प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरी गर्न खोज्ने ब्यक्ति नियन्त्रणमा

२०८०-०९-०२

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा. १३ बाझापाटनमा लक्ष्मी बरालले सञ्चालन गरेको बिशाल लक्ष्मी किराना पसलमा लगाएको सटरको ताला फोडी रहेको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी ४ जनाको टोली खटीगई सटर फोडी भित्र प्रवेश गरेको अवस्थामा जिल्ला तनहुँ भिमाद नगरपालिका ३ बस्ने वर्ष १७ को ओम बहादुर आले मगरलाई ताला फोड्न प्रयोग गर्ने रड सहित नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।