्थामा र ऐ स्थित रहेको काली गण्डकीको किनारमा दुबै जनाको चप्पल र ३० रुपैया पैसा ढुंगाले च्यापेर राखेको अवस्थामा फेला परेको,निजहरुको खोजतलास कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।