प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : लमजुङ

२०८१-०५-१२

  • A
  • A-
  • A+
Share

जिल्ला लमजुङ बेसिशहर न.पा. ८ झाक्रिचोक स्थितमा बसपार्कबाट सेरा चोक तर्फ आउदै गरेको ग १ ज ७५६१ न. को वोलेरो जिपले बिपरित दिशाबाट जादै गरेको ग २१ प ५९४२ न. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जिल्ला लमजुङ बेसिशहर न.पा.३ बस्ने बर्ष १६ को सुजन मगर र मोटरसाइकलमा पछाडी सवार ऐ. ८ बस्ने बर्ष १६ को अवि गुरुङ घाईते भई उपचारको लागि लमजुङ अस्पताल लमजुङ पठाईएको, चालक सुजन मगरको चिउडो र घुडामा चोट लागेको र मोटरसाइकलमा पछाडी सवार अवि गुरुङको वाँया गोडा फ्याक्चर भएको,घुडामा चोट लागेको, दुबै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको । 

 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।