प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: गाजा सहित मानिस नियन्त्रण

२०७८-१०-१७

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा कालीगण्डकी गाउँपालिका ५ जयपतेमा खटि गएको प्रहरीको गस्ती टोलीले लु ५२ प ५२११ नं. को मो.सा.लाई शंका लागि चेकजाँच गर्ने क्रममा मो.सा.मा सवार निम्न २ जनाको साथबाट १ के.जी. ७५० ग्राम लागूऔषध सुकेको गाजा फेला पारी मो.सा.र मानिसलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

निम्न

१.जिल्ला स्याङ्जा गल्याङ न.पा.२ बस्ने गराङदि बस्ने वर्ष २२ को असिम बि.क.।

२.ऐ.बस्ने वर्ष २१ को सुमित बि.क.चालक ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : तनहुँ
२०८२-०२-२५

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ बेनिटार स्थित पृथ्वी राजमार्गमा मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा भैरहवाबाट बाग्लुङ तर्फ आउदै गरेको GAA-01-26 नं. को यात्रुवाहक बसमा सवार देश भारत महाराजगंज थाना नौनता ग्राम सुनौली बस्ने वर्ष २० को दिपक कुमार र ऐ.बस्ने वर्ष १८ को हरिस चन्द कुमारको साथमा रहेको पछाडी भिर्ने खरानी रङ्गको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-२०० एम्पुल,Phenergan-२०० एम्पुल, Buprenorphine-२०० एम्पुल गरी जम्मा ६०० एम्पुल र Nitravet-10- ९० ट्याब्लेट लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ।